काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले डिजिटल सेवालाई थप परिस्कृत गर्ने योजनाअनुरुप केन्द्रीय कार्यालयमा ‘स्मार्ट हब’ सञ्चालनमा ल्याएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हब सार्वजनिक गरेका हुन्।
पोखरेलले यसले एकै स्थानबाट जुनसुकै समयमा झन्झटबीना डिजिटल माध्यमबाट चेक जम्मा गर्ने, नगद जम्मा गर्ने तथा आवश्यक परेको नगद मेसिनबाट प्राप्त गर्ने सुविधाबाट ग्राहक डिजिटल कारोबारमा अभ्यस्त हुनुका साथै डिजिटल बैंकिङ विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे। सेवा देशका अन्य स्थानबाट समेत सञ्चालन गरिने उनले बताए।
स्मार्ट हबमा राखिएका मेसिन जस्तै चेक जम्मा गर्ने मेसिनबाट ग्राहकले क्लियरिङ चेक डिपोजिट गर्ने, बैंक खाता विवरण हेर्ने र बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्न मिल्ने सुविधा उपलव्ध छन्। क्यास डिपोजिट मेसिनबाट एक हजार र पाँच सय दरका नोट जम्मा गर्ने सुविधा छ।
बैंकले असोज महिनाभर ‘सिटिजन्स डिजिटल महिना’उत्सव सञ्चालन गर्ने छ। यस उत्सवमा फोनपेसँगको सहकार्यमा बैंकले विभिन्न आकर्षक अफर सार्वजनिक गरेको छ। मोबाइल बैंकिङ प्रयोग गरी हवाई टिकट खरिद गर्दा ४०० सम्म क्यासब्याक, दसैंमा डिजिटल दक्षिणा दिँदा सो कारोबारमा १०० सम्म क्यासब्याक प्राप्त बैंकले जनाएको छ।
‘दसैंमा चलाउ सिटिजन्स कार्ड’अभियानमा डेबिट÷क्रेडिट कार्ड प्रयोगमा आकर्षक क्यासब्याक अफर प्राप्त हुनुका साथै ‘डिजिटल रेमिटेन्स प्राप्ति अभियान’मा मोबाइल बैंकिङमार्फत प्राप्त गरिएको रेमिटेन्समा आकर्षक क्यासब्याक प्राप्त हुने बैंकले प्रस्ट पारेको छ।
बैंकले फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स भच्र्युअल क्रेडिट कार्ड’ पनि सञ्चालनमा ल्याएको छ। भौतिक कार्ड
बिना नै मोबाइलको माध्यमबाट स्क्यान गरी क्रेडिट कार्डको सुविधा उपभोग गर्न सकिने विशेषता भच्र्युअल क्रेडिट कार्डमा छ। बैंकले १९७ शाखा, १६२ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइबाट सेवा प्रदान गर्दै आएको छ।