काठमाडौं । एनएमबी बैंक लिमिटेडले नेपालको सबैभन्दादिगो बैंक बन्ने स्ट्राटेजिकआकांक्षाअनुसार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ।
दीगो युटिलिटि–स्केल सौर्य र कृषि परियोजनाहरूको विकासको लागि प्राविधिक सहयोग तथा सल्लाह भित्राउने उद्वेश्यले अमेरिकी डलर २० मिलियनको पहिलो सम्झौता डच फन्ड फर क्लाइमेट एण्ड डेभलपमेन्टसँग गरेको छ।
अन्तर्राष्ट्रिय मापदण्ड निर्धारण गर्ने निकाय हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्सले प्रारम्भिक जलविद्युत् दीगोपन मूल्यांकन गर्न प्राविधिक सल्लाहकार उपलब्ध गराउनका लागि डच उद्यमशील विकास बैंक, एफएमओसँग दोस्रो सम्झौता गरेको छ।
नेपाल विद्युत प्राधिकरणको नेपालभर ८०० मेगावाटसम्मको ग्रिड जडित सौर्य ऊर्जा विस्तार गर्ने नयाँ परियोजनामा एनएमबी बैंकले आफ्ना सौर्य उर्जासगँ आवद्ध ग्राहकहरूलाई आर्थिक रूपमा मात्र नभई अन्तर्राष्ट्रिय प्राविधिक सल्लाहकार उपलब्ध गराउने र उक्त परियोजनाबाट उल्पादन भएको ऊर्जा कृषि तथा अन्य क्षेत्रमा दीगो रुपमा प्रयोग गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।
त्यसैगरी, बैंकले जलविद्युत परियोजनाहरूका लागि हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्सद्वारा आयोजित अन्तर्राष्ट्रिय मान्यता प्राप्त स्वतन्त्र दिगोपन मूल्यांकनहरू कार्यान्वयन गरी जिम्मेवार बैंक बन्ने अभिप्रायका साथ अघि बढेको छ।
बैंकले निकट भविष्यमाआफूले लगानी गरेका जलविद्युत् परियोजनाहरूको लागि हाइड्रोपावर सस्टेनेबिलिटी स्ट्यान्डर्ड सर्टिफिकेशन प्राप्त गर्ने लक्ष्य राखेको छ। जुन आयोजनाहरूले स्थानीय समुदाय र उनीहरुको बसोवास स्थलको स्थार उन्नति सुनिश्चित गर्दछ।
एनएमबी बैंकको यी पहलहरुले नेपालको ऊर्जा क्षेत्रलाई वातावरणीय र सामाजिक रूपमा लचिलो बनाउन, अन्तर्राष्ट्रिय लगानीकर्ता आकर्षित गर्दै व्यावसायिक अवसर सृजना गर्ने विश्वास बैंकले लिएको छ।