काठमाडौं । विद्युतीय गाडीको भिडमा सस्तो र आकर्षक फिचरका साथ चिनियाँ ब्रान्डको नामी गाडी नेपालमा सार्वजनिक भएको छ। मूल्य र फिचरले बिवाइडीको डल्फिन र टाटाको टियागोलाई मात खुवाउने गरी एमएडब्लूवृद्धिले मध्यमवर्गीय परिवारलाई सहज हुने खालको विद्युतीय गाडी बिहीबार सार्वजनिक गरेको हो।
तीन वटा मोडलमा सार्वजनिक गाडीको फरक-फरक मूल्य निर्धारण गरिएको छ। नामी ई १ को २९ लाख ९९ हजार, नामी ई २ को ३१ लाख ९९ हजार र नामी ई ३ को ३४ लाख ९९ हजार मूल्य निर्धारण गरेको छ।
यसै गरी पछिल्लो समय मूल्यमा प्रतिस्पर्धा गरिरहेको टाटापन्चको मूल्य ३७ लाख र डल्फिनको ४१ लाख रहेको छ। यसरी दुई गाडीको मूल्य तुलना गर्दा नामी सस्तो देखिएको छ।
नामी बक्स एक सव कम्प्याक ईभी हो। यसमा धेरै सेग्मेन्ट फस्ट प्रिमियम फिचर छन्। यसको एक्टेरियरमा फ्रमलेस डोर, फ्लस डोर ह्यान्डल, फ्लोटिङ कन्ट्रास रुफ जस्ता फिचर छन्।
यसको इन्टेरियरमा डाइमण्ड क्लील्टेड ड्यासबोर्ड, ३६० डिग्री क्यामरा, १२ इन्चको सेन्टर टचस्क्रिन डिस्प्ले, ५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले, अटोमेटिक पार्किङ, एड्भान्स एडास सिस्टम, इन्टेलिजेन्ट भोइस कन्ट्रोल, ३२ कलरको एम्बीयन्ट लाइट, वायरलेस फोन चार्जर, इलेक्ट्रीक एड्जस्टेबल फ्रन्ट सिट पाउन सकिन्छ।
नेपाली बजारमा ३१.५ र ४२.३ किलोवाट आवरको दुई ब्याट्री साइजको एलएफपी अप्सनमा आउने नामीको मूल्य ३३ देखि ३६ लाख रुपैयाँ तोकिएको छ। नाडाको लागि अझै विशेष मूल्यमा गाडी आउने अनुमान गरिएको छ। नामी बक्सको ठूलो व्याट्री अप्सनले ३१० किलोमिटरको रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ।
नामी ०१ मा ७० किलोवाट क्षमताको मोटर छ। जसले ९४ हर्सपावर तथा १६० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ। नामीको टपस्पीड १४० किलोमिटर प्रतिघन्टा छ।