काठमाडौं । बिजनेस नेपाल म्यानेजमेन्ट प्रालिद्वारा सञ्चालित क्यापिटल नेपालको आयोजनामा शुक्रबार काठमाडौंमा ‘होटलिएर समिट–२०२४’ हुँदैछ। प्रभु बैंक मुख्य प्रायोजक रहेको होटलिएर समिट शुक्रबार दिउँसो १ बजेबाट काठमाडौंको ह्यात रेजेन्सीमा हुनेछ।
होटलिएर समिटमार्फत नेपालको पर्यटन, उद्योग र व्यवस्थापकीय तथा नीतिगत प्रबन्धनमा सहयोग पुग्ने अपेक्षा क्यापिटल नेपालले लिएको छ।
बिजनेस नेपाल म्यानेजमेन्ट प्रालिका अध्यक्ष अनिताराज भण्डारीको स्वागत मन्तव्यसहित सुरु हुने कार्यक्रममा भिजेट माल्दिभ्सका अध्यक्ष अब्दल्ला घ्यास, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, सांसद तथा उद्योगी विनोद चौधरी र उद्योग मन्त्री दामोदर भण्डारीलाई उद्घाटन सत्रमा देख्न तथा सुन्न सकिने छ।
उद्घाटन सत्रपछि ‘चेन होटल विगिनिङ ग्लोबल एक्सिप्रियन्स इन नेपाल’ शीर्षकमा पहिलो प्यानल डिस्कर्सन हुनेछ। सुरज वैद्यले सञ्चालकको भूमिका निर्वाह गर्ने यस प्यानल डिस्कर्सनमा शशिकान्त अग्रवाल, जीबा लामिछाने, शशि अग्रवाल र रमेश हमाल रहनेछन्।
युविका भण्डारीले सञ्चालकको भूमिका निर्वाह गर्ने ‘हस्पिटालिटी इन्डस्ट्री अफ नेपाल पास्ट लेसन एन्ड फ्युचर होराइजन्स’ विषयक दोस्रो प्यानल डिस्कर्सनमा वसन्तराज मिश्र, लक्ष्मन न्यौपाने, प्रभाव गौतम र आयुषा प्रसाईं रहनेछन्।
‘हाइट अफ हस्पिटालिटी इलिभेटिङ थ्रु पोलिसी सपोर्टस्’ शीर्षकमा हुने तेस्रो प्यानल डिस्कर्सनलाई अशोक शेरचनले सञ्चालन गर्नेछन्। प्यानलमा विनायक शाह, भवानी राणा, नारायण रेग्मी र प्रचण्डमान् श्रेष्ठ हुनेछन्।
यसपछि, कार्यक्रमको समापन सत्रमा नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशी, जुनिपर होटल्सका अध्यक्ष अरुण सराफ, नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आफ्नो मन्तव्य राख्नेछन्।
बिजनेस नेपाल म्यानेजमेन्ट प्रालिद्वारा सञ्चालित क्यापिटल नेपाल र क्यापिटल बिजनेस म्यागेजिनका सम्पादक लोकबहादुर चापागाईको समापन मन्तव्यसहित कार्यक्रम अन्त्य हुनेछ।