काठमाडौं। सहकारीको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समिति आरोप लागेका र सरोकारवालासँग बयान सकिएसँगै अन्तिम प्रतिवेदनमा लेखनमा जुटेकाे छ।
जेठ १५ मा एमाले नेता सूर्य थापा संयोजकत्वको सात सदस्यीय समितिले सहकारीकाे रकम दुरुपयोग आरोप लागेकाहरूसँग बयान र अन्य सराेकारवालासँग सकाएसँगै प्रतिवेदन लेखनमा जुटेकाे हाे। यद्यपि, समितिले भदौ २२ देखि मात्रै काम थालेको थियो।
बुधबार बोलाइएको समिति बैठकले प्रतिवेदन लेखनको काम सुरू गर्ने संयोजक थापाले बताए। थापा समितिलाई तीन महिने म्याद दिइए पनि अपुग भएकाले समय थप्नुपर्ने अवस्था सिर्जना भएकाे छ।
समितिले कार्यारम्भ गरेसँगै गाेरखा मिडिया नेटवर्कमा सूर्यदर्शनलगायत सहकारीबाट रकम लगिएकाे विषयमा पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, रास्वपा सह–महामन्त्री विपिन आचार्य, पूर्वउपराष्ट्पति नन्दबहादुर पुनका छाेरा दिपेशसहित ३ दर्जन बढी आराेपीसँग बयान लिएकाे थियाे।
थापा संयोजकत्वको समितिमा कांग्रेसबाट दिलेन्द्र बडु र ईश्वरीदेवी न्यौपाने, एमालेका सरिता भुसाल, नेकपा (माओवादी केन्द्रका लेखनाथ दाहाल, रास्वपाका शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन्। पहिले सदस्य रहेका बद्री पाण्डे मन्त्री भएपछि दिलेन्द्र बडुलाई समितिमा ल्याइएको हो।
समितिलाई सहकारी संस्थामा देखिएको संकट, दुरुपयोग भएको बचत रकम फिर्ता गर्न सकिने उपाय, सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्कलगायत अन्य कम्पनी वा संस्थामा रकम प्रवाह भए/नभएकोलगायत छानबिन गरेर प्रतिवेदन लेख्ने जिम्मेवारी दिइएको छ।