काठमाडौं। मेबाइल सेवाप्रदायक कम्पनी एनसेलले टिकटक प्याक सञ्चालनमा ल्याएको छ। भदौ २१ देखि सञ्चालनमा ल्याइएको र सधैं अनका प्याकमा सामाजिक सञ्जाल चलाउन पाइने निःशुल्क डेटामा टिकटक पनि समावेश गरिएको कम्पनीले बताएको छ।
ग्राहकले करसहित मात्र १७५ रुपैयाँमा सात दिनसम्म अनलिमिटेड टिकटक चलाउन पाउँनेछन्। यसमा अन्य प्रयोजनका लागि ग्राहकले इन्टरनेट प्रयोग गर्न २ जीबी डेटा पनि प्राप्त गर्न सक्ने एनसेलले बताएको छ।
सरकारले टिकटक प्रयोगमा लगाएको प्रतिबन्धसँगै एनसेलले दिँदै आएको सधैं अनका सबै प्याकमा निःशुल्क पाइने सोसल मिडिया डेटामा पनि टिकटक थपिएको हो। अब सधैं अन प्याकमा ग्राहकले फेसबुक, इन्स्टाग्राम र युट्युबका साथै टिकटक पनि निःशुल्क आउने डेटाबाट चलाउन पाउँछन्।
एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने, ‘हामीले सरकारले प्रतिबन्ध हटाएसँगै भदौ २१ बाट लागू हुने गरी सुलभ दरमा टिकटकमा पहुँच दिने टिकटक प्याक ल्याएका छौं। सधैं अन प्याकका सोसल मिडिया डेटामा टिकटक पनि समेटेका छौं। यसले ग्राहकलाई टिकटकको पहुँच अझै सहज हुने विश्वास छ।’
एनसेलले सधैं अन योजनाअन्तर्गत बेसिक, बेस्ट र अनलिमिटेड गरी तीन प्रकारका प्याक प्रदान गर्दै आएको छ। बेसिकमा सात दिन समयसीमा रहेको सधैं अन प्याकमा ग्राहकले अन्य बन्डल सेवाबाहेका १ जीबी निःशुल्क सोसल मिडिया प्याक पाउँदै आएका छन्।
त्यस्तैगरी सधैं अनको २८ दिने बेस्टअन्तर्गतका प्याकमा प्याकअनुसार ४ जीबी, ५ जीबी र ६ जीबी निःशुल्क सोसल मिडिया डेटा पाउँदै आएका छन्। सधैं अन अनलिमिटेड प्याकअन्तर्गत २८ दिन समयसीमा भएको ८ जीबी, १० जीबी र १५ जीबी निःशुल्क सोसल मिडिया डेटा पाइन्छ। यसरी पाइने निःशुल्क सोसल मिडिया डेटाबाट अब टिकटक पनि प्रयोग गर्न सकिनेछ।