काठमाडौं । ग्लोकल प्रालिद्वारा आयोजित गोल्छा गु्रपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो २०२४ रुकुमका १९ वर्षीय घनश्याम विश्वकर्माले जितेका छन्।
ग्लोकल टिन हिरोले विगत दशकदेखि विभिन्न क्षेत्रमा विशिष्टता हासिल गर्ने किशोरकिशोरीलाई सम्मानित गर्दै आएको छ, जसले समुदायमा महत्त्वपूर्ण योगदान दिएका छन्। ग्लोकल टिन हिरो नेपालले किशोरकिशोरीको सृजनात्मकता, उत्साह र योगदानलाई कदर गर्दै उनीहरूलाई ग्लोबल र लोकल डोमेनमा सकारात्मक परिवर्तन ल्याउन उत्प्रेरित गर्ने लक्ष्य राखेको छ।
अन्तिम ६ प्रतिस्पर्धी आशीष पन्थी, प्राविधिक शिक्षक, कपिलवस्तु; निश्चल भट्टराई, शैक्षिक कार्यकर्ता, स्याङ्जा; पूर्णिमा तिम्सिना, बाल अधिकार कार्यकर्ता, झापा; सजनी शर्मा, सामाजिक कार्यकर्ता, कास्की र श्रीजय सुवेदी, प्राविधिक उत्साही, पर्साबीच ग्लोकल टीन हिरो चयन गरिएको थियो।
सामाजिक कार्यकर्ता घनश्यामले रुकुमबाट बालबालिका र किशोरकिशोरीको अधिकार र भलाइका लागि आठ वर्ष बढी समयदेखि अभियान चलाउँदै आएको आयोजकले बताएका छन्।
राष्ट्रिय किशोरकिशोरी बाल नेटवर्क नेपालका अध्यक्षसमेत रहेका घनश्यामले विभिन्न संघ–संगठनसँग सहकार्य गर्दै यौन र प्रजनन अधिकार, मानसिक स्वास्थ्य, जलवायु न्याय, र अनलाइन सुरक्षाजस्ता महत्त्वपूर्ण मुद्दा सम्बोधनको वकालत गर्दै आएका छन्।
यस वर्षको निर्णायक टोलीमा एस इन्स्टिच्युट अफ म्यानेजमेन्टका डाइरेक्टर आशीष तिवारी, कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर सुश्री चन्द्रिका कालिया, डब्लूडब्लूएफका कन्ट्री डाइरेक्टर डा. घनश्याम गुरुङ, नेपालका लागि युएन वुमनकी प्रतिनिधि सुश्री प्याट्रिसिया फर्नान्डेज पाचेको, गोल्छा गु्रपका डाइरेक्टर श्रीमती सीमा गोल्छा तथा नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जो रहेका थिए।
कार्यक्रमको साझेदारका रूपमा गोल्छा गु्रप, रणनीतिक साझेदार भारतीय दूतावास, युरोपेली संघ, संघीय गणतन्त्र जर्मनीको दूतावास, यूएन वुमेन, पार्ट्नरका रुपमा होन्डा, कोकाकोला, डब्ल्यूडब्ल्यूएफ नेपाल, टोयोटा, केएफसी, पञ्चकन्या गु्रप, नबिल बैंक, डिसहोम गो, एसई इन्स्टिच्युट अफ म्यानेजमेन्टलगायत थिए।
यस्तै, रियल जुस, सोल्टी काठमाडौं, यती एयरलाइन्स, आईएमएस ग्रुपलगायत रहेका थिए।