काठमाडौं। राकुटेन भाइबर र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए)ले विपद् जोखिमसम्बन्धी सूचना सम्प्रेषण गर्ने उद्देश्यले ुच्यानलु सुरु गर्न समझदारी गरेका छन्। साझेदारीमार्फत विपद् जनचेतना अभिवृद्धि गर्न तथा आपतकालीन तयारीलाई प्रभावकारी बनाउन दुवै संस्थाले प्रतिबद्धता जनाएका हुन्।
भाइबरमा सिर्जना गरिएको विपद् सूचना एनडीआरआरएमए च्यानलले प्राकृतिक प्रकोपको समय प्रयोगकर्तालाई सूचना तथा जानकारी उपलब्ध गराउनुका साथै अन्य सुविधा पनि दिनेछ। यसमा प्रयोगकर्ताले रियल(टाइम अलर्ट, समाचार र आवश्यक सुरक्षा दिशा निर्देश प्राप्त गर्नेछन्।
यसले प्रयोगकर्तालाई मनसुन अवधिमा आइपर्ने बाढीपहिरो, भारी वर्षाजस्ता आपतकालीन अवस्थामा पूर्वतयारी गर्न एवं सावधान रहन मद्दत पुग्ने विश्वास गरिएको छ। हाल जनसंख्याको उल्लेख्य हिस्सामा स्मार्टफोन र इन्टरनेट सुविधा पुगेकाले विपद् समय नवीन सञ्चार विधि भरपर्दो हुन सक्ने दुवै संस्थाको भनाइ छ।
नयाँ च्यानलको उपयोगिता र प्रभावकारिताका सन्दर्भमा भाइबर र एनडीआरआरएमएले हालै गृह मन्त्रालय, राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्र, केही प्रतिनिधिमूलक जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रतिनिधि र स्वयंसेवकबीच सिमुलेसन सञ्चालन गिरएको बताइएको छ।
उक्त अभ्यासले आपतकालीन समय भाइबर प्रयोगले सूचना आदानप्रदानमार्फत प्रतिकार्यलाई समेत द्रुत र प्रभावकारी बनाउन सकिने देखाएको गृह मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख डा। भीष्मकुमार भुसालले बताए।
राकुटेन भाइबर संसारको जुनसुकै कुनामा रहेका जोसुकैलाई जोड्ने सम्बन्ध–सूत्र हो। भाइबरको विश्वव्यापी प्रयोगकर्ताहरूले वान टु वान,भिडियो कल, ग्रुप मेसेजिङ, अपडेटका साथै आफ्ना मन पर्ने ब्रान्ड र सेलिब्रेटीसँग अन्तरक्रियाजस्ता फिचरको लाभ उठाउन सक्छन्।