काठमाडौं। नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले बजारमा नयाँ बजाज पल्सर एनएस २०० बिक्री वितरण सुरु गरेको छ। पहिले नै नेपाली युवाको ढुकढुकीमा बस्न सफल बजाज पल्सर एनएस २०० अब ब्लुटुथ कनेक्सन र नेभिगेसनसहितको पूर्ण डिजिटल कन्सोलको साथमा बजारमा बिक्री थालिएको कम्पनीले जनाएको हो।
नयाँ बजाज एनएस २०० मा पावर, प्रविधि, र डिजाइनको उत्कृष्ट संयोजन रहेको छ। यसमा ट्रिपल स्पार्क फोर भल्भ इन्जिन उपलब्ध रहेको छ, जसले १८ किलोवाट पावर र १८.७४ एनएम टर्क उत्पन्न गर्छ। यसमा लागि ६–स्पीड गियरबक्स र नयाँ प्रणालीको एलइडी लाइटिङ रहेको छ।
मोटरसाइकलको मुख्य विशेषता भनेको ब्लुटुथ कनेक्टिभिटीसहितको पूर्ण–डिजिटल कन्सोल हो, जसमा टर्न–बाई–टर्न नेभिगेसन, गियर पोजिसन इन्डिकेटर, डिस्ट्यान्स–टु–एम्प्टी रिडआउट, र इन्धन खपतको डेटा रहेको छ।
अपसाइड–डाउन फ्रन्ट फोर्क्स र डुअल–च्यानल एबिएसले उत्कृष्ट ब्रेकिङ कन्ट्रोल प्रदान गर्दछ। स्पोर्टी डिजाइन, उन्नत इन्जिनियरिङ र उत्कृष्ट पावर–टु–वेट रेसियोले यस मोटरसाइकल जस्तोसुकै सडकमा फिट हुने कम्पनीको दाबी छ।
गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले नेपाली बजारमा नयाँ बजाज पल्सर एनएस २०० सार्वजनिक गरिएकाले ग्राहक रोजाइमा पर्ने विश्वास व्यक्त गरे। नयाँ बजाज पल्सर एनएस २०० को ४,४४,९०० रुपैयाँ पर्न कम्पनीले बताएको छ।