काठमाडौं । केही दिनअघि सार्वजनिक ग्यालेक्सी ए०६ मोबाइल सामसुङको ‘ए’ शृंखलाअन्तर्गत एन्ट्री–लेभल लाइनअपमा पछिल्लो एडिसन रहेको सामसुङ नेपालले बताएको छ।
कम्पनीका अनुसार ग्यालेक्सी ए०६ लाई स्लिकर र स्लिमर डिजाइनमा अपग्रेड गरिएकाले उपभोक्ताको हातमा आरामसँग फिट हुनुका साथै सुरक्षित पकडका लागि पनि उपयुक्त रहेको कम्पनीले जनाएको छ।
मोबाइल डिभाइसमा पावरफुल ५० एमपी प्राइमरी क्यामेरा, २ एमपी डेप्थ सेन्सर, उत्कृष्ट सेल्फीका लागि ८ एमपी फ्रन्ट क्यामेरा, ६.७ इन्चको एचडी प्लस एलसीडी स्क्रिन, माइक्रो एसडीमार्फत १ टिबीसम्म बाह्य मेमोरी सपोर्ट सुविधा छ।
ग्यालेक्सी ए०६ मेडिया टेक हेलियो जी८५ प्रोसेसरद्वारा सञ्चालित भएकाले गेमिङ, कन्टेन्ट हेर्ने र सेयरिङका लागि उत्कृष्ट पर्फर्मेन्स दिने दाबी कम्पनीको छ। ५०० मेगाहर्ज ब्याट्री र २५ वाट चार्जिङ राखिएकाले लामो पावर दिने कम्पनीको भनाइ छ।
ग्यालेक्सी ए०६ मा सामसुङ नक्स भाउल्ट अर्थात् इएएलएस प्लस प्रमाणित विशेषता रहेको छ, जुन अघिल्ला मोडलको दाँजोमा मुख्य अप्रगेड हो। यसले हार्डवेयर अट्याकविरुद्ध बलियो सुरक्षा दिने र प्रयोगकर्ताको संवेदनशील डेटाको अलग ट्याम्पर–प्रतिरोधी हार्डवेयरमा सम्पूर्ण सुरक्षा सुनिश्चित गर्ने कम्पनीले जनाएको छ। यस्तै, मोबाइलमा नयाँ साइड फिंगरप्रिन्ट सेन्सर सुविधा छ।
मूल्य
कालो, हल्का नीलो र नयाँ सुनौलो रंगमा उपलब्ध ग्यालेक्सी ए०६को ४/६४ जीबी भेरियन्टको १५,४९९, ४/१२८ जीबी भेरियन्टको १७,४९९ र ६/१२८ जीबी भेरियन्टको १९,४९९ रुपैयाँ मूल्य पर्छ। मोबाइल खरिदकर्ताले २५ वाटको सामसुङ एड्याप्टर निःशुल्क पाउनेछन्।
शून्य प्रतिशत ब्याजदरमा झन्झटमुक्त ईएमआई सेवा तथा इन्स्टा फाइनान्स सुविधामा ग्यालेक्सी ए०६ खरिद गर्न सकिनेछ।