काठमाडौं । नेपालका लागि ट्रायम्फ मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलास चन्द एन्ड कम्पनीले ट्रायम्फ मोटरसाइकलका दुई मोडल बजारमा सार्वजनिक गरेको छ। कम्पनीले नाडा अटो शो २०२४ मा ट्रायम्फका दुई मोटरसाइकल सार्वजनिक गरेको हो।
कम्पनीका अनुसार ट्रायम्फ स्पिड ४०० एक्स र ४०० स्क्रयाम्बलर दुवै मोडलको बुकिङ खुला गरिएको छ।
कम्पनीले ट्रायम्फ स्पिड ४०० ६ लाख ३९ हजार ९०० र स्क्रयाम्बलरको मूल्य ६ लाख ८९ हजार ९०० रुपैयाँ तोकेर बुकिङ खुलाएको हो।
ट्रायम्फ ४०० सिरिजमा ३९८ सीसी क्षमताको लिक्वीड कुल्ड, फोर भल्भ, सिंगल सिलिन्डर इन्जिन छ। यो इन्जिनले ४० हर्षपावर तथा ३७.५ एनएम टर्क जेनेरेट गर्छ।
स्क्रयाम्बलर ४०० मा ४३ मिलिमिटरको पिस्टन फोकर्स, एड्जस्टेबल रियर मोनोसक र अफरोड कन्ट्रोलका लागि डेडिकेटेड स्क्र्याम्बलर एर्गोनोमिक्ससहितको प्रिमियम सस्पेन्सन समावेश छ। दुवै मोटरसाइकलमा ६ स्पिड गियरबक्स जडान गरिएको छ।
बाइकमा ट्रयाक्सन कन्ट्रोल, स्लिपर क्लच, राइड वाई वायरजस्ता अत्याधुनिक फिचर छन्। त्यसैगरी ड्युल च्यानल एबीएस, मोनोसक सस्पेन्सन, सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, यूएसबी टाइप सी चार्जिङ पोर्ट, एलइडी लाइट्स, हिटेड ग्रीप, गोल्ड यूएसडी फर्क र अलोय ह्वीललगायत फिचर यी दुई मोटरसाइकलमा छन्।