काठमाडौं । भाटभटेनी सुपरमार्केटले दसैं, तिहार तथा छठ पर्वको अवसर पारेर देशभरका सबै स्टोरबाट विभिन्न सामग्री खरिदमा भारी छुट प्रदान गर्ने भएको छ। छुट योजना असोज १७ गतेदेखि कात्तिक २२ गतेसम्म लागू हुनेछ।
भाटभटेनीका अनुसार सबै प्रकारका विद्युतीय सामग्री खरिदमा २० देखि ४० प्रतिशतसम्म छुट व्यवस्था गरिएको छ। किचनका निर्धारित सामग्रीमा ३० देखि ५० प्रतिशतसम्म छुट प्रदान गर्न लागिएको हो।
रेडिमेड गार्मेन्टमा पनि भारी छुट व्यवस्था गरिएको भाटभटेनीले जनाएको छ।
सबै प्रकारका रेडिमेड तथा जुत्तामा ५ प्रतिशत र निर्धारित वस्तुमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। अन्तराष्ट्रिय ब्रान्डका रेडिमेड आइटम तथा जुत्तामा ७० प्रतिशतसम्म छुट दिन लागिएको छ।
चामल, दाल, चना, चिउरा, तेल, चिनी, चियालगायत खाद्य सामग्रीमा भारी छुट व्यवस्था गरिएको भाटभटेनीले जनाएको हो।
जिरा मसिनो स्टिम चामल २२२० रुपैयाँमा प्रदान गर्न लागिएको छ। अफर अवधिभर यही मुल्यमा जिरा मसिनो चामल खरिद गर्न सकिनेछ।
त्यसैगरी प्रिमियम सोना मनसुली २५ केजी बोरा चाडपर्व अफरमा १ हजार ६४० रुपैयाँमै प्राप्त गर्न सकिने छ।
लङग्रेन चामल २० केजी ३ हजार २२५, मुसर दाल प्रतिकेजी १४८, मास दाल प्रतिकेजी २१३, रहरको दाल प्रतिकेजी २८८, मुँग दाल प्रतिकेजी १६७, ब्राउन चना प्रतिकेजी १६८, चिउरा प्रतिकेजी १०८ रुपैयाँमा उपलब्ध गराउन लागिएको भाटभटेनीले जनाएको हो।
तोरीको तेल प्रतिलिटर २७९, सनफ्लावर तेल प्रतिलिटर १९८, सोयाबिन तेल प्रतिलिटर १९७ रुपैयाँमा उपलब्ध गराउन लागिएको छ।
डीडीसीको घ्यू प्रतिकेजीमा ८१ रुपैयाँ घटाएर ९९९ रुपैयाँमा प्रदान गर्न लागिएको छ। चिनी प्रतिकेजी १०२ र चिया प्रतिकेजी ४९८ रुपैयाँमा उपलब्ध गराउन लागिएको छ।
त्यसैगरी निर्धारित कार्पेटमा २० प्रतिशत र लगेजमा ३० प्रतिशतसम्म छुट व्यवस्था गर्न लागिएको भाटभटेनीले जनाएको हो।
दसैं, तिहार र छठ जस्ता पर्वलाई ध्यानमा राखेर ग्राहकलाई छुट प्रदान गर्न लागिएको भाटभटेनीका चिफ अपरेटिङ अफिसर पानु पौडेलले जानकारी दिए। अफरबाट ग्राहक लाभान्वित हुने विश्वास लिइएको उनले बताए।