काठमाडौं । नेपालका लागि सुजुकी ब्रान्डका चारपांग्रे सवारी साधनको आधिकारिक वितरक सीजी मोटोकर्पले नाडा अटो शो २०८१ मा एपिक न्यू स्वीफ्ट सार्वजनिक गर्ने भएको छ। सीजी मोटोकर्पका अनुसार गाडी पहिलो दिनदेखि नै अटो शोमा ग्राहकका लागि प्रदर्शनमा राखिनेछ भने मूल्यको जानकारी पनि त्यतिबेलै उपलब्ध गराइनेछ।
२००५ मा लञ्च भएदेखि नै स्वीफ्ट नेपाली अटोमोबाइल क्षेत्रमा स्टाइल र स्पोर्टसनेस्को पर्यायवाचीको रुपमा रहँदै आएको कम्पनीको दाबी छ। स्वीफ्टको स्पोर्टी लुक्स, शक्तिशाली इन्जिन, प्रशस्त क्याबिन स्पेस र ड्राइभर–मैत्री ह्यान्डलिङका कारण नेपाली ग्राहक रोजाइमा परेको कम्पनीले बताएको छ।
नयाँ एपिक स्वीफ्टको नयाँ जेड–सिरिज इन्जिन आधुनिक पावरट्रेन हो, जसले पर्फर्मेन्स दिगोपनाको नयाँ आयाम ल्याउँछ भने आफ्नो सेग्मेन्टमा सबैभन्दा उत्तम ह्याचब्याक बनाएको कम्पनीको भनाइ छ।
एपिक नयाँ स्वीफ्टमा थुप्रै नया युगका प्रविधि र फिचर समावेश छन्, जसले ग्राहकको ड्राइभिङ अनुभव आरामदायी र रमाइलो हुने कम्पनीको विश्वास छ।
नयाँ स्वीफ्टमा आकर्षक एक्सटेरियर, आरामदायी क्याबिन, आधुनिक सेफ्टी सिस्टम, रमाइलो ड्राइभिङ अनुभव र उन्नत प्रविधिलगायत विशेषता छन्।
यसमा प्रयोग गरिएको नयाँ र्याप–अराउन्ड चार्टर लाइनले स्वीफ्टलाई अझै स्पोर्टी र स्टाइलिस बनाएको कम्पनीको दाबी छ। क्याबिनमा ‘सेन्टर फ्लोटिङ डिजाइन’सहितको नयाँ लेआउट छ, जसले प्रिमियम फिल र आरामदायी ड्राइभिङ अनुभव दिनेछ। स्वीफ्टको सिगनेचर सिल्हाउटलाई कायम राख्दै नयाँ स्वीफ्टमा स्मकी एलईडी प्रोजेक्टर हेडलाइट र बुमर्याङ एलईडी डीआरएल, कालो फ्रन्ट ग्रिल, एलईडी फ्रन्ट फग लाइट, सिगनेचर एलईडी रियर ल्याम्प्स र ३८.१० सेन्टिमिटर (१५ इन्च) टू–टोन एलोय ह्वील्सले स्विफ्ट को लुक्स अझै भाग्यशाली बनाएको कम्पनीले जनाएको छ।
ड्राइभर ओरियन्टेड ड्यासबोर्डः ८ डिग्रीको झुकावले ड्राइभर र कारको बीचमा मेल उत्पन्न गर्छ भने २२.८६ सेमि (९ इन्च) स्मार्टप्ले प्रो प्लस इन्फोटेन्मेन्ट सिस्टम, पछाडिको सिट यात्रुका लागि छिटो चार्ज गर्ने ए र सी प्रकारको यूएसबी पोर्ट, पछाडिको एसी भेन्ट्स, क्रूज कन्ट्रोल, ६०:४० पछाडिको सिटर कीलेस इन्ट्रीले सबै यात्रुका लागि सहजता र सुविधा सुनिश्चित गर्ने दाबी कम्पनीको छ।
ड्राइभर र यात्रु सुरक्षालाई विशेष ध्यानमा राखी न्यू स्वीफ्टमा विभिन्न एक्टिभ र पेसिभ सेफ्टी फिचर समावेश गरिएको छ। स्ट्यान्डर्ड सुरक्षा सुविधा, जुन सबै भेरियन्टमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम प्लस, हिल होल्ड असिस्ट, एन्टी–लक ब्रेकिङ सिस्टमसँग इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन र ब्रेक असिस्ट, ३–प्वाइन्ट सिट बेल्ट सबै सिटमा रिमाइन्डरसहित समावेश छन्, जुन सबै भेरियन्टमा उपलब्ध हुनेछन्। यसले विभिन्न अवस्थामा सम्पूर्ण सुरक्षा दिनेछ भने प्रिमियम ह्याचब्याकमा थप सहजताका लागि वाइड भ्यूसहितको रिभर्स क्यामेरा पनि समावेश गरिएको छ।
सुजुकीले स्वीफ्टमा पहिलो पटक आफ्नो नयाँ जेड–सिरिज इन्जिनको प्रयोग गरेको छ। यो अत्याधुनिक इन्जिन पावरफुल मात्र नभई यसले सेग्मेन्टमा सबैभन्दा धेरै २५.७५ कि.मि/लिसम्मको माइलेज दिनेछ, जुन पुरानो स्वीफ्टभन्दा १४ प्रतिशतले बढी हो। यो गाडी नेपाली सहरी ड्राइभिङ कन्डिसनमा पनि चलाउन सजिलो हुने कम्पनीले बताएको छ।
यसमा प्रयोग गरिएको नयाँ जेनेरेसनको वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो३ सहितको २२.८६ सेमि (९ इन्च) स्मार्टप्ले प्रो प्लस इन्फोटेन्मेन्ट सिस्टम, आर्कमेसी सराउन्ड सेन्स र वायरलेस चार्जरले स्वीफ्ट चलाउन र यात्रा गर्न आनन्दको अनुभूति दिनेछ ।
नयाँ फोर्थ जेनेरेसन स्वीफ्टले आफ्नो स्टाइलिस लुक, आधुनिक फिचर, पावरफुल इन्जिन, उत्कृष्ट माइलेज र सुरक्षा सुविधाले ह्याचब्याकको परिभाषा बदल्ने विश्वास कम्पनीको छ।
यस्ता छन् विशेषता
नयाँ जेड–सिरिज १.२ लिटर इन्जिनसहितको एपिक न्यू स्वीफ्ट इनोभेसन, टेक्नोलोजी र स्थायित्वको उत्तम मिश्रण
६ वटा एयरब्याग, सबै सिटका लागि ३–प्वाइन्ट सिट बेल्ट, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम प्लस ईपीएस आर, हिल होल्ड असिस्ट, एन्टी–लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन र ब्रेक असिस्टलाई स्ट्यान्डर्ड फिचरको रूपमा समावेश।
२२.८६ सेन्टिमिटर (९ इन्च) स्मार्टप्ले प्रो प्लस इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, आर्कमेस सराउन्ड साउन्ड, वायरलेस फोन चार्जर, ए एन्ड सी टाइप यूएसबी पोर्ट, क्रुज कन्ट्रोल, अटो हेडलाम्प्सलगायत अन्य फिचर।
चौथो पुस्ताको स्विफ्ट आफ्नो सेग्मेन्टमा सबैभन्दा धेरै माइलेज दिने ह्याचब्याक हो, जसको माइलेज २५.७५ किमि/लि सम्मको छ, जुन अघिल्लो पुस्ताको स्वीफ्टको तुलनामा १४ प्रतिशतले वृद्धि।