काठमाडौं । ब्युटी सलुन फेसियल हाउसले चितवनमा पनि आफ्नो एकेडेमी सेवा सञ्चालनमा ल्याएको छ।
ब्युटी पार्लरसम्बन्धी विभिन्न तालिम लिन चाहने चितवनका महिला तथा पुरुषलाई समेत लक्षित गरी ‘फेसियल हाउस ब्युटी एकेडेमी’ सञ्चालनमा ल्याइएको वरिष्ठ सौन्दर्यविद् एवं फेसियल हाउस प्रबन्ध निर्देशक सुष्मा महराले जानकारी दिइन्।
उनका अनुसार चितवको भरतपुरस्थित सीजी ल्यान्डमार्कमा ब्युटी एकेडेमी सञ्जालनमा ल्याइएको हो। ब्युटी एकेडेमी उच्चस्तरीय प्रविधिमा आधारित रहेको उनको भनाइ छ। यो ब्युटी एकेडेमीले बेसिकदेखि डिप्लोमा र मास्टर्स लेभलका कोर्ष अध्यापन गराउँछ । साथै, वैदेशिक रोजगारीका लागि विदेश जान चाहनेका लागि स्पेसल कोर्ष व्यवस्था गरिएको महराले जानकारी दिइन्।
फेसियल हाउसले गत वैशाखमा आफ्नो सातौं शाखा भरतपुरमा सञ्चालनमा ल्याएको थियो। शाखा सञ्चालनसँगै सौन्दर्यकला पढ्न सिक्न चाहानेहरूको अनुरोधमै एकेडेमी सञ्चालनमा ल्याइएको हो।
एकेडेमी सञ्चालन अवसरमा ६ महिने कोर्ष सिक्न चाहानेहरूलाई सम्पूर्ण खर्चमा ५० प्रतिशत छुट दिइनेछ।
एकेडेमीमा कम्तीमा ६ प्रशिक्षार्थी भएपछि र प्रशिक्षार्थीहरुको समयअनुसार कक्षा सञ्चालन गरिनेछ भने प्रतिसमूह दैनिक दुई घण्टा कक्षा सञ्चालन हुने प्रबन्ध निर्देशक महराले बताइन्।
फेसियल हाउसको भरतपुर शाखामा एकै पटक १५ बढी सेवाग्राहीले सेवा लिन सक्नेछन्। फेसियल हाउसले ब्युटी तालिमका साथै हेयर, फेससम्बन्धी समस्या, मेकअप, माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सनलगायत थुपै सेवा दिँदै आएको छ।
काठमाडौं मलको चौथो तलामा मुख्य कार्यालय रहेको फेसियल हाउसले चावहिल, पोखरा, सुर्खेत, धनगढी र चितवनमा शाखासहित सेवा विस्तार गरेको छ।