काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच कम्पनीका कर्मचारीलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्ने सम्झौता भएको छ।
सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले हस्ताक्षर गरेका छन्।
सम्झौता पश्चात सेवाअवधि पूरा गरेका कर्मचारीलाई कम्पनीको सिफारिसमा अधिकतम १५ लाख रुपैयाँसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने छ।
बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ। हाल बैंकको आधार दर ६.६६ प्रतिशत छ। सम्झौताअनुसार कम्पनीका कर्मचारीको तलबी खाता बैंकले सञ्चालन गर्नेछ। यस सम्भौता पश्चात दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको छ।
उक्त अवसरमा कम्पनीका विभागीय प्रमुख डिल्लीराज लम्साल, घनश्याम अर्याल, अधिकृत रामसफल साह, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेश प्रसाल लोहनी, उपकार्यकारी अधिकृत विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, रामकुमार थापा, विभागीय प्रमुख आनन्द सुवेदी, उपप्रमुख दिनेश न्यौपाने, शाखा कार्यालय थापाथलीका शाखा प्रबन्धक बिक्रममान श्रेष्ठ, लगायत कर्मचारीको उपस्थिति रहेको थियो।
बैंकले २९४ शाखा कार्यालय, ३१० वटा एटीएम र ७३ वटा एक्स्टेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ।