काठमाडौं । यामाहा नेपालले काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा मंगलबारदेखि सुरु भएको नाडा अटो शो २०२४ को उद्घाटन अवसरमा नयाँ एडभेन्चर बाइक यामाहा डब्लुआर १५५ आरका साथै एमटी–१५ भर्सन २ अनावरण गरेको छ।
नयाँ बाइक अनावरण उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेको कम्पनीले जनाएको छ।
कम्पनीले अटो मेलामा यामाहा स्टल नम्बर एमएम १५ मा ण्एरोक्स, यामाहा एफ जेड एस डिलक्स बाइक प्रदर्शनी तथा बिक्रीमा राखेको छ।
यामाहा डब्लुआर १५५ आर अफ–रोड एडभेन्चर सेगमेन्टमा गेम चेन्जर बाइक हो। १५५ सिसी लिक्विड कुल्ड इन्जिनको बाइकले १६.५ बीएचपी र १४.३ एनएम टर्क दिन्छ भने जुनसुकै भूभागमा यात्रा गर्न एजिलिटीसँग शक्तिको संयोजन गर्ने दाबी कम्पनीको छ।
डब्लूआर १५५ आरमा हल्का तौलको फ्रेम, एडजस्टेबल सस्पेन्सन, डुअल–च्यानल एबीएस र आधुनिक डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर समावेश रहेकाले सहरी राइडर र अफ–रोड एडभेन्चर दुवैका लागि उपयुक्त हुने कम्पनीको भनाइ छ। साहसिक र दक्ष नेपाली बाइकिङ उत्साहीलाई नेपालको पहाडी भूभाग र अन्य कुनै पनि चुनौतीमा पूर्ण नियन्त्रण र सुरक्षा दिने यामाहा डब्लूआर १५५ आर एडभेन्चर बाइक सेग्मेन्टमा अन्य सबै प्रतिस्पर्धीभन्दा धेरै अगाडि रहेको कम्पनीले बताएको छ।
कम्पनीले डिस्प्लेमा राखिएको भर्खरै लन्च भएको यामाहा एमटी–१५ भर्सन २ को आक्रामक स्टाइल, नयाँ सुविधाक र रोमाञ्चक पर्फर्मेन्स रहेकाले ग्राहक रोजाइमा पर्ने विश्वास व्यक्त गरेको छ।
एमटी–१५ भर्सन २ मा अपसाइड डाउन फ्रन्ट फोर्क, हल्का एल्युमिनियम स्विङ आर्म र फरक आरपीएममा उत्कृष्ट शक्ति वितरणका लागि भेरियबल भल्भ एक्टुएसन समावेश छन्। यो बाइकमा ट्रयाक्सन कन्ट्रोल सिस्टम, सुरक्षित ब्रेकिङका लागि डुअल च्यानल एबिएस र वाई–कनेक्ट फिचर समावेश रहेकाले चालकलाई स्मार्टफोनमार्फत बाइकसँग जोडिान सक्षम बनाउने कम्पनीको भनाइ छ।
कम्पनीले यो बाइक बुकिङ गर्नेलाई ६००० विशेष छुटका साथै चाँदी सिक्का र विशेष यामाहा मर्चेन्डाइजबाट पुरस्कृत गरेको छ। नेपालमा यामाहा बाइकको आधिकारिक बिक्रेता एमएडब्लू ग्रुप हो।