काठमाडौं। अघिल्लो कारोबार दिन सोमबार बढेका समूहको सेयर मूल्य मंगलबार भने घटेको छ। साताको कारोबारको तेस्रो दिन मंगलबार फाइनान्स समूहको सेयर मूल्य सर्वाधिक अर्थात् १.५७ प्रतिशतले घटेको छ। आज बैंकिङ समूहमा ०.६७ प्रतिशत, जलविद्युत समूहमा ०.५० प्रतिशत, लगानी समूहमा ०.४४ प्रतिशत र उत्पादन समूहमा ०.१४ प्रतिशतको गिरावट आएको छ।
अघिल्लो दिन सोमबार भने १३ समुहकै सेयर मूल्य बढ्दा फाइनान्स समूहमा ७.९४ प्रतिशतको वृद्धि भएको थियो। बैंकिङ समूह ४.७३ प्रतिशत, विकास बैंक समूह ४.९९ प्रतिशत, होटल तथा पर्यटन समूह ४.९२ प्रतिशत र जलविद्युत समूहको सेयर मूल्य ५.३६ प्रतिशतले बढेको थियो। यस्तै, लगानी समूहको सेयर मूल्य ५.४५ प्रतिशत, जीवन बिमा समूहको ४.६९ प्रतिशत, उत्पादन समूह ३.३३ प्रतिशत, लघुवित्त समूह ३.३३ प्रतिशत र निर्जीवन समूह ४.८१ प्रतिशतले बढेको थियो।
यद्यपि, मंगलबार निर्जीवन बिमा समूहको सेयर मूल्य भने ४.७८ प्रतिशतले बढेको छ। विकास बैंक समूहको सेयर मूल्य १.३२ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६५ प्रतिशत, जीवन बिमा समूको २.२८ प्रतिशले बढेको छ। आज ७ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लाग्दा चार कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ।
मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.९० अंकले बढेर २८३०.१६ बिन्दुमा बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबार भने १२७.३२ अंकले बढेर २८२३.२५ बिन्दुमा बन्द भएको थियो। मंगलबार कारोबार रकम पनि बढेको छ।
आज नेप्सेमा कुल १३ अर्ब ४० करोड रुपैयाँ बढीको कारोबार भएको छ। अघिल्लो दिन सोमबार भने नेप्सेमा कुल १२ अर्ब ९१ करोडको कारोबार भएको थियो। मंगलबार कारोबारमा आएकामध्ये १०६ कम्पनीको सेयर मूल्य बढ्दा १३३ कम्पनीको घटेको छ। यस्तै, ५ कम्पनीको सेयर मूल्इ भने स्थिर छ।