काठमाडौं । नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाको पन्च ईभी एकैपटक चितवन, पोखरा, बुटवल र भैरहवामा सार्वजनिक गरेको छ।
विद्युतीय कम्प्याक्ट एसयूभी पन्च ईभी चारवटै सहरमा एकैदिन औपचारिक लन्च गरिएको कम्पनीले बताएको हो।
पोखरामा आयोजित कार्यक्रममा सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठ र उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष पवन प्रजापति सहभागी
कार्यक्रममा सीईओ श्रेष्ठले नाडा अटो शोमा सार्वजनिक टाटा पन्च ईभीले नेपालभर उच्च माग र बुकिङ पाएको जानकारी दिए। ग्राहक माग र बजारले खोजेपछि एकैपटक चार सहरमा टाटा ईभी पन्च बिक्री थालिएको उनको भनाइ छ।
भैरहवा र बुटवलमा सिप्रदीका सीओओ राजेशप्रसाद गिरी, प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्तजंग सिजापती र सिद्धार्थनगर उद्योग वाणिज्य संघ अध्यक्ष ठाकुरप्रसाद श्रेष्ठको उपस्थितिमा टाटा पन्च ईभी सार्वजनिक गरिएको थियो।
यस्तै चितवनमा सिप्रदीका भाइस प्रेसिडेन्ट सौरभ थपलिया र चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले संयुक्त रुपमा टाटा पन्च ईभी लन्च गरेका थिए।
कार्यक्रममा पोखरा, चितवन, बुटवल र भैरहवामा गाडी बुक गरेका ग्राहकलाई गाडीसँगै साँचो हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।
टाटा पन्च ईभीको प्रारम्भिक मूल्य ३३ लाख ९९ हजार रुपैयाँ पर्छ।