काठमाडौं। नेपालमा वुलिङ गाडीको अधिकृत बिक्रेता पारामाउन्ट मोटर्सले वुलिङ बिंगो ईभी इलेक्ट्रिक ह्याचब्याकमा विशेष अफर सार्वजनिक गरेको छ।
नाडा दसैं अवसरमा वुलिङ बिंगो ईभी आकर्षक दरमा उपलब्ध गराइएको कम्पनीले बताएको छ। यो ईभी नाडा शोमा खरिद गर्दा २९ लाख ९९ हजार रुपैयाँमा पाउन सकिनेछ।
गाडीको मजबुत चेसिस र १५ स्टिलका चक्कासँग १८५/६० आर१५ टायरले यसलाई कुनै पनि सतहमा स्थिर र सहज यात्रा सुनिश्चित गर्ने कम्पनीको दाबी छ।
अगाडि र पछाडि दुवै चक्कामा डिस्क ब्रेकले यात्रुको सुरक्षा निश्चित गर्छ। यो प्रिमियम ह्याचब्याक उच्च प्रदर्शन लिथियम फेरो–फास्फेट ब्याट्रीसँग सुसज्जित छ र आईपी ६७ मानकको छ, जसले एक पटकको चार्जमा ३३३ किमिसम्मको दायरा उपलब्ध गराउँछ।
यसको ५० केडब्ल्यु ड्राइभ मोटरले १२० किमि/घन्टासम्मको अधिकतम गति दिन्छ। बिंगो ईभीले डुअल फ्रन्ट एयरब्याग, एबिएस एवं इबिडी इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र अन्य सुरक्षाका उपाय जस्तै पार्किङ र रियर क्यामेरा, आइएसओ एफआइएक्स र टायर प्रेसर मनिटरिङ सिस्टमलाई प्राथमिकता दिने कम्पनीले जनाएको छ।
‘ग्राहकलाई विशेष नाडा दसैंसहितको अफर ल्याएका हौं’, पारामाउन्ट मोटर्सका प्रवक्ताले भने, ‘वुलिङ बिंगो ईभी इलेक्ट्रिक मोबिलिटीको भविष्यलाई प्रतिनिधित्व गर्दछ। यसमा शीर्ष स्तरीय सुरक्षा सुविधा र नवीनतम प्रविधि छ। सबैलाई सीमित समयको प्रस्तावको फाइदा लिन र पर्वको मौसमलाई गाडीको साथ मनाउन आमन्त्रण गर्छौं।’