काठमाडौं । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको अधिवेशनबाट टंकप्रसाद पोखरेल दोस्रो कार्यकालका लागि चयन भएका छन्। प्रदेशको दोस्रो अधिवेशनबाट पोखरेलको अध्यक्षतामा नया“ कार्यसमिति चयन भएको हो।
लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको वरिष्ठ उपाध्यक्षमा श्रीधर महरा, जिल्ला नगरतर्फ उपाध्यक्षमा जेपी कँडेल, वस्तुगततर्फको उपाध्यक्षमा चन्द्रप्रकाश श्रेष्ठ एवं एसोसिएटतर्फको उपाध्यक्षमा लोकहरि श्रेष्ठ सर्वसम्मत चयन भएका छन्।
यसैगरी महासचिवमा शिव ज्ञवाली, सचिवमा अजय न्यौपाने एवं कोषाध्यक्षमा खिमबहादुर खत्री चयन भएको नेपाल चेम्बर अफ कमर्सको विज्ञप्तिमा उल्लेख छ।
लुम्बिनी प्रदेश चेम्बर सदस्यमा युवराज न्यौपाने, जयप्रकाश गुप्ता, कमला पराजुली, सुकदेव बेल्वासे, तेजबहादुर बुढा, नुरुद्दिन साह, मञ्जु भुसाल, यज्ञश्वर श्रेष्ठ, शिल्पा उप्रेती, अशोक श्रेष्ठ, गणेशप्रसाद पोख्रेल, कोषबहादुर गुरुङ र शंकर गौतम चयन भएका छन्।
दोस्रो महाधिवेशनले आगामी ३ वर्षका लागि सर्वसम्मत कार्यसमिति चयन गरेको चेम्बरले जनाएको छ।
प्रदेश अधिवेशन उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि क्षेत्रको विकास नभएसम्म आर्थिक समृद्धि हासिल गर्न नसकिने बताए। कृषिको आधुनिकीकरण एवं युवालाई कृषि पेसामा आकर्षित गर्न राज्यले लगानी गर्नुपर्ने आचार्यको धारणा छ।
मुलुकमा कृषि र पर्यटन क्षेत्रमार्फत आर्थिक उन्नति हासिल गर्न सकिने मुख्यमन्त्री आचार्यले बताए।
कार्यक्रममा चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले स्थानीय कृषि उपजको बजारीकरण गर्नुपर्नेमा जोड दिए। आर्थिक विकास र समृद्धिका लागि नीतिगत स्थिरता हुनुपर्ने अध्यक्ष अग्रवालले बताए।