काठमाडौं। भीजी इम्पेक्स जीडब्लूएम नेपालले बहुप्रतीक्षित ट्यांक सिरिजका ३०० र ५०० गाडीको बुकिङ आधिकारिक रूपमा खुलाएको छ।
लक्जरी ७ सिटर एसयूभी ट्यांक ५०० र ५ सिटर एसयूभी ट्यांक ३०० रहेको कम्पनीले जनाएको छ। एचइभी प्रविधि समावेश गरिएको ट्यांक ब्रान्डले पहिलो पटक २९ अगस्त २०२१ मा छेन्दु अटो शोमा डेब्यु गरेको थियो। चीनमा १८ मार्च २०२२ मा आधिकारिक रूपमा लन्च भएको थियो।
ट्यांक ब्रान्डले जीडब्लूएमको उच्चस्तरीय अफरोड सवारी साधनको प्रतिनिधित्व गर्दछ र एसयूभीको नयाँ ट्रेन्ड सेट गर्न लक्ष्य राख्ने कम्पनीको भनाइ छ। यसको लोगोमा रहेको टी अक्षर ब्रान्ड, प्रविधि, र ट्रेन्डको प्रतिनिधित्व गर्छ भने यूले प्रयोगकर्ता र एकताको प्रतीक रहेको कम्पनीले बताएको छ।
कम्पनीले ट्यांक ५०० र ३०० माेडललाई इन्डोनेसिया, थाइल्याण्ड, मलेसिया, दक्षिण अफ्रिका, अष्ट्रेलिया र न्युजिल्यान्डजस्ता प्रमुख बजारमा प्रस्तुत गरिसकेको छ।
ट्यांक ३०० र ५०० मा नेपालमा २.० एल टर्बो पेट्रोल मोडलमा उपलब्ध हुनेछन्, जसमा ९ स्पीड स्वचालित ट्रान्समिसन छ। यी मोडलले २५८ किलोवाट पिक पावर र ६४८ एनएम टर्क प्रदान गर्छन्। कम्पनीले ट्यांक ३०० को मूल्य १,८५,००,००० र ट्यांक ५०० को मूल्य २ करोड २५ लाख तोकेको छ।