काठमाडौं । यस वर्षको नाडा अटो शोमा यात्रुवाहक बस तथा पिकअप भ्यानले राम्रो उपस्थिति पायो। भदौ ११ बाट सुरु भएको १६औं संस्करणको नाडा अटो शोमा एक दर्जन बढी यात्रुवाहक बस तथा पिकअप भ्यान प्रदर्शनीमा राखिएको थियो। अधिकांश निजी प्रयोजनका लागि मात्रै प्रयोग हुने कारको उपस्थिति रहेको अटो शोमा यात्रुवाहक भ्यानको उपस्थिति पनि बाक्लै देखिन्थ्यो।
गएको मंगलबारबाट सुरु भएको नाडा अटो शो आइतबार समापन भएको छ। काठमाडौंको भृकुटीमण्डपमा चलेको नाडा अटो शोमा गत वर्षभन्दा दोब्बर बढी कमर्सियल गाडीको प्रदर्शनी रह्यो। सिजी, एमएडब्लू वृद्धि, शशिला, त्रिवेणीलगायतले कमर्सियल भेहिकलको रूपमा यात्रुवाहक बस तथा पिकअप भ्यान प्रदर्शनमा राखेका थिए।
यस्ता छन् यस वर्षको नाडा अटो शोमा राखिएका दर्जन भ्यान
किङलङ
सिजी मोटर्सले नाडा अटो शोमा प्रदर्शनीको लागि राखेको किङलङ १९ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकल हो। यसमा ५०.२३ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ।
यसको लम्बाई ५९९८ एमएम, चौडाइ १८८५ एमएम र उचाइ २३१० एमएम छ। यसमा १८० एमएम ग्राउन्ड क्लियरेन्स छ।
किङलङ च्यानमा एबिएस, इबिडी, १५ इन्चको टायर, रिभर्स क्यामेरा, रिभर्स क्यामेरा विथ सेन्सर, एसी जस्ता विशेषता पाउन सकिन्छ भने उक्त गाडीलाई २० प्रतिशत बाट ८० प्रतिशत चार्ज गर्न मात्र ४५ मिनेट लाग्छ।
केवाईसी
सिजी मोटर्सले नाडा अटो शोमा प्रदर्शनीमा राखेको केवाईसी ७ सिटर इलेक्ट्रिक भ्यान हो। यसमा ४१.८६ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ। यसमा ५० किलोवाटको मोटर जडान गरिएको छ। यसमा भएको ४१.८६ किलोवाटको ब्याट्रीले ३०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ।
केवाईसी ७ सिटर भ्यानको लम्बाई ४४९५ एमएम, चौडाइ १६८० एमएम र उचाइ १९९० एमएम छ। यसको ह्वीलवेस २९३० एमएम छ। यस भ्यानमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ। यस भ्यानमा ७ वर्ष र ४ लाख किलोमिटर वारेन्टी दिएको छ।
झोङलोङ
भिजी मोटर्सले नाडा अटो शोलाई मध्यनजर गरी प्रख्यात चिनियाँ विद्युतीय गाडी उत्पादन कम्पनी जोइलोङ नयाँ मोडल भित्र्याएको छ।
यसमा ६०.१ किलोवाट आवरको ब्याट्री छ। यसको रेन्ज ३०० किलोमिटर रहेको कम्पनीले दाबी छ। यसको लम्बाई ५३८० एमएम, चौडाइ १८८० एमएम र उचाइ २२८५ एमएम रहेको छ। यसको ह्वीलवेस ३११० एमएम छ। झोङलेङको १७ सिटर इलेक्ट्रिक भ्यानमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स छ।
सोकोन
प्यासेन्जर सेग्मेन्टमा नेपाल आएको सोकोन नयाँ ब्रान्डको भ्यान हो। एमएडब्लू वृद्धि अटोकर्पले नाडा अटो शोमा नेपाल ल्याएको सोकोन ११ सिटर भ्यान हो। यसमा ४२ किलोवाट आवरको सीएटीएलको लिथियम ब्याट्री दिइएको छ। यसमा भएको ४२ किलोवाटको ब्याट्रीले ३०० किलोमिटर रेन्ज दिन्छ।
सोकोन प्यासेन्जर भ्यानको लम्बाई ४५०० एमएम, चौडाइ १६८० एमएम र उचाइ २००० एमएम रहेको छ। यसमा ३०५० एमएमको ह्वीलवेस दिइएको छ। सोकोन भ्यानको ग्राउन्ड क्लियरेन्स १८८ एमएम छ।
फोटोन
फोटोन गाडीका नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि हो। यस वर्षको नाडा अटो शोमा एमएडब्लू वृद्धिले फोटोनका प्यासेन्जर सेग्मेन्टका १४, १५ र १६ सिटरका भ्यान प्रदर्शनीमा राखेको छ।
यो इलेक्ट्रिक भ्यानमा ५०.२३ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ। जसलाई एक पटक फूल चार्ज गर्दा २३५ किलोमिटर रेन्ज पाउन सकिने दाबी गरिएको छ। यसको पावर ८५ किलोवाट र टर्क २९० एनएम छ। यो भ्यानले युरोपमा गुणस्तरको मापदण्ड पूरा गरेको कम्पनीले जनाएको छ।
यसको लम्बाई ५३२० एमएम, चौडाइ १६९५ एमएम र चौडाइ २२८० एमएम रहेको छ। यसको टप स्पिड १०० किलोमिटर प्रतिघण्टा छ।
हाइगर
हाइगर नाडा अटो शो २०२४ मार्फत नेपाल भित्रिएको नयाँ ब्रान्ड हो। शशिला मोटर्सले नेपाल भित्र्याएको हाइगर १४ र १५ सिटर इलेक्ट्रिक भ्यान हो। कम्पनीले हाइगर एच–५ सीका दुई मोडल नाडा अटो शोमा प्रदर्शनीमा राखेको छ।
हाइगरमा ७०.४७ किलोवाट र ५०.२३ किलोवाट आवरको ब्याट्री अप्सन दिइएको छ। जसलाई एक पटकको फुल चार्जमा ३०० किलोमिटर र २३५ किलोमिटर गुडाउन सकिन्छ। यसको लम्बाई ५३८० एमएम, चौडाइ १८८० एमएम र उचाइ २३३५ एमएम छ। यसको ह्वीलवेस ३११० एमएम छ। यसमा २०० एमएमको ग्राउन्ड क्लियरेन्स छ।
कामा
त्रिवेणी मोटोकर्पले यस वर्षको नाडा अटो शोमा कामा ब्रान्डका माइक्रो भ्यान तथा पिकअप मिनी ट्रक प्रदर्शनीमा राखेको छ। त्रिवेणी मोटोकर्पले नाडा अटो शोमा ईएसपी ११, १४ सिटर र पिकअप मिनी ट्रक प्रदर्शनीमा राखेको छ। ईएसपी १४ सिटर कमर्सियल गाडी ४१.८६ किलोवाट आवरको लिथियम ब्याट्री दिएको छ। यसको लम्बाई ५२६५ एमएम, चौडाइ १७१५ एमएम र उचाइ २०६५ एमएम छ। यसको ह्वीलवेस
३४५० एमएम छ।
त्यस्तै ११ सिटर गाडीमा ४१.८६ किलोवाट आवरको ब्याट्री दिएको छ। यसमा भएको ब्याट्रीले ३०० किलोमिटर रेन्ज दिने कम्पनीले दाबी गरेको छ। त्रिवेणी मोटोकर्पले नाडा अटो शोमा प्रदर्शनीमा राखेको ईभी–२ पिकअप भ्यानमा भएको ४१.८६ किलोवाटको ब्याट्रीले २४० किलोमिटर रेन्ज दिने कम्पनीले दाबी गरेको छ।
स्काईवर्थ
स्काईवर्थ नेपाली बजारमा भित्रिएको नयाँ ब्रान्ड हो। स्काईवर्थ ब्रान्डका कमर्सियल गाडी नाडा अटो शोमा फेर्मी मोटर्सले प्रदर्शनीमा राखेको छ। यसमा ७०.६५ किलोवाट आवरको ब्याट्री र १२० किलोवाटको मोटर जडान गरिएको छ। यसले ३०० किलोमिटर रेन्ज दिने कम्पनीले दाबी छ। स्काईवर्थ १९ सिटर माइक्रो बस हो।
यसको लम्बाई ६०४० एमएम, चौडाइ २०२० एमएम र उचाइ २७०० एमएम रहेको छ। यसमा ३६६५ एमएमको ह्वीलवेस दिएको छ।
हेल्मार्व
यस वर्षको नाडा अटो शो २०२४ मा नेपाल मोटर्स कम्पनीले हेल्मार्वको इलेक्ट्रिक माइक्रो बस प्रदर्शनीमा राखेको छ। यो नेपाल भित्रिएको १४,१६ सिटरको नयाँ ब्रान्डको गाडी हो। यसमा ५०.२३ र ५३.५८ किलोवाट आवरको सीएटीएलको ब्याट्री दिइएको छ।
डोङफेङ
नेपालमा डोङफेङको भ्यान त्रिवेणी ग्रुप अन्तर्गतको त्रिवेणी मोटोर्पले नाडा अटो शोमा प्रदर्शनीमा राखेको छ। कम्पनीले भित्र्याएको डोङफेङ ११ सिट क्षमताको भ्यानमा ५० किलोवाट क्षमताको मोटर तथा ४२ किलोवाट आवरको ब्याट्री प्याक छ। यसलाई एक पटक फुल चार्ज गरेर ३०० किलोमिटरसम्म चलाउन सकिने कम्पनीले जनाएको छ।
त्यस्तै, १४ सिट क्षमताको भ्यानमा ८० किलोवाट क्षमताको मोटरका साथै, ५०.२३ किलोवाट आवरको ब्याट्री उपलब्ध रहेको कम्पनीले जनाएको छ। यसलाई पनि एक पटक फुल चार्ज गरेर ३०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको भनाइ छ। डोङफेङका भ्यानमा चर्चित ब्याट्री निर्माता कम्पनी सीएटीएइलका ब्याट्री प्रयोग गरिएको छ।
गोनाउ
गोनाउ नेपाल भित्रिएको नयाँ ब्रान्डको कमर्सियल गाडी हो। गोनाउको नेपालका लागि आधिकारिक वितरक इको अटो ट्रेडिङ प्रालिले नाडा अटो शोमा गोनाउनका मोडल प्रदर्शनीमा राखेको छ।
गोनाउका १६ र १९ सिटर कमर्सियल गाडीमा ५० किलोवाट र ८६ किलोवाट आवरका ब्याट्री प्याक दिएको छ। यसमा १२० किलोवाट आवरको मोटर जडान गरिएको छ। त्यस्तै, गोनाउका ११ र १४ सिटर गाडीमा ४१.९३ र ५३.५८ किलोवाट आवरको ब्याट्री प्याक दिएको छ। यसमा ६० किलोवाटको मोटर जडान गरिएको कम्पनीले जनाएको छ।
एसआरएम
चिनियाँ विद्युतीय ब्रान्ड एसआरएमको भ्यान नाडा अटो शोमा प्रदर्शनीमा राखिएको छ। भिजी मोटर्सले नेपाल ल्याएको एसआरएमको ५ वटा मोडलमा टी–३ पिक अप र २ सिटर कार्गोले सामान ढुवानी दिने भ्यान तथा ५ सिटर र ११ सिटर भ्यान छ।
यो माइक्रो भ्यानमा सिएटीएलको ४१.८६ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री प्याक छ। यसलाई सिंगल चार्जमा ३०० किलोमिटर गुडाउन सकिने कम्पनीले दाबी छ।
भिजी मोटर्सले नाडा अटो शोमा सार्वजनिक गरेको एसआरएम टी –३ पिकअपको मूल्य ३६ लाख रुपैयाँ रहेको छ। यसमा ४२ किलोवाट आवरको लिथियम फस्फेट ब्याट्री दिएको छ। एसआरएम २ सिटर कार्गोको मूल्य ३८ लाख रुपैयाँ रहेको छ। यसमा समान ४२ किलोवाट आवरको ब्याट्री छ। एसआरएम ५ सिटर कार्गोको मूल्य ४० लाख रुपैयाँ छ। यसमा पनि ४२ किलोवाट आवरको ब्याट्री छ।
यस्तै, एसआरएम–३२ म्याजिकको मूल्य ३५ लाख रुपैयाँ तोकेको छ। यसमा ३२ किलोवाट आवरको ब्याट्री छ। एसआरएम–४२ रेगुलरको मूल्य ४५ लाख ५० हजार रुपैयाँ तोकेको छ। यसमा ४२ किलोवाट आवरको ब्याट्री दिएको छ।