काठमाडौं। सेयर बजार (स्टक मार्केट) को माहोल समग्रमा सकरात्मक छ। मलुुकको अर्थतन्त्रमा पनि सुधार भइरहेको दावी गरिएको छ। तर, सेयर बजार सूचक भने निरन्तर घटिरहेको छ। पछिल्लो २६ कारोबार दिनमा मात्र सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५१४ अंकले घटेको छ। गत साता पाँच कारोबार दिनमध्ये ३ दिन घटेर २ दिन बढ्दा पनि नेप्सेमा ९० अंकको गिरावट देखियो।
अर्थतन्त्रमा कुनै सुधार नहुुँदा पनि २०८१ असार १६ गते २०३७.०९ बिन्दुमा रहेको सूचक ३३ कारोबार दिनमा ९६३ अंकले बढेर साउन ३१ गते ३०००.८१ बिन्दुमा चढ्यो। तर, भदौ लागेसँगै निरन्तर ६ हप्ता ५१४ अंक घटेर असोज १० गते २४८६.७६ बिन्दुमा ओर्लिएको छ। यद्यपी यसबीचमा दातृ निकायहरुले नेपालको अर्थतन्त्रमा सुुधार भइरहेको दावीसहितका प्रतिवेदन सार्वजनिक गरेका छन्। एसियाली विकास बैंक (एडिबी) ले वर्ष २०२५ मा ४.९ प्रतिशत आर्थिक बृद्धि हुने प्रक्षेपण गरेको छ।
यता, अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले पनि नेपालको अर्थतन्त्रमा क्रमिक सुधार भएको दावी गरिरहेको छ। विगतमा नेपालकोे अर्थतन्त्र सुधार चरणमा नरहेको दावी गरेका दुुई दातृ निकायले नेपालको आर्थिक स्थितिमा सकारात्मक सुधार भइरहेको बताएका हुन्। त्यसो त अर्थतन्त्रका बाह्य सूचकहरु मजबुत देखिएका छन्। तर, आन्तरिक अवयवहरुमा सुधार नहुुँदा समस्या भइरहेको छ। बैंकको ब्याजदर निरन्तर घटिरहेको छ। वित्तीय प्रणालीमा पर्याप्त लगानीयोग्य रकम (तरलता) छ। तर, लगानी भइरहेको छैन।
माहोल सकारात्मक रहेको, सेयर बजार घट्ने अवस्था नरहेको र अब बढ्छ भन्दाभन्दै पनि ३००० बिन्दुबाट २० प्रतिशतभन्दा धेरै घटिसकेको छ। सूचक मात्रै घटेको छैन, यसबीचमा कारोबार रकममा पनि उच्च गिरावट आएको छ। साउन ३१ गते हालसम्मकै उच्च २९ अर्ब ३० करोड रुपैयाँको सेयर किनबेच भएकोमा त्यसयता निरन्तर घटेर ४ अर्ब खुम्चिन थालेको छ। एक दिनमा हुने सेयर किनबेच साताभर पनि नहुने अवस्था सिर्जना भएको छ। गत साता मात्र २५ अर्ब ३६ करोडको सेयर किनबेच भएकोमा अघिल्लो साता २२ अर्ब ८० करोड रुपैयाँमा खुम्चिएको थियो।
नेप्से र कारोबार रकम खुम्चिरहेका बेला नजिकिँदो ठूला चाडपर्व र मुलुुकभर शुक्रबारदेखी सुरु भएको वर्षाका कारण लगानीकर्ताको मनोबल कमजोर भइरहेको अनुमान गर्न सकिन्छ। दुुइ दिनको लगातार वर्षाका कारण कतिपय सूचीकृत जलविद्युत कम्पनी आयोजनाहरुमा पनि क्षति पुुगेको अनुमान गरिएको छ। यसले लगानीकर्तालाई थप हतोत्साहित बनाउन सक्छ। शनिबार साँझसम्म माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध क्षेत्रमा सामान्य क्षति पुुगेकोबाहेक अन्य विवरण प्राप्त भएको छैन। २०८१ साउनसम्म नेप्सेमा ९१ जलविद्युत् कम्पनी सूचीकृत भइ नियमित कारोबार गरिरहेका छन्। समग्र परिवेशले बजार सूचक अझै केही समय ‘साइडवेज’ मै रहने सम्भावना छ।
नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे दसैं अगाडि बजारले गति नलिनेमा ढुुक्क द्धन्। ‘समग्र अवस्थाले दसैं अघि सेयर बजार आक्रामक देखिने सम्भावना छ,’ अध्यक्ष पाण्डे भन्छन्, ‘यद्यपी बजार घट्नुपर्ने कारण केही छैन। यद्यपि, अहिलेको मूल्यमा लगानीकर्ताहरु सेयर किन्न पनि तयार देखिएका छैनन्। परिस्थिति अनुकुल भएमा १५० अंकसम्मको वृद्धि दसैं अघि हुनसक्छ।’ बजार घट्नुपर्ने कुनै कारण नभएपनि निरन्तर घट्नुु आश्चर्यको विषय भएको पाण्डेको कथन छ।
त्यसो त असार १६ बाट सूचक उकालो लागेदेखीको ३ महिनामा बजार सुधारका लागि कुनै नीतिगत पहल भएको छैन। नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन फेरिएर कांग्रेस एमालेको गठवन्धन बन्नुनै यसबीचको सकारात्मक कदम मानिएको छ। त्यसपछि नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा रहेको २० करोडको संस्थागत सीमा हटाउँदै केही लचिलो प्रावधान मौद्रिक नीतिमा अंगाल्नुुबाहेक सुुधारका कुनै प्रयास गरिएको छैन।
नियामक नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिकालागि विगतमा अन्तर्वार्तामा सहभागि नभएकाहरुलाई फेरि असोज १८ गते बोलाइएको छ। गत साता उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेप्से कार्यालयमा पुुगेर बजार घटेर किन २५०० मा आएको भनेर प्रश्न गरेपनि सुधारका लागि के के हुँदै छ भन्ने बताएका छैनन्। यसले पनि लगानीकर्तामा अविश्वास पैदा गरेको छ। विगतमा लगानीमैत्री भनेर चिनिएका अर्थमन्त्री पौडेलको रजगज बजार यसैगरि घटिरहे यसपटकबाट नसकिएला भन्न सकिन्न।
साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जिसी पनि सगग्र माहोल सकरात्मक हुँदाहुँदै पनि नेप्से २० प्रतिशत हाराहारी झर्नुु लगानीकर्ताका लागि दुर्भाग्यपूर्ण भएको बताउँछन्। ‘निरन्तर बजार घटिरहँदा नियामक धितोपत्र बोर्ड, नेप्सेलगायतले कडा निगरानी राख्नुपर्ने र हेर्नुपर्ने हो। तर, त्यस्तो भएको पाईंदैन,’ अध्यक्ष जिसी भन्छन्, ‘बजार घटाउन धितोपत्र दलाल व्यवसायी (ब्रोकर) ले अस्वाभाविक भूमिका खेलेको भन्ने पनि छ। तर, नियामकको ध्यान पुगेको छैन।’ छिमेकी मुलुक भारतसहितका अन्य देशमा स्टक मार्केटले नयाँ रकेर्ड बनाईरहँदा नेपालमा भने अकारण घटिरहेको जिसीको भनाई छ।