काठमाडौं। नेपालका लागि डिपल, सेरेस र नामी इलेक्ट्रिक सवारीसाधनकाे आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले पोखरामा हालसम्मकै ठूलो ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ गर्ने भएको छ। एमएडब्लू वृद्धिले पोखरा इभेन्ट सेन्टर, बुलाउदी–६ मा आउँदो असोज १३ देखि १५ गतेसम्म ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’को आयोजना गर्न लागेको हो।
विशेष कार्यक्रममा इलेक्ट्रिक सवारीसाधनमा चाख राख्ने गण्डकीका ग्राहकले काठमाडौंका टप ३ रिकन्डिसन हाउसबाट ‘एक्सचेन्ज भ्यालु’ र एमएडब्लु वृद्धिबाट ‘एक्सचेन्ज बोनस’को फाइदा उठाउँदै नयाँ पुस्ताको इलेक्ट्रिक खरिद गर्न सक्नेछन्।
एमएडब्लु वृद्धिको ‘एक्सचेन्ज इभेन्ट’को अवधिमा ग्राहकले डिपल, सेरस र नामीले नाडा अटो सोमा जारी गरेको विशेष अफर उपयोग गर्न सक्नुहुनेछ जसअन्तर्गत दिपल एस ०७ बजेट अघिको मूल्य अर्थात् ७१ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्ने कम्पनीले जनाएकाे छ।
नयाँ सेरेस ३ लाई ४५ लाख ४९ रुपैयाँमा खरिद गर्न सकिनेछ भने नामी इभीमा ७ किलोवाटको चार्जर पाइनेछ। ग्राहकले हरेक टेस्ट ड्राइभ र पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउनेछन्।
यसबाहेक ‘अनस्पट फाइनान्सिंग’ र ‘अनस्पट डेलिभरी’ पनि लिन सकिने कम्पनीकाे भनाइ छ। डिपल, सेरेस र नामीलाई ८.४९ प्रतिशतको निश्चित ब्याजदर खरिद गर्न सकिनेछ भने कार्यक्रममा सहभागी एक जना भाग्यशाली विजेताले रुपाकोटको स्टे पाउनेछन्।
यी अफरबाहेक एक्सचेन्ज क्याम्पमा टेस्ट ड्राइभ गर्नेले ‘फुडस्टल’ र ‘लाइभ म्युजिक’को मज्जा लिन सक्ने कम्पनीले जनाएकाे छ।