काठमाडौं । पैंचो पसल प्रालिले चाडपर्व अवसरमा उपहार योजना सार्वजनिक गरेको छ। कृष्णाष्टमीबाट सुरु भएको उपहार योजना तिज, दसैं, तिहार, छठ हुँदै क्रिसमससम्म सञ्चालन हुनेछ। पैंचो पसलका उत्पादन खरिद गर्दा यो उपहार योजनामा सहभागी हुन सकिने कम्पनीले जनाएको छ।
ग्राहकलाई यसअघि पनि विभिन्न अफर र उपहार दिदै आएको पैचोले चाडपर्वमा थप ५० उपहार घोषणा गरेको हो। नेपाली घरआँगनमा भित्रिँदै गरेका चाडपर्वलाई उत्सव र खुसियाली बनाउन चाडपर्व अफर ल्याइएको पैंचोका प्रमुख बजार व्यवस्थापक लक्ष्मण गैरेले बताए।
पैंचोको उपहार अफरमा पहिलो पुरस्कार वासिङ मेसिन १ जनालाई, द्वितीय उपहार फ्रिज २ जनालाई, तृतीय उपहार टेलिभिजन ३ जनालाई, चौथो उपहार स्प्रे ट्यांकी ४ जनालाई दिइनेछ। यस्तै, पाँचौं उपहार १ हजार रुपैयाँको कृषि बिउबिजन २० जनालाई र छैटौं उपहार पैंचो कम्पनीका उत्पादन २० जनालाई दिने घोषणा गरेको हो।
उपहार कुपन पैंचोका १२ शाखा र १२ आउटलेट गरी २४ स्थानबाट उपलब्ध हुनेछ।
उपहार कुपन प्राप्त गर्न पैंचाका शाखा र आउटलेटबाट २ हजार ५ सय रुपैयाँ बराबरको ग्रोसरी, पशुआहार खरिद, तरकारी तथा फलफूल बिक्री गर्दा एउटा कुपन ग्राहकले पाउनेछन्। यस्तै, १ हजार रुपैयाँको तरकारी तथा फलफूल खरिद, १ हजारको फेन्सी तथा गिफ्ट सामान खरिद गर्दा, ५ सयको बिउबिजन खरिद गर्दा र प्रतिदिन प्रतिसंकलन ५० हजार रुपैयाँको संकलन गर्दा एक वटा उपहार कुपन प्राप्त गर्न सकिने कम्पनीले बताएको छ।
उपहार योजना भदौ १० देखि पुस १० सम्म लागू हुनेछ। पुरस्कार घोषणा पैंचो पसलको वार्षिकोत्सव पुस १५ मा गरिने कम्पनीले बताएको छ।