काठमाडौं। प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएका छन्।
मौसममा आएको खराबीका कारण काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडान भइरहे पनि काठमाडौंबाहिरका विराटनगर, सिमरालगायत गन्तव्यका उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको हो।
‘इनरुट वेदर’ बिग्रिएकाले दुई विमान ‘डाइभर्ट’ भएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले बताए। उनका अनुसार काठमाडौंबाट सिमरा उडेको यती एयरलाइन्सको विमान सिमराको अकासमा पुगेर अवतरण गर्न नसक्दा काठमाडौं फकिर्एको छ। सोही एयरलाइन्सको काठमाडौँबाट विराटनगर उडेको अर्को विमान मौसम बिग्रिएपछि बीच बाटोबाटै काठमाडौं फर्किएको यती एयरले जनाएको छ।
मौसम बिग्रिएकाले आजका लागि कुनै पनि पर्वतीय उडान (माउन्टेन फ्लाइट) नभएको एयरलाइन्सले बताएका छन्। अन्तर्राष्ट्रिय उडान सामान्य रुपमा सञ्चालन भइरहेको छ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेको छ।
ही कारण देशका अधिकांश भागमा अदलीबदलीका साथै कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।