काठमाडौं। तौल र गति सन्तुलन नमिल्दा सौर्य एयरको जहाज दुर्घटना भएको जहाज दुर्घटना जाँच आयोगले निष्कर्ष निकालेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत साउन ९ गते उडान गर्ने क्रममा दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना जाँच आयोगले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै तौल र गति सन्तुलन नमिल्दा ‘टेक अफ’ का क्रममा पाइलटले नियन्त्रण गुमाएकाले दुर्घटनामा परेको प्रारम्भिक निष्कर्ष निकालेको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार (२० भदौ)मा वेवसाइटमार्फत सौर्य एयरलाइन्स दुर्घटनाको प्रारम्भिक प्रतिवदेन सार्वजनिक गरको हो।
जहाज दुर्घटना हुनुको कारणका रुपमा जहाजको तौल र गति नमिलेको, अपरेसन र ग्राउन्ड ह्यान्डलिङ म्यानुअल अनुसार जहाजमा सामान राख्नुपर्नेमा त्यसको पालना नगरेको पाइएको कारण जहाज दुर्घटना भएको उल्लेख गरेको छ।
यस्तो म्यानुअल नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत गराउनुपर्छ। सौर्यसँग त्यस्तो म्यानुअल भए पनि त्यसको पालना नभएको देखिएको छ।
उक्त म्यानुअलमा सामान जोख्ने, त्यसलाई लोड गर्ने र जहाजभित्र कसरी सुरक्षित राख्ने भन्ने उल्लेख हुन्छ। उक्त जहाजले कार्गोसहित लोड बोकेर उड्दा बाहिरको तापक्रम, विमानस्थलको उचाइ, लोडसहित आधारमा टेकअफका बेला लिने भी स्पीडको गतिको क्याल्कुलेसन हुन्छ। त्यसलाई क्याल्कुलेसन नगरी जहाजले टेकअफ लिएको पनि प्रारम्भिक अध्यन प्रतिवेदनमा उल्लेख छ। जाँच आयोगले प्राधिकरणबाट मर्मतका लागि दिने अनुमतिमा उल्लेख नियमहरूको पूर्णपालना हुन नसक्दा भएको कमजोरीले जहाज दुर्घटना भएको पनि प्रतिवदेनमा उल्लेख छ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को नियमानुसार हरेक जहाज दुर्घटनाको हुँदा छानविन समिति बनाउनुपर्ने र उक्त समितिले बनाएको प्रतिवेदनलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)मा पाठाउनुपर्छ। त्योभन्दा अगाडि दुर्घटना जाँच आयोगको प्रारम्भिक प्रतिवदेन सार्वजनिक गर्नेसम्मको व्यवस्था छ। सोही व्यवस्था अनुसार पर्यटन मन्त्रालले सौर्य एयर दुर्घटनाको पनि प्रारम्भिक प्रतिवदेन वेवसाइटमार्फत सार्वजनिक गरेकोछ।
यस्तो छ प्रतिवेदन