काठमाडौं । सिजी मोटर्सले नाडा अटो शोमा विभिन्न नयाँ पुराना ब्राण्ड गरी ८ वटा स्टल प्रदर्शनमा राखेको छ। नाडा अटो शोको पहिलो दिनमा सिजी मोटर्सले २७ वटा बुकिङ पाएको हो।
सिजी मोटर्सले नेपाली बजारमा नाडा अटो शोमार्फत सार्वजनिक गरेको अवतार–११ पहिलो दिनमा ३ वटा, रिडारा आरडी–६ ५ वटा र एक्सपेङ ६ वटा बुकिङ भएको कम्पनीले जनाएको छ।
नेपाली बजारमा लोकप्रिय नेटा भी पनि ६ वटा र नेटा एक्स मोडल पहिलो दिनमा ७ वटा बुकिङ भएको कम्पनीको दाबी छ।
८ वटा स्टल रहेको सिजी मोटर्सले सबै ब्रान्ड गरी पहिलो दिनमा २७ वटा बुकिङ प्राप्त गरेको छ। नाडा अटो शो अन्त्यसम्म आफ्ना विभिन्न ८ वटा ब्राण्डमार्फत २ सय बढी बुकिङ प्राप्त हुने अनुमान कम्पनीले गरेको छ।
अवतार विश्वप्रसिद्ध सवारी साधन उत्पादक कम्पनी चांगन टेक्नोलोजीमा अग्रणी कम्पनी हुवाई र उत्कृष्ट ब्याट्री उत्पादक कम्पनी सीएलटीएलको साझेदारीमा उत्पादन भएको ब्राण्ड हो। अवतार–११ प्रिमियम सेग्मेन्टमा पर्ने लक्जरियस र फ्युचुरिस्टिक एसयूभी हो। यो गाडीले एकपटकको फुल चार्जमा ६८० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ।
अवतार–११ मा १९० किलोवाट आवरको मोटर जडान गरिएको छ। यसमा ९० किलोवाट र ११६ किलोवाट आवरको ब्याट्री अप्सनमा नेपाली बजारमा २ भेरियन्टमा उपलब्ध हुनेछ। अवतार नाडा अटो शोको स्टल नम्बर एच १३ मा राखिएको छ।
नाडा अटो शोको स्टल नम्बर जी १२ मा एक्सपेङ जी–६ राखिएको छ। जी–६ मोडल प्रिमियम सेग्मेन्टमा पर्छ। यो गाडीले एक पटकको फुल चार्जमा ४३५ किलोमिटर रेन्ज दिने कम्पनीले दाबी गरेको छ। यसमा १९० किलोवाट आवरको मोटर र ६६ किलोवाट आवरको ब्याट्री दिइएको छ। एक्सपेङ जी–६ ले २१५ किलोवाटसम्मको डिसी फास्ट चार्ज सपोर्ट गर्छ। यो गाडी १० देखि ८० प्रतिशत चार्ज हुन २० मिनेट मात्र लाग्नेछ।
नयाँ ब्राण्ड रिडारा नाडा अटो शोको स्टल नम्बर ए ९ मा राखिएको छ। यसमा ६३ किलोवाट आवरको ब्याट्री र २०० किलोवाटको मोटर जडान गरिएको छ। यसले ३७७ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ।
त्यसैगरी, सिजी मोटर्सले नेटा एक्स स्टल नम्बर ए ३ मा राखेको छ। यस गाडीले ५०० किलोमिटर रेन्ज दिने कम्पनीले दाबी गरेको छ। नेटा एक्समा ८ वर्ष १ लाख ८० हजार किलोमिटरसम्मको ब्याट्री र मोटर वारेन्टी सुविधा छ।