काठमाडौं । नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानका गाडीमा ‘निसान फेस्टिभ डिल’ को विशेष छुट योजना ल्याएको छ।
यो योजना निसानका सबै गाडी निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ, र निसान एक्स–ट्रेलमा लागू हुनेछ।
नजिकिँदै गरेको चाडपर्व अवसरमा विशेष छुट योजना ल्याइएको कम्पनीले बताएको छ।
चाडपर्व अवधिभर लागू हुने ‘निसान फेस्टिभ ड्राइभ’ योजनाअन्तर्गत ग्राहकले निसान गाडी बुकिङ गर्दा विभिन्न सुविधा पाउनेछन्। जसअन्तर्गत १ वर्ष निःशुल्क गाडी बिमा, निःशुल्क ३ वर्षको सडक कर, निःशुल्क ३ वर्षको सर्भिसिङ, ३ वर्षको वारेन्टी र १५ लाखसम्मको छुट दिइने कम्पनीको बताएको छ।
निसान म्यागनाइट बिग, बोल्ड, ब्युटिफुल र ’कारिजम्याटिक’ एसयूभी नेपाली बजारको लोकप्रिय र उत्कृष्ट कार रहेको कम्पनीको भनाइ छ।
निसान म्याग्नाइट खरिदमा फेस्टिभ डिलअन्तर्गतको सुविधाका साथै ८०% सम्म सहज फाइनान्सिङ र ६ वर्षसम्म ‘नो रनिङ कस्ट’ को मजा लिन सकिनेछ।
त्यसैगरी निसान एक्स–ट्रेलले मस्कुलर स्टाइलिङ, शक्तिशाली पर्फर्मेन्स र उच्च स्तरको प्रविधिको साथ पारिवारिक एडभेन्चर र घुमघामका लागि आरामदायी र उपयुक्त सुविधा दिने दाबी कम्पनीले गरेको छ। निसान एक्स–ट्रेल खरिद गर्दा ग्राहकले फेस्टिभ डिल योजनाका सबै लाभ प्राप्त गर्दै १८ वर्षसम्म ‘नो रनिङ कस्ट’को मज्जा लिन सक्नेछन् ।
यो योजना अवधिभर विभिन्न मोडलका गाडी उत्कृष्ट मूल्यमा सहज फाइनान्सिङ र विशेष छुटका साथ खरिद गर्न सकिनेछ। योजना अवधिभर दिइने विभिन्न निःशुल्क सुविधाले चाडपर्वको समयलाई थप उत्सवमय बनाउने विश्वास कम्पनीको छ।