काठमाडौं । प्रभु बैंक भिसा इन्टरनेसनलद्वारा आयोजित भिसा लिडरसिप कनक्लेभ नेपाल २०२४ अन्तर्गत दुई विधामा सम्मानित भएको छ। बैंक एक्सिलेन्स इन कन्जुमर डेबिट कार्ड बिजनेस र एक्सिलेन्स इन प्रडक्ट इनोभेस गरी दुई विधामा सम्मानित भएको हो।
भिसा नेटवर्कमा उपभोक्ता भिसा डेबिटकार्ड व्यवसायमा उत्कृष्टताबापत पहिलो अवार्ड पाएको हो भने दोस्रो अवार्ड एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन पूर्ण नवीनतम् सुविधासहितको प्रभु भिसा बिजनेस डेबिट कार्डको पहिलो व्यावसायिक सेवा विस्तारसँग सम्बन्धित रहेको बैंकले जनाएको छ।
बैंकले सञ्चालनमा ल्याएको प्रभु भिसा बिजनेस डेबिट कार्ड सेवा अन्तर्राष्ट्रिय रुपमै विशिष्ट किसिमको विद्युतीय भुक्तानी औजार हो, जहाँ व्यावसायिक कारोबार भुक्तानी सरल र सुरक्षित तरिकाले विद्युतीय भुक्तानीको माध्यमबाट गरिन्छ।
भिसा बिजनेस डेबिट कार्ड विशेषगरी व्यापारिक प्रयोजन लागि मात्र लक्षित छ। कर्पोरेट र व्यापारिक घराना, फर्म, कम्पनी, स्कुल तथा कलेज र विश्वविद्यालय, होटल र रेस्टुरेन्ट, अस्पताल आदिमा सीमित हुन सक्छन्, जसले आफ्ना व्यापारी, बिक्रेता, आपूर्तिकर्ता र सेवाप्रदायक आदिलाई नियमित रूपमा साना–ठूला भुक्तानी गर्छन्।
हाल बैंकले ३१५ शाखा, २८६ एटीएम, ६९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ।