काठमाडौं। एप्पलले आईफोन १६ सिरिज सार्वजनिक गरेको छ। कम्पनीले सेप्टेम्बर ९ मा आयोजित इट्स ग्लाटाइम कार्यक्रममा आईफोन १६ सिरिज अनावरण गरेको हो।
कम्पनीले सार्वजनिक गरेका चार मोडलमा आईफोन १६, आईफोन १६ प्लस, आईफोन १६ प्रो र आईफोन १६–प्रो म्याक्स रहेका छन्।
कम्पनीले आईफोन १६ र १६ प्लसको क्यामेरा डिजाइनमा सबैभन्दा ठूलो परिवर्तन गरेको छ भने प्रो मोडेल पूर्ण रूपमा नयाँ डिजाइनमा ल्याएको छ।आईफोन १६ मा ६.१ इन्च र आईफोन १६ प्लसमा ६.३ इन्च डिस्प्ले रहेको छ । त्यसैगरी प्रो मोडेल अन्तर्गत आईफोन १६ प्रोमा ६.३ इन्च र आईफोन १६ प्रो म्याक्समा ६.९ इन्च डिस्प्ले छ।
सबै मोडेलमा १२० हर्ज रिफ्रेस रेट र प्रो मोडलमा प्रोमोसन डिस्प्ले उपलब्ध गराइएको छ। एप्पलका सबै मोडलमा १६ कोर न्यूरल इन्जिन छ। जेनेरेटिभ एआई फिचरका लागि ३६ ट्रिलियन अपरेसन प्रतिसेकेन्ड काम गर्न सक्ने बताइएको छ। यसमा १७ प्रतिशत बढी मेमोरी ब्यान्डविथ छ।
यसमा ६ कोर जीपीयू छ। फोटोग्राफीका लागि आईफोन १६ र आईफओन १६ प्लसमा ४८ मेगापिक्सेल मुख्य क्यामेरा रहेको छ, जसले ४८ मेगापिक्सेलसम्मको फोटो खिच्न सक्छ।
यी बेसिक मोडलमा भएको क्यामेरा आईफोन १४ भन्दा चार गुणा स्तरीय भएको कम्पनीले जनाएको छ। यसमा भएको १२ मेगापिक्सेलको क्यामेरामा टु एक्स टेलिफोटो सेन्सर अटोफोकससहितको अल्ट्रावाइड क्यामेराको काम गर्नेछ।
कम्पनीले यी दुईटा क्यामेराबाट चार वटा क्यामेरा सेन्सरले गर्ने बराबरको फाइदा पाउन सक्ने जनाएको छ। आईफोन १६ प्रो र १६ प्रो म्याक्समा ४८ मेगापिक्सेल फ्युजन क्यामेरा छ। त्यस्तै अल्ट्रावाइड एंगलका लागि ४८ मेगापिक्सल अल्ट्रावाइड क्यामेरा छ।
आईफोन १६ को मूल्य ७९९ डलर (करिब १ लाख ७ हजार रुपैयाँ) र आईफोन १६ प्लसको सुरुवाती मूल्य ८९९ डलर (१ लाख २० हजार रुपैयाँ) रहेको तोकिएको छ। कम्पनीले आईफओन १६ प्रोको सुरुवाती मूल्य ९९९ डलर (करिब १ लाख ३३ हजार रुपैयाँ) र आईफोन १६ प्रो म्याक्सको सुरुवाती मूल्य ११९९ डलर (करिब १ लाख ६० हजार रुपैयाँ) कायम गरेकाे छ।
एप्पल वाच सिरिज १० लन्च
एप्पलले नयाँ वाच रिसिज १० पनि लन्च गरेको छ। नयाँ वाचमा ठूलो र अझ ससक्त डिस्प्ले दिईएको छ भने ओएलईडी डिस्प्ले राखिएको छ। सिरिज १० का लागि ग्लसी ब्ल्याक कलर अप्सन विशेष रुपमा ल्याइएको छ। एप्पल वाच सिरिज १० मा नयाँ डिजाइन छ। यो स्मार्टवाचको मूल्य ३९९ डलरदेखि सुरु हुनेछ भने सेप्टेम्बर २० देखि बजारमा आउनेछ।
नयाँ एप्पल वाचले छिटो चार्ज गर्ने सुविधा पनि दिन्छ, जसले प्रयोगकर्ताहरूले यसलाई ३० मिनेटमा ८० प्रतिशतसम्म रिचार्ज गर्न अनुमति दिन्छ। यसका साथै कम्पनीले एप्पल वाच अल्ट्रा २ स्मार्टवाचको नयाँ भर्सन पनि ल्याएको छ।
नयाँ फिचरसहित एयरपड्स ४ सिरिज
एप्पलले नयाँ फिचरसहित एयरपड्स ४ पनि लन्च गरेको छ। एयरपड्स ४ मा सानो, अधिक पोर्टेबल यूएसबी सी चार्जिङ केस समावेश छ, जसले कुल ब्याट्री जीवनको ३० घण्टासम्म प्रदान गर्दछ। यसले नोड्स र टाउको हल्लाएर कल उठाउन तथा काट्न मिन्ले न्वाइज क्यान्सिलेसन फिचरसमेत राखेको छ। यसको केस वायरलेस चार्जिङ केसयुक्त रहेको छ।
एयरपड्स ४ अब १२९ अमेरिकी डलरबाट सुरु हुन्छ भने न्वाइज क्यान्सिलेसन सहितको एयरपड्स ४ को मूल्य १७९ डलरबाट सुरु हुन्छ। कम्पनीले एयरपड्स ४ म्याक्स र एयरपड्स ४ प्रो २ पनि लन्च गरेको छ।