काठमाडौं। मंगलबारबाट सुरु भएको नाडा अटो शोमा एमएडब्लू वृद्धि अटोकर्पले भित्र्याएको नामीमा अवलोकनकर्ताको उच्च आकर्षण देखिएको छ।
तीन भेरियन्टमा उपलब्ध नामीमा ग्राहक आकर्षण देखिएको हो। कम्पनीले नामी ब्रान्डको गाडी २९ लाख रुपैयाँदेखि बिक्री सुरु गर्ने जनाएको छ।
नामी कार विभिन्न तीन भेरियन्टमा उपलब्ध छ। यसमध्ये कम्पनीले ई–वान भेरियन्टको मूल्य २९ लाख ९९ हजार, ई–टु भेरियन्टको ३१ लाख ९९ हजार र ई–थ्री भेरियन्टको ३४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
त्यसमध्ये ई–वान र ई–टु भेरियन्टमा ३१.४ किलोवाट आवरको ब्याट्री दिइएको छ। यसमा मोटर भने ७० किलोवाटको पाउन सकिन्छ। सानो ब्याट्रीको डब्लूएलटीपी रेन्ज २३७ किलोमिटर रहेको छ।
टप भेरियन्ट ई–थ्रीमा भने ४२.३ किलोवाट आवरको ब्याट्री छ। मोटर भने समान ७० किलोवाटकै पाउन सकिन्छ। ठूलो ब्याट्रीको रेन्ज भने ३१७ किलोमिटर डब्लूएलटीपीले प्रमाणित गरेको छ।
चाइनिज एनक्यापमा ५ स्टार सेफ्टी रेटिङ पाएको नामीमा दुई एयरब्याग दिइएको छ। यसमा स्लिक डिजाइन, फ्लस ह्यान्डल बार, फ्रेमलेस डोर, सबै एलइडी लाइट, ड्युल टोन बडी कलर उपलब्ध कारमा लग्जरी क्याबिन पाउन सकिन्छ। मेमोरीसहितको वेलकम सिट, लेदर र्याप स्टेरिङ ह्वील, १२.८ इन्चको एचडी स्क्रिन, वायरलेस चार्जरजस्ता फिचर यसमा पाउन सकिन्छ।
यसमा दिइएको भेहिकल स्टेविलिटी एसिस्टेन्ससँग इबीडीसहितको एबीएस, हिल स्टार्ट एसिस्ट, इलेक्ट्रोनिक्स स्टेबिलिटी कन्ट्रोल, ब्रेक एसिस्ट, ट्रयाक्सन कन्ट्रोल र एडास फिचर उपलब्ध छ।
पाँच इन्चको इन्फर्मेसन डिस्प्ले, ३२ कलरमा एम्बियन्ट लाइट उपलब्ध कारमा ३६० डिग्री क्यामेरा दिइएको छ। यसमा नर्मल, इको र स्पोर्टस् गरी तीन ड्राइभिङ मोड पाउन सकिन्छ।