काठमाडौं। नेपालमा टीभीएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले एनटर्क डिस्क बीएस सिक्स एफआई स्कुटर सार्वजनिक गरेको छ। भृकुटीमण्डपमा चलिरहेको नाडा अटो शोमा मिस युनिभर्सका शीर्ष २२ प्रतियोगीद्वारा उक्त एनटर्कको नयाँ भेरियन्ट सार्वजनिक गरिएको हो।
एनटर्क डिस्क बिएस सिक्स एफआईमा रहेको अत्याधुनिक प्रविधि र आरटिएफआई बीएस सिक्स प्रणालीले उत्कृष्ट माइलेज दिने कम्पनीले जनाएको छ।
यस भेरियन्टमा रहेको स्मार्ट एक्स कनेक्टअन्तर्गत कलर आइडी, नेभिगेसन असिस्ट, ब्लुटुथ र एसएमएस अलर्ट उपलब्ध छन्। ब्रेक लक, स्ट्यान्ड सेन्सर, लास्ट पार्क लोकेसन र इमर्जेन्सी लाइटजस्ता सुविधा पनि यस भेरियन्टमा उपलब्ध छन्।
एनटर्क डिस्क बीएस सिक्स एफआईको नेपाली बजार मूल्य २,७९,९०० रुपैयाँ पर्छ। अन्य ब्रान्डका ११० सिसीको मूल्य बराबर रहेको एनटर्क १२५ सिसीको यो भरियन्ट धेरै फिचरसहित नेपाली बजारमा बिक्री सुरु गरिएको कम्पनीले बताएको छ।
टीभीएसको लाइफटाइम वारेन्टी सुविधा, स्पेयर पार्टस्को १ घन्टा भित्र डेलिभरीको सुविधा र नेपालकै पहिलो स्पोर्टी स्मार्ट स्कुटर भएकाले यो ब्रान्डको बजारमा आफ्नो स्थान थप बलियो रहेको कम्पनीको दाबी छ।
एनटर्क डिस्क बीएस सिक्स एफआईमा रहेका फिचरले राइडरलाई विशेष अनुभव दिनेछ। नयाँ भेरियन्टमा उन्नत इन्जिनियरिङ, उत्कृष्ट पर्फर्मेन्स र स्टाइलिस डिजाइनले साहसी युवा राइडरलाई स्वाभाविक रुपमा आकर्षित गर्नेछ।
नेपालभरका सबै आधिकारिक टीभीएस डिलर तथा नाडा अटो शोमा पनि एनटर्क डिस्क बीएस सिक्स एफआई उपलब्ध रहेको कम्पनीले जनाएको छ।