काठमाडौं । मंगलबारदेखि सुरु हुने नाडा अटो शो २०२४ मा २४ चारपांग्रे ब्रान्ड सहभागी हुँदै छन्। अटो शोमा सहभागी हुनेमध्ये ९ चारपांग्रे नयाँ ब्रान्ड र अन्य पुरानै ब्रान्डका नयाँ मोडलका गाडी प्रदर्शनीमा राखिने भएको हो।
नाडा अटो शोका लागि भृकुटीमण्डपमा स्टल निर्माण सम्पन्न भइसकेको छ। नेपाली अटोमोबाइल्स उद्योगलाई प्रोत्साहित गर्ने उद्देश्यले आयोजित हुने नाडा अटो शो भदौ ११ देखि १६ सम्म हुनेछ।
यस वर्षको नाडा अटो शोमा विद्युतीय सवारीसाधन (ईभी)को वर्चस्व देख्न सकिनेछ। अटो व्यवसायीले नाडा अटो शोका लागि अवतार ११, जेक्को जे सिक्स, राडार, बीएडब्लु ब्रम्बी ह्याचब्याग, काई, एक्सपेङ, लिपमोटर, डङफेङ, जिकर एक्स जस्ता नयाँ ब्रान्ड भित्र्याएका छन्।
त्यस्तै, पहिल्यै नेपाल भित्रिसकेका जीएजी आयोन, आमोडा, बिवाइडी, सुजुकि, महिन्द्रा, हुन्डाई, टाटा, सेरेस, डिपल, एमजी, भोल्ट्स, स्काईवेल, सिट्रोन, किया, होजोनलगायत ब्रान्डका नयाँ मोडलका गाडी नाडा अटो शोमा देख्न पाइनेछ।
नाडा अटो शोमा राखिएका यिनै ब्रान्डबाट आगामी केही समय नेपाली बजारमा लोकप्रियता कमाउने सवारीसाधनको लगभग टुंगो लाग्नेछ। गत वर्षको नाडा अटो शोमा रुचाइएका र लोकप्रियता कमाएका ब्रान्डले नै यो एक वर्ष बढी लोकप्रिय भएको देखिन्छ। यसर्थ, नाडा अटो शोबाटै बढीभन्दा बढी ग्राहकलाई आकर्षण गर्ने प्रयत्न अटो व्यवसायीबीच हुनेछ।
भृकुटीमण्डप अटो शोमा सहभागी हुनेमध्ये ९ चारपांग्रे नयाँ ब्रान्ड र अन्य पुरानै ब्रान्डका नयाँ मोडलका गाडी प्रदर्शनीमा राखिने भएको हो।
९५ प्रदर्शकले १३० स्टलमा आफ्ना उत्पादन तथा सेवा प्रदर्शन गर्नेछन्। २४ चारपांग्रे ब्रान्ड सहभागी हुने अटो शोमा १९ दुईपांग्रे, १२ हल्का व्यावसायिक सवारीसाधनका ब्रान्ड प्रदर्शन हुनेछन् भने ३ कम्पनीले लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्ट प्रदर्शन गर्नेछन्।
७ वित्तीय संस्थाले अनुकूल वित्तीय समाधान दिने शो ७५ हजारले अवलोकन गर्ने अनुमान भएकाले पनि अटो ब्रान्डबीच रोचक प्रतिस्पर्धा हुन निश्चित छ।
नाडा अटो शोमा सहभागी हुने चारपांग्रे ब्रान्ड
अवतार–११
यस वर्षको नाडा अटो शोमा अवतार–११ नयाँ ब्रान्डको प्रिमियम गाडी पनि देख्न पाइनेन। नेपालमा अवतार–११ दुई व्यवसायीक घराना सिजी मोटर्स र एमएडब्लू वृद्धि अटोकर्प मिलेर ल्याएका हुन्। अवतार–११ नाडा अटो शो २०२४ को लागि नै ल्याएको नयाँ ब्रान्ड हो।
जेक्को जे सिक्स
नाडा अटो शो २०२४ का लागि नेपाल आएको जेको जे सिक्क नयाँ ब्रान्ड हो। चेरीको सब–ब्रान्ड जेको जे सिक्स नाडा अटो शोमा एसपीजी अटोमोबाइल्सले आमोडाको स्टलमा राख्ने तयारी गरेको छ।
राडार आरडी सिक्स
राडार नाडा अटो शोमा सहभागि हुने अर्को नयाँ ब्रान्ड हो। नेपालको लागि राडार आरडी सिक्सको आधिकारिक वितरक सिजी मोटर्सले नयाँ ब्रान्ड राडार आरडी सिक्स नाडा अटो शोमा प्रदर्शनी गर्ने छ।
बीएडब्लू
बीएडब्लू नाडा अटो शोमा सहभागी जनाउने नयाँ ब्रान्ड हो। बीएडब्लुको नेपालका लागि आधिकारिक वितरक एलआरआर ग्रुपले चिनियाँ ब्रान्ड बीएडब्लुको ब्रम्बी ह्याचब्याग कार प्रदर्शनी गर्ने जनाएको छ।
एक्सपेङ
एक्सपेङ नाडा अटो शोमा सहभागी हुने नयाँ ब्रान्ड हो। नेपालको लागि एक्सपेङको आधिकारिक वितरक सिजी मोटर्सले एक्सपेङ नेपाल भित्र्याएको हो।
जिकर एक्स
जिकर नाडा अटो शोमा सहभागी हुने नयाँ ब्रान्ड हो। नेपालमा जिकर एक्स शारडा ग्रुपअन्तर्गतको पायोनियर मोटोकर्पले नाडा अटो शोमा जिकर एक्स प्रदर्शनी गर्ने भएको छ।
डोङफेङ नामी–०१
चिनियाँ कम्पनी डोङफेङ नाडा अटो शोमा सहभागी हुने नयाँ ब्रान्ड हो। नेपालका लागि नामी गाडीको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्पले डोङफेङ नामी–०१ प्रिमियम ह्याचब्याग नाडा अटो शोमा प्रदर्शनी गर्ने तयारी गरेको छ।
लिपमोटर
लिपमोटर सी–१० नाडा अटो शोमा सहगाभी हुने नयाँ ब्रान्ड हो। नेपालमा लिपमोटरको गाडी एमएडब्लू वृद्धि अटोकर्पले ल्याए पनि सांग्रीला मोटर्सले नाडा अटो शोमा प्रदर्शनीको लागि राखिने जनाएको छ। लिपमोटर सी–१० बिक्रीका लागि दुई ग्रुपलाई आधिकारिक बिक्रेता घोषणा गरिएका कारण कसले राख्छ भन्ने यकिन छैन।
बिवाइडी
बिवाइडी नेपालमा पहिले नै भित्रिइसकेको ब्रान्ड हो। नेपालका लागि बिवाइडीको आधिकारिक वितरक साइमेक्स इंक हो। साइमेक्स इंकले नाडा अटो शोमा एम सिक्सको नयाँ मोडलका गाडी प्रदर्शनी गर्ने भएको छ।
सुजुकी
नाडा अटो शोमा सहभागी हुने ब्रान्डमा सुजुकी पनि एक हो। सुजुकी पहिले नै नेपाल भित्रिइसकेको ब्रान्ड हो। नेपालका लागि सुजुकीको आधिकारिक वितरक सिजी मोटोकर्पले नाडा अटो शो २०२४ मा कुन नयाँ मोडल राख्छ भन्ने अहिलेसम्म केही जानकारी दिएको छैन। सिजी मोटोकर्पले सुजुकीको आईसिई इन्जिन गाडी मात्र बिक्री वितरण गर्दै आइरहेको छ।
महिन्द्रा
महिन्द्रा नेपालमा पहिले नै भित्रिइसकेको ब्रान्ड हो। नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक वितरक अग्नि इन्कर्पोरेट प्रालीले नाडा अटो शोमा महिन्द्राको नयाँ मोडलको गाडी प्रदर्शनीमा राख्नेछ। नाडा अटो शोमा सहभागी हुन कम्पनीले महिन्द्राको नयाँ मोडल एक्सयूभी थ्री एक्सओ नेपाल ल्याएको छ।
जीएसी आयोन
नेपालमा आयोन गाडीको आधिकारिक वितरक चौधरी ग्रुपअन्तर्गतको सिजी मोटर्स हो। कम्पनीले नयाँ मोडल आयोन–भी नाडा अटो शोमा प्रदर्शनी गर्ने तयारी गरेको छ।
हुन्डाई
हुन्डाई नाडा अटो शोमा सहभागी जनाउने पुरानो ब्रान्ड हो। नेपालको लागि हुन्डाईको आधिकारि वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नाडा अटो शोका लागि हुन्डाईको नयाँ मोडल क्रेटा फेसलिफ्ट नेपाल ल्याएको छ।
ओमोडा
ओमोडा नेपाली बजारमा पहिले नै प्रवेश गरिसकेको ब्रान्ड हो। तर, नाडा अटो शोमा सहभागी हुन लागेको भने यो पहिलो पटक हो। नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स हो।
काई
काई नाडा अटो शोमा सहभागी हुने नयाँ ब्रान्ड हो। नेपालको लागि काई गाडीको आधिकारिक वितरक लक्ष्मी इमोबिलिटीले नाडा अटो शोमा काई एक्स प्रो थ्री, काई इक्यु–०२ र इक्यु–०४ प्रदर्शनी गर्ने छ।
टाटा
टाटा नाडा अटो शोमा सहभागी हुने पुरानो ब्रान्ड हो। नेपालका लागि टाटा गाडीको आधिकारिक वितरक सिप्रदी मोटर्सले नाडा अटो शोका लागि नयाँ मोडल टाटा पन्च ईभी नेपाल ल्याएको छ।
डिपल
नाडा अटो शोमा सहभागी हुनेमा डिपल पहिले नै आएको ब्रान्ड हो। नेपालका लागि डिपलको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्पले डिपल एल–०७ र अन्य नयाँ मोडलका गाडी सहभागी गराउने भएको छ।
सेरेस
सेरेस नाडा अटोशोमा सहभागी हुने पुरानै ब्रान्ड हो। नेपालका लागि सेरेस गाडीको आधिकारिक वितरक एमएडब्लू अटोकर्प हो।
एमजी
एमजी आगामी नाडा अटो शोमा नयाँ मोडल लिएर सहभागी हुनेछ। नेपालमा एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एमजीको नयाँ मोडल साइबरस्टर लिएर सहभागी हुनेछ।
स्काईवेल
स्काईवेल गत वर्ष नाडा अटो शोमा नेपाल भित्रिएको ब्रान्ड हो। नेपालमा स्काईवेल गाडीको आधिकारिक वितरक जी मोटर्सले नाडा अटो शो २०२४ मा स्काइवेलको नयाँ मोडल लिएर सहभागी हुने जनाएको छ।
सिट्रोन
नेपालमा सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रीला मोटर्स प्रालि नाडा अटो शोमा सहभागी हुने जनाएको छ।
किया
नाडा अटो शोमा सहभागी हुने अर्काे ब्रान्ड किया हो। नेपालमा किया गाडीको आधिकारिक वितरक कन्टिनेन्टल्स ट्रेडिङ हो।
होजोन नेटा
होजोन नेटाले पनि नाडा अटो शो २०२४ मा सहभागिता जनाउँदै छ। नेपालमा नेटाको आधिकारिक बिक्रेता सिजी मोटर्सले नेटा एक्स नाडा अटो शो २०२३ मा प्रदर्शन गरेको थियो। यस्तै, यस वर्षको नाडा अटो शोमा भोल्ट्स चारपांग्रे ब्रान्ड पनि सहभागी हुनेछ।