काठमाडौं । एमजी मोटर इन्डियाको उत्पादन एसयूभी एमजी हेक्टर भारतमा पाँचवर्षे वार्षिकोत्सव मनाउँदै गर्दा बुक अफ रेकर्डमा प्रतिष्ठित उपाधिबाट उपाधिबाट सम्मानित भएको छ।
माउन्टेन गोटसँगको सहकार्यमा एमजी हेक्टरले भारत बुक अफ रेकर्ड्समा ‘सबैभन्दा कम उचाइबाट सबैभन्दा उच्च उचाइसम्मको सडक यात्रा’ शीर्षकमा प्रतिष्ठित उपाधि जितेको हो।
यो अभियान २०२४ जुलाई २७ मा दिउँसो १:३० बजे केरलाको कुट्टानाडबाट सुरु भई २०२४ जुलाई ३० मा बिहान ८:२८ बजे लद्दाखको उम्लिंगलामा सम्पन्न भएको थियो। ३,८४६ किलोमिटर कभर गर्दै ६६ घन्टा ५८ मिनेटमा सम्पन्न यात्रापछि एमजी हेक्टरलाई उपलब्धि हासिल गर्ने सबैभन्दा छिटो एसयूभी बनाएको छ।
हरेक सडक अवस्था अनुकूल बनाउन डिजाइन गरिएको एसयूभीले आफ्नो सुरुआती वर्षमै २५,००० युनिट बिक्रीको आँकडा पार गरेको छ भने २०२१ फेब्रुअरीसम्म ५०,००० युनिटको महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। ५०,०००औं हेक्टर गुजरातको बडोदरास्थित एमजीको हलोल प्लान्टमा सबै महिला टोलीद्वारा निर्माण गरिएको थियो।
उच्च–शक्ति स्टिल, हाट–स्ट्याम्प गरिएको बी पिलर, बाक्ला ढोका प्यानल र रोल–फर्म गरिएको ट्युबुलर स्टिल ढोकाका साथ निर्माण गरिएको हेक्टरले यात्रु सुरक्षालाई प्राथमिकतामा राखेको राखेको छ। यसका प्रमुख सुरक्षा विशेषतामा ६ एयरब्याग, ३६०–डिग्री एचडी क्यामेरा, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, ट्रयाक्सन कन्ट्रोल सिस्टम, हिल असिस्ट कन्ट्रोल, चारवटै पांग्रामा डिस्क ब्रेक, सबै सिटका लागि ३–प्वाइन्ट सिट बेल्ट, इलेक्ट्रिक पार्किङ ब्रेक र अगाडि पार्किङ सेन्सर रहेका छन्।
यस एसयूभीमा ट्राफिक जाम असिस्ट र अटो टर्न इन्डिकेटर्सजस्ता एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम पनि छन्, जसले सुरक्षित र आरामदायी ड्राइभिङ अनुभव सुनिश्चित गर्ने दाबी कम्पनीको छ।
एमजी हेक्टरले भारतकै सबैभन्दा ठूलो ३५.५६ सेमि (१४ इन्च) एचडी पोट्रेट इन्फोटेन्मेन्ट प्रणाली नयाँ प्रयोगकर्ता इन्टरफेससहित उपलब्ध गराउँछ। यसमा १०० भ्वाइस कमान्ड र पाँच भारतीय भाषामा नेभिगेसन भ्वाइस मार्गदर्शनसहित ७५ बढी कनेक्टेड सुविधा छन्।
इनफिनिटीद्वारा सज्जित यस एसयूभीको प्रिमियम अडियो प्रणालीले वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्लेसहित ३६०–डिग्रीको प्रभावशाली ध्वनि अनुभव दिन्छ।
नेपालमा एमजी मोटरको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स हो।