काठमाडौं । २०२३ को नाडा अटो शोमा चिनियाँ विद्युतीय ब्रान्ड बिवाईडीको डल्फिनले निकै चर्चा कमाएको थियो। अटो शोभन्दा केही समय अगाडी नेपाली बजारमा भित्रिएको भए पनि डल्फिनले अटो शोबाट उच्च चर्चा बटुल्न सफल भएको थियो। डल्फिनले गत एक वर्षको अवधिमा नेपाली बजारमा राम्रै चर्चा पायो।
यस वर्षको नाडा अटो शोमा बिवाईडीको सी–लायन०७ सार्वजनिक हुँदैछ। नेपालका लागि बिवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले मंगलबारबाट सुरु हुने नाडा अटो शोमा सी–लायन०७ राख्ने निश्चित गरिसकेको छ।
वितरकले सार्वजनिक गरेका पूरा भेरियन्ट जस्तै नयाँले पनि चर्चा कमाउने दाबी गरेको छ। सी–लायन०७ को अस्ट्रेलियन सडकमा परीक्षण भइरहेको छ। नेपालमा यसको प्रतिस्पर्धि डिपल एस–०७ हो।
बिवाईडीको सी–लायन०७ ५ डोर र ५ सिटर यसयूभी हो। यस ईभीमा सिंगल रियर ह्विल ड्राइभमा १७० र २३० किलोवाटको मोटर अप्सन दिएको छ भने अलह्विल ड्राइभमा भने ३९० किलोवाटको मोटर छ।
गाडीमा ७१.८ किलोवाट आवर र ८०.६४ किलोवाट आवरको ब्याट्री दिइएको छ। यस गाडीले एक पटकको फुल चार्जमा ५५० देखि ६१० किलोमिटरसम्म रेन्ज दिन्छ सीएलटीसीले प्रमाणित गरेको छ।
सी–लायन ०७ ईभीको लम्बाई ४८३० एमएम, चौडाई १९२५ एमएम, उचाई १६२० एमएम छ। यसको ह्विलवेस २९३० एमएम छ। यसमा बिवाईडीको नयाँ डीसुस सी इन्टेलीजेन्ट ड्याम्पीङ बडी कन्ट्रोल सिस्टम, रोडको कन्डिसन बुझ्ने एडाप्टिभ सस्पेन्सन छ।
बिवाईडीको पहिलो डीपाइलट १०० (गड्स आई) एड्भान्स ड्राइभर असिस्ट सिस्टमको साथ आएको सी–लायन०७ मा १२ वटा अल्ट्रा सोनिक सेन्सर, ५ एमएम वेभ राडार दिइएको छ। यसको इन्टेरियरमा १२८ कलरको एम्बीयन्ट लाइटसहितको प्रिमिमय क्याविन पाउन सकिन्छ। यसमा मसाज फङ्सन सहितको भेन्टीलेटेड सिट, नयाँ डिजाइनको फोर स्पोक फ्ल्याट बटम स्टेरिङ ह्विल, १५.६ इन्चको रोटरी इन्फोटेन्मेन्ट स्क्रिन, ३६० डिग्री क्यामेरा जस्ता फिचरहरु पाउन सकिन्छ।
त्यसैगरी, भ्वाइस कन्ट्रोल, कृष्टल गियर सेलेक्टर, ल्यापटपका लागि २२० भोल्टको पावर सप्लाइ, एनएफसी कीलेस इन्ट्री, १२ वटा स्पीकर, ६ वटा एयरब्याग ५० वाटको वायरलेस चार्जर, ५० इन्चको एआर एचयूडी, इलेक्ट्रोक्रोमिक मुनरुफ, नापा लेदर सिट दिइएको छ।
हाल बिवाईडीका ई-६, एम-३, एटो-३, डल्फिन, सिल र सी-लायन०७ मोडल नेपाली बजारमा उपलब्ध छन्।