काठमाडौं। २० मध्ये १० वाणिज्य बैंकले असोज महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। मुद्दती निक्षेपको ब्याजदर असोजका लागि ६.३८ प्रतिशत कायम भएको छ। भदौमा औसत ब्याजदर ६.५३ प्रतिशत छ।
१० बैंकको ब्याजद घट्दा ८ वटाले भदौकैलाई निरन्तरता दिएका छन् भने २ बैंकले ब्याजदर बढाएका छन्। नेपाल बैंक र कृषि विकास बैंकले असोजका लागि ब्याजदर बढाएका हुन्।
पछिल्ला महिनामा बैंकहरुले लगातार ब्याजदर घटाइरहेका छन्। प्रणालीमा अधिक तरलता भएपछि ब्याजदर घटाउन बैंकहरुबीच प्रतिस्पर्धा चलिहरेको छ।
व्यक्तिगत मुद्दती निक्षेपमा २० वाणिज्य बैंकको अधिकतम औसत ब्याजदर भदौको तुलनामा असोजमा ०.१५ प्रतिशत बिन्दुले घटेको हो।
व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाउनेमा राष्ट्रिय वाणिज्य, नेपाल एसबीआई, कुमारी, प्राइम, सानिमा, सिटिजन्स, नबिल, एनएमबी, एनआईसी एसिया र एभरेष्ट बैंक रहेका छन् ।
स्थिर राख्नेमा लक्ष्मी सनराइज, ग्लोबल आईएमई, नेपाल इन्मेस्टमेन्ट मेगा, सिद्धार्थ, स्ट्यान्डर्ड चार्टर्ड, माछापुच्छ्रे, प्रभु, हिमालयन बैंक छन् ।
असोजमा व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै एनआईसी एसिया बैंकले अधिकतम ७.१८ प्रतिशत ब्याज दिनेछ।
असोजमा व्यक्तिगत मुद्दतीमा न्यूनतम ब्याजदर सानिमाको ५.९ प्रतिशत छ।
राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदर अन्तर बढीमा ५ प्रतिशतभन्दा हुन नहुने व्यवस्था गरेको छ।