काठमाडौं। आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.४६ अंकले घटेर २७०१.९० बिन्दुमा बन्द हुँदा पनि तीन कम्पनीको सेयर मूल्यमा भने सकरात्मक सर्किट लागेको छ। साताको कारोबारको पहिलो दिन आइतबार माहुली लघुवित्त वित्तीय संस्था, सिर्जनशील लघुवित्त वित्तीय संस्था र मिड सोलु हाइड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो।
आज मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयर मूल्य ९.९५ प्रतिशतले बढ्दा सर्पोट माइक्रोफाइनान्सको सेयर मूल्य ८ प्रतिशतले उकालो लागेको छ। उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थामा ७.३२ प्रतिशत, गणपती लघुवित्तमा ६.६७ प्रतिशत, स्वाभिमान लघुवित्तमा ६.४४ प्रतिशत, युलिभर नेपालमा ६.१३ प्रतिशत र गुराँस लघुवित्तमा ५.८३ प्रतिशतलेको वृद्धि भएको छ।
तीन कम्पनीमा सकरात्मक सर्किट लाग्दै गर्दा थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्यमा भने नकरात्मक सर्किट लागेको छ। उक्त कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आउँदा कुमारी इक्विटी फन्डमा ८.०७, गुडवील फाइनान्समा ६.०५ र डोल्टी पावर कम्पनीको सेयर मूल्यमा ४.५४ प्रतिशतको गिरावट आएको छ।
यस्तै, मातृभूमी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४.५४ प्रतिशत, माछापुच्छे« डिबेन्चरको ३.९५ पूतिशत, नेपाल एसबीआई बैंक ऋणपत्रको ३.९४ प्रतिशत, एभरेस्ट बैंकको ३.९० प्रतिशत, सिंगटी हाइड्रोको ३.८१ प्रतिशत र सानिमा माई हाइड्रोपावरको सेयर मूल्य ३.४८ प्रतिशतले घटेको छ। समग्रमा आइतबार कारोबारमा आएकामध्ये ८५ कम्पनीको सेयर मूल्य बढ्दा १५७ कम्पनीको घटेको छ। यस्तै, ३ कम्पनीको सेयर मूल्य भने स्थिर छ।