काठमाडौं । २०७२ बैशाख १२ गते गोरखाको बारपाक केन्द«बिन्दू बनाएर ७.८ रेक्टर स्केलको भुकम्प गएको थियो । विनासकारी भुकम्पमा परी ८ हजार ५५६ जनाले गुमाए भने २२ हजार ३०९ जना घाइते भए । भुकम्पले १० लाख भन्दा बढी नजि आवास, ८ सय ९१ राष्ट्रिय सम्पदा र अन्य शैक्षिक संस्थाहरु ध्वस्त बनायो ।
ध्वस्त बनाएका सम्पदा पुनर्निर्माण गर्न १० महिना पछी २०७२ माघ २ मा भुकम्प दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले रानी पोखरी र प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको बुङमती मन्दिरबाट एकैसाथ सम्पदाको पुनर्निर्माण अभियान सुरुवात गरे । १८ औं भुकम्पमा राष्ट्रपति र प्रधानमन्त्रीबाट शिलान्यास गरिएका रानीपोखरी र रातो मच्छिन्द«नाथको मन्दिर ४ बर्ष बित्दा पनि निर्माण सम्पन्न भएको छैन ।
माघ पहिलो साता रानीपोखरी पानी
२०७२ माघ २ मा राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुननिर्माणको शिलान्यास गरेकी थिइन । रानीपोखरी पुनर्निर्माणको सुरुवती तीन वर्ष कस्तो बनाउने बिबाद मै रुमलियो । गत फागुन देखि बल्ला पुनर्निर्माण प्राधिकरणले जिम्मा लिएर काम अगाडि बढाएको हो ।यही माघ पहिलो साताभित्र रानीपोखरीमा पानी राख्ने र २०७७ बैशाखसम्ममा रानीपोखरी पुननिर्माण सकाउने बताएको छ ।
धरहरा
भुकम्प गएको पाँच वर्ष बित्दा पनि ऐतिहासिक महत्व बोकेको धरहरा बन्न सकेको छैन । प्रधानमन्त्रि केपी शर्मा ओलीले नै सुरु गरेको ‘म बनाउछु मेरो धरहरा अभियान’ नै सफल हुन सकेन ।
धरहरा बनाउन सरकारले २०७३ पुस २१ गते नेपाल टेलिकमलाई जिम्मा दिने निर्णय गरेको थियो । तर, टेलिकम २०७४ असोजबाट धरहरा नबनाउने भन्दै बाहिरीएको थियो ।
त्यस पछि धरहरा बनाउने जिम्मा काठमाडौं महानगरपालिका, पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभाग कसलाई दिने विवादमा समय बित्यो । २०७५ असोजमा पुननिर्माण प्राधिकरणले नै काम गर्ने गरी रमन जेभीसगँ दुई वर्ष भित्र निर्माण सकाउने सम्झौता गरेको थियो । १५ महिनामा धरहरा पुननिर्माण ३५ प्रतिशत भइसकेको पुननिर्माण प्राधिकराणका विज्ञ राजुमान मानन्धरले बताए । उनका अनुसार अबको एक वर्ष भित्र धरहरा निर्माण सकिनेछ ।
२२ तलाको धरहरा बन्नेभए पनि चार तलाको काम सकिएको छ । ८९१ मध्ये ३८७ सम्पदा पुनर्निर्माण भुकम्पले देशभरका ८ सय ९१ वटा सम्पदामा क्षेती पु¥याएको थियो । त्यसमध्ये ३ सय ८७ सम्पदाको मात्र पुननिर्माण भएको प्राधिकरणले जनाएको छ । भुकम्प प्रभावित १४ जिल्लामा काठमाडौं उपत्यकाका सम्पदाहरुको सबैभन्दा धेरै क्षेती पुगेको थियो ।
अहिले उपत्यका तथा बाहिरी जिल्लाका गरी ४३ प्रतिशत सम्पदा पुनर्निर्माण भएको प्राधिकरणका प्रवक्ता गोपालप्रसाद अर्यालले बताए । अहिलेसम्म भुकम्प प्रभावित १४ जिल्लाका ३८१ ओटा सम्पदाको पुननिर्माण प्रक्रियामा रहेका छन ।
पुनर्निर्माण भएका सम्पदाहरु : पाटनको कृष्ण मन्दिर, स्वयम्भूको प्रतापपुर, अनन्तपुर, बौद्ध स्तूपा, ,हनुमान ढोकाको गद्दी बैठक, साँखुको बज्रयोगिनी, गोरखाको मनकामना मन्दिरलगायत पुननिर्माण सम्पन्न भएको छ ।
निर्माण प्रकृयामा रहेका सम्पदाहरु : रातो मच्छिद्रनाथ, काष्ठमण्डप, वसन्तपुर दरबार, सिंहदरबारलगायतका छन् ।