काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले सातवटै प्रदेशमा मोटिभेसनल तालिम तथा नेपाल लाइफ तारा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कोशी प्रदेशको इटहरी, मधेस प्रदेशको लालगढ, बागमती प्रदेशको काठमाडौं, नारायणघाट, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित कार्यक्रममा करिब पाँच हजारभन्दा बढी एजेन्सी तथा एजेन्सी म्यानेजर सहभागी रहेको कम्पनीले जनाएको छ।
कार्यक्रमको शुभारम्भ कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले पानसमा दीप प्रज्वलन गरेर गरेका थिए। कार्यक्रममा नेसनल सेल्स हेड उमापति पोखरेल, एजेन्सी तथा पोलिसी सर्भिसिङ प्रमुख सुनिता पोखरेल, प्रदेशका प्रादेशिक प्रमुख, शाखा तथा उपशाखाका प्रमुख, पेसागत बिमा अभिकर्ता महासंघका महासचिव ओम केसी तथा पेसागत बिमा अभिकर्ता संघ नेपाल बिमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारी उपस्थित थिए।
असोज २०८० र वैशाख २०८१ को मासिक अभिकर्ता प्रोत्साहन योजनाअन्तर्गत आयोजना गरिएको मोटिभेसनल तालिम कार्यक्रममा भारतको दिल्लीबाट आएका प्रशिक्षक अमित शर्माले जीवन बिमा बजारीकरणका लागि चाहिने आवश्यक सीप बारे प्रकाश पारेका थिए।
जीवनमा बिमा आधारभूत आवश्यकता भए पनि मानिसले यसको महत्त्व नबुझेले बजारीकरण गर्न गाह्रो भएको र यस अवस्थामा अभिकर्ताले बिमाको महत्त्वमाथि प्रकाश पार्न सके बजारमा धेरै सम्भावना रहेको उनले बताए।
प्रमुख कार्यकारी अधिकृत पराजुलीले मासिक अभिकर्ता प्रोत्साहन योजनाबाट छनोट भएर कार्यक्रममा आएका बिमा अभिकर्तालाई स्वागत तथा बधाई ज्ञापन गरेका थिए।
यस किसिमको कार्यक्रमले क्षमता अभिवृद्धि गरी जीवन बिमाको बजारीकरणका लागि चाहिने सीप, ज्ञान हासिल गर्न सहयोग पुग्ने उनले बताए।
र्यक्रममा कम्पनीले निर्धारण गरेको लक्ष्यलाई प्राप्त गर्दै नेपाल लाइफ ताराका लागि योग्य भएका ३१४ जना एजेन्सी तथा एजेन्सी म्यानेजरलाई सम्मान गरिएको थियो। कम्पनीले प्रत्येक प्रदेशमा प्रथम, द्वितीय र तृतीय हुने एजेन्सी तथा एजेन्सी म्यानेजरलाई प्रमाण पत्रसहित सम्मान गरेको थियो।
कार्यक्रममा कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेल, पेसागत बिमा अभिकर्ता महासंघका महासचिव ओम केसी, पेसागत बिमा अभिकर्ता संघ नेपाल बिमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले आफ्नो धारणा राखेका थिए।