काठमाडौं । ब्युटी सलुन फेसियल हाउसले आयोजना गरेको ‘कल्चरल थिम मेकअप प्रतिस्पर्धा तथा फेसियल हाउस प्रोफेसनल फेसन शो’को ताज सुजिना श्रेष्ठले जितेकी छन्।
हरितालिका तिज अवसरमा फेसियल हाउसले त्रिपुरेश्वरस्थित बगानभिल्लामा आयोजना गरेको ‘सेलिब्रेसन अफ कल्चर्स एन्ड तिज दर’ कार्यक्रममा भएको प्रतिस्पर्धामा उनले सो ताज जितेकी हुन्।
प्रतिस्पर्धामा फस्ट रनर अप निलु तामाङ र सेकेन्ड रनर अप अर्चना कुमारी यादव भए।
सुनिता मोक्तान, शान्ति विष्ट मल्ल, समिता तामाङ, अञ्जली गौतम, शान्ति पाख्रिन, शिल्पा रोय थारु, अञ्जना श्रेष्ठ, हिरा उपाध्याय, शुभश्री प्रधान, गंगामाया खुट्टे, सुम्निमा तिवारी, जयन्ती गिरी, प्रतिमा खड्का, सुनिता विश्वकर्मा, बीमा माया वाइबा तामाङ, रजिना अधिकारी, निर्मला तामाङ, इर्फान अन्सारी र साधना तामाङले उक्त प्रतिस्पर्धामा सहभागिता जनाएका थिए।
‘फेसियल हाउस एकेडेमी’का ब्युटीसियनको कल्चरल थिम मेकअप प्रतिस्पर्धा तथा फेसियल हाउस प्रोफेसनल फेसन शो प्रस्तुतिका निर्णायकमा अधिवक्ता आकृति रायमाझी, आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनका अध्यक्ष फुपू तेन्जिङ शेर्पा, वरिष्ठ ब्युटीसियन सशी शाह, वरिष्ठ पत्रकार उषा लोहनी र पत्रकार गंगा लामा थिए। प्रतिस्पर्धाको कोरियोग्राफी आरुषा महर्जनले गरेकी थिइन्।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष एवं नेपाल महिला चेम्बर अध्यक्ष उर्मिला श्रेष्ठ, एमाले नेत्री शान्ता चौधरी, डा. राज्यश्री श्रेष्ठ, नेपाल ब्युटीसियन संघकी पूर्वअध्यक्ष भगवती खड्कालगायत सहभागी थिए।
कार्यक्रमलाई कन्टीड्रमा, एमआईकेटीएम, आईआईएफटी, केराफिल, लिजाप, हुन्छ डटकम, मल्टी न्युट्रेशन, नेल आर्ट ग्यालरी, सिजन ड्रमा र टू«–ड्रमाले सपोर्ट गरेका थिए।
काठमाडौं मलको चौथो तलामा प्रमुख कार्यालय हाल विभिन्न स्थानमा शाखा खोलेको छ।