काठमाडौं। एसियन पेन्ट्स नेपालद्वारा नेपाली प्रतिभाशाली आर्किटेक्टको प्रतिभा प्रदर्शनी र तिनलाई प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रुपमा क्लाइडोस्कोप–कार्यक्रम आयोजना गर्दै आएको छ।
यो कार्यक्रमले कलेज, प्रोफेसनल आर्किटेक्ट र उपभोक्तलाई एकैसाथ भेला गर्ने मञ्च उपलब्ध गराउने कम्पनीले बताएको छ।
क्लाइडोस्कोप कार्यक्रमको यो संस्करणमा ११ वटा आर्किटेक्चरल कलेजका ३९ विद्यार्थीले सहभागिता जनाएका थिए, जसले एकैसाथ नेपाल साहित्य तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्रस्तावित भवनको डिजाइन गरेका थिए।
प्रतियोगितामा आईओई पुल्चोक क्याम्पसका छात्रा आयुषा कोइरालाले प्रथम स्थान हासिल गर्दै ७० हजार हजार नगद पुरस्कार हात पार्न सफल भइन् भने एक्मी इन्जिनियरिङ कलेजका सुशन श्रेष्ठ र हिमालयन कलेज अफ इन्जिनियरिङका आशीष ओली क्रमशः द्वितीय र तेस्रो स्थानमा रहन सफल हुँदै क्रमशः ४० हजार र ३० हजार नगद पुरस्कारबाट पुरस्कृत भएका छन्।
यसैगरी सान्त्वना पुरस्कार प्राप्त गर्ने काठमाडौं इन्जिनियरिङ कलेजका विपिन महर्जन र हिमालयन कलेज अफ इन्जिनियरिङका केवल लामाले नगद पुरस्कार १०/१० हजार प्राप्त गरे।
कम्पनीका अनुसार प्रत्यक्ष परियोजना र मूल्यांकनका विभिन्न राउन्डमार्फत प्रतियोगितालाई सक्षम बनाउन आर्किटेक्ट समुदायबाट प्रतिनिधित्व अनुभवी निर्णायकको स्वतन्त्र निकायबाट विजेता चयन गरिँदै आएको छ।
विजेतालाई पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका अध्यक्ष निशा शर्माले पुरस्कार वितरण गरे।