काठमाडौं। बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका हाइड्रोपावर कम्पनीहरुमा करिब १ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको अनुमान गरिएको छ। स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाल (इप्पान)का महासचिव बलराम खतिवडाका अनुसार बाढीपहिरोले १६ वटा जलविद्युत कम्पनीका आयोजनाहरुमा समस्या आउँदा ठूलो क्षति भएको हो।
बाढीले क्षति पुर्याएको आयोजनाहरुको संख्या र क्षतिको विवरण अझै बढ्न सक्ने अनुमान खतिवडाको छ। कतिपय आयोजना क्षेत्रमा सञ्चार सम्पर्क नभएको भन्दै खतिवडाले धेरै आयोजनाहरुको प्रारम्भिक विवरण नआएको जानकारी दिए।
क्षति पुगेका अधिकांस आयोजनाहरु संलग्न कम्पनी नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत छन्। साउनसम्म ९१ जलविद्युत कम्पनी नेप्सेमा सूचीकृत भई नियमित कारोबार गरिरहेका छन्। इप्पानका अनुसार आइतबार बिहानसम्म १६ आयोजनाको कुल ६६२.५९ मेगावाट उत्पादन हुने कम्पनीमा क्षति पुगेको छ।
कुन हाइड्रोपावरको अवस्था कस्तो?
मान्डु हाइड्रोपावरद्वारा सञ्चालित २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत आयोजना, मकवानपुर (पावर हाउस पूर्णरुपमा डुबेको)
माउन्टेन हाइड्रो नेपालद्वारा प्रवद्र्धित २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजना, पाँचथर (गत वर्षको बाढीबाट पनि प्रभावित, पावर हाउस डुबानमा परेको)
पाँचथर पावरद्वारा प्रवद्र्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजा, पाँचथर (गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनःनिर्माण सकेर सञ्चालनमा आउनै लाग्दा पुनः क्षतिग्रस्त)
साहस ऊर्जाद्वारा प्रवद्र्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजना, सोलुखुम्बु (हेडवक्र्समा क्षति, उत्पादन बन्द)
सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजना, इलाम (बाँध र टेलरेसमा क्षति, उत्पादन बन्द)
सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजना, इलाम (बाँध र प्रसारणलाइनमा क्षति)
फेमे खोला जलविद्युत आयोजना १ मेगावाट, पाँचथर (बाँध र विद्युतगृह पूर्णपमा क्षति)
सिउरीखोला जलविद्युत आयोजना ५ मेगावाट, लमजुङ (टेलरेस, इन्टेक र टनेलमा क्षति)
सुपरन्यादी जलविद्युत आयोजना, ४० मेगावाट, लामुजुङ (पहुँचमार्गमा क्षति, प्रोटेक्सन वालमा क्षति)
इलेप खोला तातोपानी जलविद्युत आयोजना, २५ मेगावाट, धादिङ (पहुँचमार्गमा ठूलो क्षति)
माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजना २१६ मेगावाट, नुवाकोट, (क्याम्प हाउस, पहुँचमार्गमा क्षति र ३ वटा कन्टेनर बगाएको)
हेवाखोला जलविद्युत आयोजना, १० मेगावाट, पाँचथर (क्रसर पुरिएको, पहुँचमार्गमा क्षति, प्रसारणलाइनको टावर ढलेको, पावर हाउसमा जडान गर्न ल्याइएका सामाग्री बगाएको)
सभाखोला बी जलविद्युत आयोजना, १५.१ मेगावाट, पाँचथर (पहुँचमार्ग, पावरहाउस पुरिएको, बाँधमा क्षति र अस्थाई पुल बगाएको)
सभाखोला सी जलविद्युत आयोजना, ६.३ मेगावाट, पाँचथर (पहुँचमार्गमा क्षति)
लान्द्रुक मोदी जलविद्युत आयोजना, ८६.५९ मेगावाट, कास्की (पहुँचमार्गमा क्षति)
सुपर त्रिशूली जलविद्युत आयोजना, १०० मेगावाट, नुवाकोट (२ वटा स्काभेटर बगाएको, २ वटा लोडर र ३ वटा ट्रिपर बगाएको, बेलिब्रिज बगाएको, पावर हाउस पुरिएको)
खानीखोला जलविद्युत आयोजनाले सञ्चालन गरेको ४.३६ मेगावाटको टुंगुन–ठास्ने तथा २ मेगावाटको खानीखोला आयोजना (पावरहाउस र हेडवक्र्समा क्षति)