काठमाडौं । नेपालमा चांगान तथा दिपलको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले भदौ ३१ देखि असोज ३ सम्म गैरीधारास्थित सिल्भरओकमा डिपल एक्सचेन्ज कानिर्भल गर्दै छ।
कार्निभलमा ग्राहकले कुनै पनि ब्रान्डका पुराना गाडी साटेर नयाँ ‘इन्टेलिजेन्ट, लक्जरियस र फस्ट–टाइम–इन’ नेपाल ‘फिचर–लोडेड’ डिपलका ईभी खरिद गर्न सक्नेछन्।
कार्निभलमा ग्राहकले प्रि–बजेट मूल्य अर्थात् ७१ लाख ९९ हजार रुपैयाँमा डिपलको निकै रुचाइएको प्रिमियम ईभी एस०७ खरिद गर्न सक्ने कम्पनीले बताएको छ। यसका लागि ग्राहकले नेपालकै टप ६ रिकन्डिसन हाउसबाट आफ्ना पुरानो गाडीको बेस्ट भ्यालुयसन पाउनेछन्।
यस्तै, थप एक्सचेन्ज बोनस, अनस्पट डेलिभरी, अनस्पट फाइनान्स र फ्री एसेसेरिज प्राप्त गर्न सकिनेछ। ३ किलोवाटको ट्राभल चार्जर, ७ किलोवाटको होम चार्जर, गाडीको भ्यालुएसन र बुकिङमा गिफ्ट पाउने कम्पनीले बताएको छ।
नेपालमा एमएडब्लु वृद्धिले डिपल एस०७ र एल०७ गरी दुई मोडल बिक्री गर्दै आएको छ। यी ईभी एड्भान्स्ड फिचर, लक्जरियस इन्टेरियर र इन्टेलिजेन्ट डिजाइनमा आधारित छन्। पाँच महिनाअघि नेपालमा सार्वजनिक भएको डिपल एस०७ मा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, एआई सपोर्ट भएको अग्मेन्टेड रियालिटी एडअप डिस्प्ले, चार ड्राइभिंग मोड, १२५ लिटरको फ्रंक, हेडरेस्ट र आउटडोरसहित १४ वटा स्पिकरलगायत १५ बढी फस्ट टाइम इन नेपाल फिचर रहेको कम्पनीको भनाइ छ।