काठमाडौं । हट यर बलुन सेवा प्रदायक कम्पनी बलुन नेपालले आगामी पुस ९ गतेबाट अन्तर्राष्ट्रिय बलुन महित्सव आयोजना गर्ने भएको छ।
३० वटा मुलुकको सहभागिता रहने महोत्सव नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको अध्यक्ष विक्रम बाडेले बताए। महोत्सव सञ्चालनका लागि ६ करोड ८२ लाख ३० हजार अनुमानित लागत अनुमान गरिएको छ।
'कोरोनापछि सुस्ताएको पर्यटन क्षेत्रलाई थप चलायमान बनाउ महोत्सव आयोजना गर्न लागिएको हो,' अध्यक्ष बाडेले भने।
बलुन नेपालका निर्देशक बिबि ढकालले पर्यटन क्षेत्रको प्रचार प्रसार गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय फेस्टिवल आयोजना गर्न लागिएको बताए। 'अन्तर्राष्ट्रिय स्तरमा मुलुकको पर्यटन, संस्कृति, परम्पराको प्रचार प्रसार गर्ने हाम्रो उद्देश्य हो,' उनले भने।
पोखराका मेयर धनराज आचार्यले आइकोनिक बनिसकेको प्याराग्लाइडिङपछि थप पर्यटकीय गतिविधि थपिइँदै गएको बताए।
उनले महोत्सवका लागि महानगरले पूर्ण सहयोग गर्ने उनको भनाइ छ। उनले हट एयर बलुन महोत्सवलाई हरेक वर्ष आयोजना गर्ने गरी क्यालेन्डरमा समावेस गरिने बताए।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नभए पनि आन्तरिकतर्फको उडान माग उल्लेख्य रुपमा धान्दै आएको बताए।
नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले महोत्सवले पर्यटन क्षेत्र महत्वपूर्ण योगदान पुर्याउने बताए।
'पोखरासँगग नागरिक उड्डयन प्राधिकरणको सम्बन्ध ऐतिहासिक छ। यहीबाट प्याराग्लाइडिङ, अल्ट्रा लाइट, हट एयर बलुनको सुरुवात भएको हो,' उनले भने,'महोत्सवका लागि नागरिक उड्डयन प्राधिकरणले पूर्ण सहयोग गर्ने छौं।'
प्राविधिकतर्फ सम्पूर्ण प्रक्रिया पूरा गरे लगत्तै केही दिनमै महोत्सवका लागि अनुमति दिने तयारी रहेको उनले जानकारी दिए। उनले बलुन, आकाश र यात्रु सुरक्षालाई केन्दृत गर्दै उडान गर्न कम्पनीलाई सुझाव दिए।
उड्डयन क्षेत्रअन्तर्गत जनरल, सिभिल र मिल्ट्री एभिएसन
महोत्सवमा ५००० फिटको उचाइमा हट एयर बलुन उडान गर्ने तयारी रहेको कम्पनीले जनाएको छ। सामन्यतया अधिकतम ९००० फिटको उचाइमा हट एयर बलुन उडान हुँदै आएको छ।
पोखराको चन्खपुरमा महोत्सव आयोजना गरिने छ। कुल ३० हट एयर बलुन उडान गर्ने तयारी रहेको जनाइएको छ। जसमा बलुन नेपालको तर्फबाट हट एयर बलुन सञ्चालन गरिनेछ।
स्पेन, फ्रान्स, अमेरिका, युके, लात्भिया लगायत जर्मनी, लाओस, अस्ट्रेलिया, कोरिया, इटलीलगायत विभिन्न मुलुकबाट २५ वटा हट एयर बलुन ल्याएर सञ्चालन गर्ने तयारी छ।
पुस ९ गतेदेखि सञ्चालन हुने महोत्सव एक साता चल्ने छ। २०७३ बाट स्थापना भएको कम्पनीले २०७५ बाट पोखरामा हट एयर बलुन सेवा सुरु गरेको हो।
सन राइज बलुनले सन् १९९१ बाट सन २००३ सम्म हट एयर बलुनको व्यावसायिक सञ्चालन सुरु गरेको थियो। पाटाका उपाध्यक्ष सुमन पाण्डेले बलुन महोत्सवले पर्यटन प्रचारप्रसारका लागि नयाँ अवधारणा सुरु भएको बताए।