काठमाडौं । सिजी मोटर्स प्रालिले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिदमा दसैं तिहार अफर ल्याएको छ। कम्पनीले हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटर किन्दा एक्कासि मालामाल अफर सार्वजनिक गरेको हो।
हिरोले आफ्ना जुनसुकै मोडलको मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्रयाच कार्डद्वारा नगद ५ लाखसम्मको स्योर सट क्यास जित्ने मौका साथै बम्पर उपहारमा ‘नेटा भी इभी कार’ जित्ने अफर पनि ल्याएको छ।
कम्पनीले ‘ दसैँ तिहार २०८१ को बहार, २ चक्के किन्दा ४ चक्के उपहार’ योजना ल्याएको छ। सोही अफरमा हिरोका जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ८ हजारदेखि ५ लाख रुपैयाँसम्मको स्योर सट नगद छुट पाइनेछ।
सिजी मोटर्सले हिरो मोटोकर्पसँग मिलेर केही समयअघि मात्रै नेपालमा आक्रामक व्यापार योजना घोषणा गरेको छ।
नवलपरासीको सिजी इन्डस्ट्रियल पार्कमा प्रतिवर्ष ७५ हजार युनिट मोटरसाइकल एसेम्बल गर्न सक्ने क्षमताको अत्याधुनिक प्लान्ट उद्घाटनसमेत गरिसकेको छ। हिरोका मोटरसाइकल तथा स्कुटर अहिले नेपालमै एसेम्बल भइरहेका छन्।
िनेपालमा सबैभन्दा बढी बिक्री हुने मोटरसाइकल ब्रान्डमध्येको हिरोले नयाँ बेन्चमार्कसमेत कायम गर्दै आएको छ। सिजी मोटर्सले हाल नेपालका विभिन्न स्थानमा ५० बढी हिरो शोरुमको नेटवर्क सञ्चालन गरिरहेको छ। निकट भविष्यमा थप शोरुम खोल्ने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ।
मोटरसाइकल तथा स्कुटर खरिदमा ५ वर्षे वारेन्टी घोषणाले ग्राहकको थप विश्वास जित्ने अपेक्षाा कम्पनीको छ।
लोकप्रिय उत्पादन सुपर स्प्लेन्डर, स्पलेन्डर प्लस, एक्स पल्सका साथै नयाँ जुम १ सय १० स्कुटर बिएस सिक्स एसआई सिजी मोटर्सले नेपालमा भित्र्याएको छ।