काठमाडौं । सिजी मोटर्सले नेपाली बजारकै ‘मोस्ट अफरडेवल’ सब–कम्प्याक्ट एसयुभी ‘दायुन युइहु’ सार्वजनिक गर्ने भएको छ। नाडा अटो शो २०८१ मा ८ ब्रान्ड प्रदर्शनमा राखेको सिजी मोटर्सले आफ्नो पोर्टफोलियोमा थप नयाँ ब्रान्ड थप्न लागेको हो।
दायुन युइहु नेपालको बाटो सुहाउँदो र उपयुक्त रहेको कम्पनीको दाबी छ। दायुन ग्रुपले चीनमा हेभी ट्रक, लाइट ट्रक, कार, मोटरसाइकल र इन्जिन उत्पादन गर्दै आएको छ।
दायुन युइहुमा ३९ किलोवाटको मोटर रहेको छ, जसले १२५ एनएमको टर्क जेनेरेट गर्दछ। यसमा ३०.६६ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ। उक्त ब्याट्रीले ३०० किलोमिटर भन्दा धेरै रेन्ज दिने दाबी कम्पनीको छ। यो गाडी डिसी चार्जरले चार्ज गर्दा ५४ मिनेटभन्दा कममा २० देखि ८० प्रतिशत चार्ज हुने बताइएको छ।
दायुन युइहु सब–कम्प्याक्ट एसयूभीमा २०१ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ। फ्रन्ट एन्ड रियर इन्डिपेन्डेन्ट सस्पेन्सन रहेको हुँदा जस्तोसुकै अफरोड तथा खराब बाटामा उत्कृष्ट कम्फर्ट र आरामदायी यात्रा गर्न सकिने कम्पनीले बताएको छ।
गाडीमा ७ इन्चको इन्सट्रुमेन्ट क्लस्टर, किलेस इन्ट्री, टायर प्रेसर मनिटरिङ सिस्टम, एयरब्याग, एबिएस, इबिडी, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, अटोमेटिक हेडल्याम्प, वन टच विन्डो, पार्किङ रेडार र क्रुज कन्ट्रोललगायत फिचर गाडीमा छन्।