‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक’। महाकवि लक्ष्मीप्रसाद देवकोटा रचित कविताका यी हरफ धेरैका लागि उत्प्रेरणा–स्रोत बनेका छन्। कविताका हरफले बोलेझैं जब सपना देखिन्छ, त्यो सपना ठूलै हुनुपर्छ। अर्थात्, उडेरै चन्द्रमा छुने प्रयास गर्ने सपना देख्नुपर्छ। जब सपना देखिन्छ, देखेको सपना पूरा गर्न दिनरात मिहिनेत गर्नुपर्छ। जसले आफ्नो सपनालाई विपनामा बदल्न अहोरात्र खटिन्छ, उसले एक दिन सफलताको शिखर चुम्न सफल हुन्छ। तिनै सपना देखेर सफलता हात पार्नेमध्येका एक हुन्, बालकृष्ण जोशी।
सफलताका मानक जोशी तीन दशकअघि नै नेपालमै बसेर डलर कसरी कमाउने भन्ने सपना बुन्थे। जोशीले सपना मात्र देखेनन्, त्यसलाई विपनामा परिणत गरिछाडे। फलस्वरुप उनले नेपालमै पहिलोपटक ई–कमर्स प्लाटफर्म भित्र्याउन सफल भए। त्यो पनि विदेशमा रहेका नेपालीलाई घरको न्यास्रो मेटाउन आमाको मुख हेर्ने पर्व अर्थात् मातृऔंशीका दिन आमालाई केकसहित विभिन्न उपहार पठाउन सञ्चालनमा ल्याए, ठमेलडटकम। उनी ई–कमर्समा सामान बेच्ने मात्र हैन, अन्तरदेशीय विप्रेषणदेखि अन्तरदेशीय भुक्तानी व्यवसायमा अब्बल स्थापित भइसकेका छन्। यसबाट उनले नेपालमै बसेर डलर आम्दानी गरिरहेका छन् भने आफूसँगै धेरै नेपालीलाई पनि डलर आम्दानी गर्ने बाटो देखाइरहेका छन्।
...
काठमाडौंको रैथाने व्यापारिक घरानाका जोशी सानैदेखि विदेश गएर डलर कमाउनेभन्दा नेपालमै बसेर कसरी विदेशी मुद्रा आर्जन गर्ने चिन्तनमा हुन्थे। जोशीले सन् १९८९ मा बूढानीलकण्ठ स्कुलबाट माध्यमिकस्तरको शिक्षा उत्तीर्ण गरे। उनका ‘ब्याचमेट’ पूर्वयुवराज पारस शाह, सांसद स्वर्णिम वाग्ले र गायक नवीन के भट्टराई थिए। जोशीले उच्चशिक्षातर्फ समाजशास्त्र र मानवशास्त्रमा स्नातक गरे। जोशी परिवार काठमाडौंकै रैथाने व्यापारी हो। उनका बुबा अटो व्यवसायी हुन्।
नेपालमै राम्रो पारिवारिक पृष्ठभूमि भएकाले जोशीलाई विदेश गएर पैसा कमाउनुपर्छ भन्ने सोच कहिले आएन। पढाइको सन्दर्भमा जोशीको फाइनान्स र टेक्नोलोजीसम्बन्धी कोर्स थिएन। उनी सन् १९९० मा उच्च शिक्षाका लागि अमेरिका गए। लिवरल आर्टस(सोसल साइन्स) कोर्स गर्न अमेरिका गएका जोशी सन् १९९५ मा पढाइ सकेर नेपाल फर्किए। जोशीलाई अमेरिका जानेबित्तिकै सधैंका लागि बस्न सकिँदैन भन्ने भइसकेको थियो।
परीक्षणका रुपमा सुरु गरेको ठमेलडटकम फिनटेक क्षेत्रमा जोशीको पहिलो कदम हो। नेपालमा पहिलो पटक विद्युतीय व्यापार (ई–कमर्स)का रुपमा ‘ठमेलडटकम’ सुरु गर्ने उनी अहिले डिजिटल भुक्तानी क्षेत्रमा आइटी उद्यमी तथा ‘फिनटेक इभान्गेलिस्ट’ (प्रचारक) रुपमा स्थापित भइसकेका छन्।
अमेरिकाबाट पढाइ सकाएर स्वदेश फर्किएपछि सन् २००१ मा जोशीले ‘ठमेलडटकम’ सुरु गरेका हुन्। अमेरिकामा रहेका नेपालीले नेपालमा रहेका आफन्तका लागि ‘दसैंमा खसी उपहार’ पठाउने सुविधा दिने अवधारणा ल्याउँदै जोशीले ठमेलडटकम सुरु गरेका थिए। अहिले ठमेलडटकममार्फत विश्वभरबाट नेपालमा बर्थडे, विवाहोत्सव, चाडपर्वलगायत विशेष अवसरमा विदेशी केक, चकलेट, फूल, गरगहना, कपडा, जुत्ताचप्पल, पफ्र्युम, टेडीलगायत उपहार दिन सक्ने ई–कमर्स प्लेटफर्म बनेको छ। मुलुक बाहिर बसेका नेपालीले ठमेलडटकम वेबसाइटभित्र गएर विश्वको जुनसुकै कुनाबाट स्वदेशमा रहेका आफ्ना परिवार र आफन्तलाई उपहारस्वरुप सामान पठाउन सक्छन्।
परीक्षणका रुपमा सुरु गरेको ठमेलडटकम फिनटेक क्षेत्रमा जोशीको पहिलो कदम हो। नेपालमा पहिलो पटक विद्युतीय व्यापार (ई–कमर्स)का रुपमा ‘ठमेलडटकम’ सुरु गर्ने उनी अहिले डिजिटल भुक्तानी क्षेत्रमा आइटी उद्यमी तथा ‘फिनटेक इभान्गेलिस्ट’ (प्रचारक) रुपमा स्थापित भइसकेका छन्। उनले यसबीच विदेशबाट नेपालमा पैसा पठाएर गर्न सकिने धेरै व्यवसाय गरे। त्यसमध्ये अहिलेसम्म उनलाई ठमेलडटकमसँगै जुनो नियो बैंक र ठमेल रेमिटले डिजिटल भुक्तानी व्यवसायमा पनि स्थापित गराइसकेको छ।
करिब दुई दशकको प्रयासमा यति धेरै सफलता पाएका जोशीलाई सहज भने पक्कै थिएन। जोशीले धेरै बाधा–अवरोध पार गरेका छन्।
ठमेलडटकमको सुरुआत
अमेरिका बसेर जागिर खाने र त्यहीँ सेटल हुन्छु भन्ने सोच उनले कहिल्यै लिएनन्। सन् १९९५ मा ग्य्राजुयटपछि उनी जब नेपाल आए, त्यो बेला स्मार्ट च्वाइस टेक्नोलोजिज (एसिटी) कार्ड प्रयोग बैंकहरुमा भइरहेको देखे। त्यही बेला उनको मनमा स्वदेशमै बसेर कसरी डलर कमाउन सकिन्छ, त्यसमै काम गर्छु भन्ने निर्णय बन्यो। त्यो समय नेपालमा भर्खरै एसिटी, भिसा कार्डमा पैसा आउन थालेको थियो। ‘मैले प्रयोगका लागि अमेरिकाको बैंक कार्ड नेपालको एटिएममा छिराएँ, पैसा आयो,’ जोशीले भने ‘तुरुन्तै अमेरिकामा रहेको मेरो बैंक खाताबाट पैसा डेबिट भयो। यो कसरी सम्भव भयो, खोज्न थालें।’
नेपालमा भर्खर मात्रै एसिटीले कार्ड प्रयोगमा ल्याएको समय अमेरिकाको बैंक कार्ड यहाँ चल्नु सामान्य कुरा त्यो बेला थिएन। त्यसपछि उनले नेपालमा बसेर डलर कमाउन सकिने अवधारणा बनाएँ। कति सुरुआती चरणमै बिफल भए भने कुनै केही समय चलेर बन्द भए। ‘मेरो मुख्य ‘मिसन’ भनेको कसरी नेपालमै बसेर ग्लोबल सिटिजन बन्ने थियो। त्यसपछि ठमेलडटकमको अवधारणा निर्माण गरी सन् २००१ देखि नै विद्युतीय भुक्तानी, ई–कमर्स÷फिनटेकमा आबद्ध भएको हुँ,’ उनले भने।
ठमेलडटकम याहुसँग कपी गरेर ‘लिस्टिङ सर्भिस’को अवधारणामा बनाएको बताउँछन्, उनी। जोशीले ठमेलडटकम काठमाडौंका व्यापारीका लागि वेबपेज बनाउने भनेर सुरु गरेका थिए। उक्त समय वेबसाइट बनाउनु भनेको धेरै ठूलो कुरा हुन्थ्यो। त्यसमा पनि ई–कमर्सका लागि ठमेलडटकम सञ्चालनमा आएको थियो। ठमेलडटकम सुरुमा धेरै राम्रो चलेको थियो। व्यापारीलाई रजिस्ट्रेसन शुल्क लिएर उनीहरुको वेबपेज बनाइदिने गर्थे। ‘मानिसले लाइन बसेरै पेज बनाए तर पेज लिनेहरु सबैले नवीकरण भने गराएनन्,’ जोशीले भने, ‘उक्त समय अमेरिका फोन गर्दा प्रतिमिनेट १८० रुपैयाँ लाग्थ्यो। हामीले ‘याकयाक च्याट’ सुरु गरेर ठमेलमा बस्ने व्यापारी र संसारभरि छरिएर रहेका नेपालीबीच ‘कम्युनिकेसन’ गराउन खोज्यांै। तर, त्यो पहल पनि फेल भयो।’ त्यो बेला च्याट प्लेटफर्म बायर र सेलरकै बीच गराउन सुरु गरेका थिए।
जोशीले ठमेलडटकम काठमाडौंका व्यापारीका लागि वेबपेज बनाउने भनेर सुरु गरेका थिए। उक्त समय वेबसाइट बनाउनु भनेको धेरै ठूलो कुरा हुन्थ्यो। त्यसमा पनि ई–कमर्सका लागि ठमेलडटकम सञ्चालनमा आएको थियो। ठमेलडटकम सुरुमा धेरै राम्रो चलेको थियो। व्यापारीलाई रजिस्टे«सन शुल्क लिएर उनीहरुको वेबपेज बनाइदिने गर्थे।
उक्त समय वैदेशिक रोजगारीका लागि बिदेसिने नेपालीको संख्या बढ्दो थियो। ‘ठमेलडटकमबाट बिदेसिएका नेपाली र नेपालमै रहेका तिनका परिवारबीच सहज कम्युनिकेसन गराउन खोजेका थियौं, त्यसमा सफल भएनौं,’ उनले भने।
त्यसपछि किताब, सीडी चक्का बिक्री गर्दै एमाजोन आयो। ठमेलडटकमले गिफ्ट मात्रै पठाइरहेको थियो। ठमेलडटकम सुरु गर्दा नेपालमा गुगलम्याप पनि चलेको थिएन। त्यही समय जोशी समूहले काठमाडौंको डिजिटल म्याप (नक्सा) बनाएको थियो। सोही म्याप हेरेर विदेशबाट आएको अर्डरअनुसार सामान डेलिभर गर्ने गरेको उनी बताउँछन्।
विदेशमा हुँदा नेपालमा आफन्तलाई गिफ्ट पठाउने ‘आइडिया’ उनलाई अमेरिकामै हुँदा मातातीर्थ औंशीका दिन जन्मिएको हो। ‘अमेरिका हुँदा आमाको मुख हेर्ने दिन आउन लागेको थियो। त्यो समय याद आएपछि अमेरिकाबाट आमाका लागि सबैले केही पठाउन सके राम्रो हुन्थ्यो भन्ने सोचाइ आयो,’ उनले विगत स्मरण गरे।
यसका लागि उनी एक्लैको प्रयास सम्भव थिएन। बूढानीलकण्ठ पढ्दाका केही साथीहरु सफ्टवेयर इन्जिनियर थिए। उनीहरुसँगै मिलेर ई–कमर्स पोटल बनाउन लागे। त्यो बेला डटकम भनेको मिलिनियर हुनेहरुले चलाउँछन् भन्ने थियो। ‘हामी अब मिलिनियर हुने लाइनमा आयौं भनेर उत्साहित हुँदै काम थाले पनि लक्ष्यअनुसार पूरा गर्न नसकेपछि पहिलो चरणमा सुरु हुन सकेन’,।
जुन बेला उनी दिनभरि नियमित काममा हुन्थे, त्यसबाट कमाएको पैसा रातभरि काम गर्दै ठमेलडटकममा लगानी गरिरहेका हुन्थ्ये। भएभरको पैसा सबै यही लगानी हुने तर प्रगति केही नहुने भएपछि दिक्दार भएर साथीहरुसँग एक दिन बार गए। दसैं नजिकिइरहेकाले मदिराकै तालमा एक साथीले अनलाइनबाटै खसी बेच्न सुझाए। बारबाट करिब ढेड घन्टाको ड्राइभमा उनी अनलाइनमार्फत खसी बेच्ने निधोमा पुगे।
‘कोठा पुग्नेबित्तिकै मैले आफ्नो टिमलाई ई–कमर्समा खसी बिक्री जब सुनाएँ। दाइ, तपाईं बौलाउनुभयोसम्म भन्न भ्याए’, जोशीले भने, मेरै जिद्दीमा साथीहरुले गरौं भने। यो पनि सफल नभए सबै छाडेर जीवनभरका जागिर गर्ने सोचमा थिएँ।‘ ई–कमर्सबाट खसी बेच्ने त भनियो तर कसरी? चुनौती धेरै थिए। ‘त्यसअघि घर–घरमा गएर केक, फूल, सीडी डेलिभर गरेका थियौं। खसी घर–घरमा गएर डेलिभर गर्ने कसरी! हामीलाई यही पहिलो चुनौती थियो। यसबाहेक खसीको तौललगायत अन्य विषयमा पनि चुनौती थियो’, जोशीले भने।
जोशीको टिमले नेपालमा खसी व्यापारसम्बन्धी अध्ययन गर्यो। अध्ययनमा मानिसले खसी बजारमा गएर उचालेर वा अँगालो मारेर अनुमानका भरमा जोख्ने र खसी बिक्री गर्ने विषय थाहा भयो। उनको टिमले टुकुचाको खसी बजारमा ठमेलडटकम लेखेको बोर्ड टाँगेरै स्टल राख्यो।
उनीहरुलाई विदेशबाट पठाएको सामान नेपालमा प्राप्त गरेको कसरी थाहा पाउने? अर्को चुनौती थियो। ‘त्यो बेला फेडेक्सले ट्याकिङ कोर्ड प्रयोगमा ल्याएको थियो। तर, हामीलाई ट्याकिङ कोर्ड मात्रै पर्याप्त थिएन, एउटा साथीले सामान पाएको फोटो खिचेर पठाउने आइडा दियो। डिजिटल क्यामेरा प्रयोग गरेर प्रापकले सामान प्राप्त गरेको प्रमाण राख्यौं,’ जोशीले भने। फोटो धुलाउन न्यूरोड आउनुपर्यो। त्यही फोटो स्क्यान गरेर ईमेलमा अट्याच गरेर पठाउने भनेर मार्केटिङ सुरु गरे। दसैं आउन ६ साता मात्रै बाँकी थियो। ३ साता बाँकी हुँदा मात्रै बल्ल एउटा खसी बिक्री भयो।
‘तीन साताको मिहिनेतमा एउटा खसी बिक्री हुँदा हामी असाध्य उत्साही र खुसी भयौं, त्यो बेला मार्केटिङका लागि दसैंमा आउने मदनकृष्ण र हरिवंशको खसी भए खुसी गीतलाई ‘खसी भए खुसी, सेन्ट खसी टू नेपाल’ भनेर खसीको टाउको राखेर वेबसाइटमा राखेका थियौं,’ जोशीले भने।
त्यसपछि एक÷दुईटा हुँदै अमेरिकबाट मात्रै नभई ३० वटा देशबाट अर्डर आउन थाल्यो। त्यो बेला नेपालमा आफन्तलाई दसंैमा खसी उपहार पठाउन चाहनेले यहीको पेमेन्ट गेटवेबाट पैसा पठाउँथे। ‘हामीले पैसा आएको निश्चित हुनेबित्तिकै उनीहरुले दिएको ठेगानामा खसी पुर्याइदिन्थ्यौं’, उनले भने, ‘उक्त समय हामीले ई–कमर्सबाट नेपालमा खसी बिक्री गरेको स्टोरी बीबीसी, सीएनआईलगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाले कभर गरे।’
यसमा सिकाइ र भोगाइको विषय भनेको ‘कुनै पनि बिजनेसमा सप्लाइ चेन म्यानेजमेन्ट इस्यू हुने जोशी ठान्छन्’। सप्लाइ चेन म्यानेजमेन्ट इस्यू भनेको अमेरिकामा जे हुन्छ, नेपालमा पनि त्यही हुन्छ भन्ने हुँदैन। हरेक संस्कृति (कल्चर)ले आफ्नो अनुकूल सप्लाइ चेन म्यानेजमेन्ट गर्छ। त्यो समय अनुमानको भरमा अँगालो मारेर तौलिएर खसी खरिद–बिक्री गर्ने प्रचलनले ई–कमर्ससमार्फत खसी बेच्न वजन नाप्ने पहिलो चुनौती बनेको उनी बताउँछन्। ‘हामीले त्यही कल्चरमा रहेर खसी खरिद– बिक्री गर्न सक्दैन थियौं। वास्तविक तौलमा खसी व्यापार गर्न चुनौती नै थियो,’ उनले भने।
नेपालमा भइरहेको तीव्र बसाइँसराइ गाउँबाट सहरतर्फ होस् या विदेशमा। त्यसले पनि व्यवसाय विस्तारमा चुनौती थपेको थियो। ‘मैले चाहेर होस् या नचाहेर। मेरो यात्रा टेक्नोलोजी र माइग्रेन पपुलेसनबीचको सोसियल इकोनोमी (सामाजिक अर्थशास्त्र) को सम्बन्धमा रह्यो,’ उनले भने, ‘परिवार बाहिर रहेकाले आफन्तका लागि खसी पठाउन्को कारण उसको जिम्मेवारीले गर्दा हो। ई–कमर्समार्फत खसीको व्यापार धेरै ठूलो स्टोरी थियो।’
यसबीच उनी ३ वर्ष यही बिजनेसको सम्भावना अध्ययन गर्दै मंगोलिया, अफ्रिकालगायत देशमा पुगे। त्यहाँ खसी व्यापारबारे कसरी कुरा गर्ने, कसरी व्यापार सुरु गर्नेलगायत विविध पाटा उनले केलाए।
त्यही समय उनले रेमिट्यान्स धेरै ठूलो बिजनेस रहेछ भन्ने बुझ्ने मौका पाए। ‘मैले स्व–अध्ययनमा विदेशबाट आफन्तका पैसाको सट्टामा सामान पठाउनु पनि रेमिट्यान्स हो भनेर सन् २००७ मा आर्टिकल लेखेको थिएँ’, जोशीले भने, ‘बसाइँसराइले रेमिट्यान्सको प्रोडक्ट जन्मायो र अहिले मानिसले रेमिटमा पैसाको साटो सामान पठाइरहेका छन् भनेर लेखेको आर्टिकल आज पनि जर्जटाउन विश्वविद्यालयमा यसबारे अध्ययन हुन्छ।’ साथै, डिजिटल डायस्पोरा जर्नल (डिजिटल डायस्पोराः पोस्ट–कोलोनियालिटी, मिडिया एन्ड एफेक्ट)मा ई–कमर्समार्फत खसी बिक्री गरेको उनको स्टोरी छ।
यसले उनलाई अझै नेपाली समाजमा टेक्नोलोजी विकास गर्ने जिम्मेवारी थप गर्यो। दोस्रो पटकको मातातीर्थ औंशीमा ठमेलडटकमले धेरै आमाहरुलाई आफ्ना सन्तानको उपहार दिन सक्यो।
त्यतिबेला नेपालमा ‘ब्लाक फरेस्ट केक’ लाई सर्वसुलभ बनाउन ठमेलडटकमको ठूलो भूमिका थियो भन्दा फरक पर्दैन। नेपालमा पहिला केक भनेको धनीले मात्रै खान्थे। विदेशबाट अर्डर आएपछि ठमेलडटकमले अन्नपूर्ण होटल, याक एन्ड यती र र्याडिसन होटलको केक घर–घरमा पुर्यायो। ‘पाँचतारे होटलका केक घर–घर पुग्न थालेपछि धेरै अर्डर आउन थाले। हामीले अर्डर नै बन्द गर्नुपर्ने स्थिति हुन्थ्यो,’ जोशीले भने, ‘हामीलाई अर्डर डेलिभर गर्न म्यापदेखि घरपालुवा कुकुरले टोक्नेसम्मका धेरै समस्या हुन्थे।’ त्यो समय ठमेलडटकमबाट आफ्नो घरमा मान्छे आउनु भनेको विदेशबाट आफन्तका दूतै आएसरह हुन्थ्यो। ‘हामीले डेलिभरी दिन गएको केक हामीलाई नै खुवाएर पठाउँथे। उनीहरुको घरमा पाँचतारे स्तरको केकको बक्स हुनु भनेको धेरै ठूलो मानिन्थ्यो’, जोशीले सम्झिए।
यी सबै विषयले नेपालमा विद्युतीय भुक्तानी संरचना आवश्यक छ भन्ने महसुस गराएको उनको भनाइ छ। आज पनि नेपालमा डिजिटल पेमेन्टका लागि पर्याप्त पूर्वाधार छैन। त्यो ल्याउन सरकारले २५० मिलियन डलर खर्च गर्नुपर्छ। ‘मैले डिजिटल पेमेन्ट÷माइग्रेसन, विदेशमा बसेर आफ्नो संस्कार, सँस्कृति र परिवारप्रतिको कनेक्टिभिटी एवं जिम्मेवारीलाई ई–कमर्समार्फत जोड्ने बाटो ठमेलडटकमबाट सुरु गरें,’ जोशीले भने।
पैसा पठाउन ठमेल रेमिट
एउटै बिजनेसभन्दा पनि नयाँ कुरा सुरुआत गर्न बढी उनी रुचि राख्थे। त्यो समय इन्टेल कम्पनी स्थापित हुँदै गएको थियो। इन्टेलमा संसारकै टप १४ जना सोसल साइनटिस थिए। ‘उनीहरुले ई–कमर्समा खसीको बिजनेसन स्टोरी थाहा पाएपछि मलाई एक वर्षसम्म टेक्नोलोजी र सोसाइटीको विकास कसरी हुँदै छ भन्ने रिसर्चमा राखे,’ जोशीले भने, ‘त्यो समय मैले धेरै देश भ्रमण गरें। त्यतिबेला जापानमा भर्खरै एसएमएसको विकास भएको थियो। उक्त समय जापानका युवाले चुइँगमको बजेट घटाएर एसएमएसमा खर्च गर्थे। त्यहाँ चुइँगमको माग कम र मोबाइल माग बढी हुँदै गएको थियो।’
त्यही समय उनले आगामी यात्रा निश्चित गरिसकेका थिए। इन्टेलले त्यो समय १८ मिलियन डलर दिएर उनको बिजनेसलाई ग्लोबल स्केलमा सुरु गर्न भने पनि आँट गर्न सकेनन्। ‘म बिजनेसभन्दा रिसर्च नै गर्ने सोचमा भएको हुँदा इन्टेलको प्रस्ताव अस्वीकारें। म नेपालमै बसेर विदेशी डलर कमाउने एटिएमबाट पैसा निकाल्न पाउनेमै रमाइरहेको थिएँ। त्यो समय ठमेलडटकममा महिनामै १ लाख डलरको काम हुन्थ्यो,’ उनले भने।
...
सन् २००७ तिर आइपुग्दा ठमेलडटकमकै विदेशमा रहेका नेपाली ग्राहकले सामान मात्रै नभएर पैसा पनि पठाउनुपर्यो भन्न थालिसकेका थिए। उबेला विदेशबाट पैसा पठाउने रेमिट्यान्सको बिजनेस धेरै चलेको थियो। ‘मैले पनि अमेरिकाबाट नेपालमा पैसा पठाउन के गर्न सकिन्छ, त्यसमा काम गर्ने सोच बनाएँ,’ जोशीले भने, ‘आइएमईजस्ता रेमिट्यान्स कम्पनीले विदेशमा आफ्नै कलेक्सन काउन्टर राख्ने गर्थे। मैले पनि त्यहीअनुसार गर्ने तर डिटिजल माध्यबाट गर्ने योजना बनाएँ।’
जोशीको टिमले नेपालमा खसी व्यापारसम्बन्धी अध्ययन गर्यो। अध्ययनमा मानिसले खसी बजारमा गएर उचालेर वा अँगालो मारेर अनुमानका भरमा जोख्ने र खसी बिक्री गर्ने विषय थाहा भयो। उनको टिमले टुकुचाको खसी बजारमा ठमेलडटकम लेखेको बोर्ड टाँगेरै स्टल राख्यो।
त्यतिखेर अमेरिकाको डिजिटल मनी रेगुलेसनबारे धेरै जानकार नभएकाले उनले पेपाल, वेस्टर्न युनियनजस्ता रेमिट्यान्सलाई सम्पर्क गरेर के गर्ने सकिन्छ भन्ने जानकारी लिएका थिए। उनीहरुबाट मनी ट्रान्सफरको लाइसेन्स दिँदा हुने बुझेर जहाँ बसेका थिए, त्यहाँबाट मनी ट्रान्सफरको लाइसेन्स लिएर नेपालमा पैसा पठाउन थाले। तर, त्यहाँको सरकारले उनलाई एउटा मात्रै नभएर सबै स्टेट (राज्य)को लाइसेन्स लिनुपर्ने भन्दै मनी ट्रान्सफर बन्द गर्यो। त्यसपछि मनी ट्रान्सफर कम्पनीको लाइसेन्सका सबै प्रक्रिया पूरा गरेको अर्को इन्डियन कम्पनीमार्फत सन् २००७ देखि सन् २०१३ सम्म अमेरिकाबाट नेपालमा डिजिटल पैसा पठाउन थाले। तर, त्यसमा पनि धेरै नयाँ विषय जोड्नुपर्ने थियो। अमेरिकामा इलेक्ट्रोनिक डेबिड/क्रेडिट थिएन। जर्ज बुस जुनियरले सन् २०११ देखि ‘चेक २१ ल’ ल्याएपछि मात्रै अमेरिकामा इलेक्ट्रोनिक सुरु भएको हो। ‘सन् २०१३ पछि हामीले लिएको मनी ट्रान्सफरको लाइसेन्समा जे सर्त तथा व्यवस्था निर्धारण गरिएको थियो, त्यसमा हामीले थप काम गर्न नमिल्ने भयो,’ उनले भने, ‘त्यो समयसम्म मलाई मनी ट्रान्सफरको बिजनेस पनि टाउको दुखाइ बन्न थालिसकेको थियो।’
त्यसपछि उनी लिप–फ्रग कम्पनीमा आबद्ध भए। लिप–फ्रग हिमाल कर्माचार्यले सुरु गरेका थिए। उनले त्यसअघि कुमारी मोबाइल क्यास सञ्चालन गरेका थिए। कुमारी मोबाइल क्यास चाँडै फेल भयो। ‘हामीले नेपालमै बसेर ग्लोबल प्रोडक्ट बनाउन अमेरिकी कम्पनीका लागि सफ्टवेयर निर्माण गर्न थाल्यौं। त्यसबाट आएको पैसाले आफ्नैै प्रोडक्ट बनाउन माकनेट कम्पनी खोल्यौं‘, उनले भने।
अहिले लिप–फ्रग टेक्नोलोजी नेपालको सबैभन्दा ठूलो सफ्टवेयर कम्पनीमध्येकै एउटा बनिसकेको छ। ’एउटा मनी ट्रान्सफर साइट प्लेटफर्ममा के–के चाहिन्छ भनेर सन् २०१३ मा उबरले मेरो आँखा खोलिदियो। एउटा ग्राहकलाई सर्भिस दिन धेरै मानिस आबद्ध भएका हुन्छन्,‘ जोशीले भने, ‘कनेक्टिङ बुल’ अर्थात् दुई जना कनेक्ट गर्नेलाई मनिटरिङ साइडर प्लेटफर्म भन्छन्।’
उनलाई अमेरिकामा पुनः मनी ट्रान्सफरको लाइसेन्स लिन मात्रै १० मिलियन डलर जुटाउनुपथ्र्यो। त्यो उनका लागि ठूलो रकम थियो। त्यसैले उनले स–साना मनी ट्रान्सफर कम्पनीलाई सफ्टवेर बनाउन थाले। त्यसबापत उनीहरुको लाइसेन्स प्रयोग गरेर ठमेलडटकमका ग्राहकलाई रेमिट्यान्स सर्भिस दिन्छौं भन्ने प्रस्ताव पाए। त्यसपछि जोशीले आफ्नो लाइसेन्सबिनै मनी ट्रान्सफर सर्भिस सुरु गरे। ‘सन् २०१६ मा ‘लाइभ’ भएपछि पुनः अमेरिकाका धेरै वटा सिटीले हामीलाई लखेटे,’ जोशीले भने, ’सन् २०१९ सम्म बैंकिङ डिपार्टमेन्ट अफ क्यालिफोर्नियाले ‘रेमिट्यान्स एज अ’ सर्भिसका लागि स्वीकृति दियो। ‘त्यहीबाट हाम्रो नयाँ यात्रा सुरु भयो। यो बिजनेश अहिले ३० वटा मुलुक बढीमा चलिरहेको छ,’ उनले भने।
‘क्रस बोर्डर पेमेन्ट’
सन् २०१९ यता ग्लोब लाइजेसनको तस्बिर नै बदलियो। त्यसपछि डिजिटल पेमेन्टले फड्को मार्न थाल्यो। कोभिडअघि विश्वव्यापी रुपमा २० प्रतिशत मानिसले मात्रै डिजिटल पेमेन्ट गर्थे। विदेशबाट पठाएको ८० प्रतिशत पैसा रेमिट्यान्स कम्पनीले घर–घर पुर्याउने वा प्रापकले रेमिट्यान्स कम्पनीबाट नगदमै रेमिट्यान्स लिएर जान्थे। नेपाल भित्रिएको रेमिट्यान्समध्ये २० प्रतिशत मात्रै बैंकिङ प्रणालीमा रहन्थ्यो।
सन् २०१९ पछि पूर्वाधार विकास भएको ठाउँमा करिब शतप्रतिशत नै डिजिटल पेमेन्ट हुन थाल्यो। रेमिट्यान्सबाट आउने पैसा पनि ८० प्रतिशत बैंकमै रहन थाल्यो। त्यही समयदेखि मानिसले स्थान विशेषमा काम गरेर पनि विश्वव्यापी रुपमा कमाउन थाले। आज नेपालको निर्यातमा सबैभन्दा बढी आईटी क्षेत्रको हिस्सा छ।
‘त्यसपछि मैले नेपालमा आईटी क्षेत्रमा भविष्य देख्न थालें र कामका लागि थप अध्ययन गरें। क्रस बोर्डर रेमिट्यान्समा वेस्टर्न युनियन, मनिग्रामजस्ता ठूला कम्पनीको मात्रै एकाधिकार देखें,’ उनले भने, ‘उनीहरुसँग कन्ट्रोलको कुनै मेकानिज्म नै छैन। कुनै ग्राहकलाई ब्याकअप सर्भिस दिन ती कम्पनीको कुनै मेकानिज्म पाइँदैन।’
रेमिट्यान्सको डिजिटल पेमेन्टमा बैंकिङ प्रणाली जोड्ने गरी पूर्वाधार विकास गरेर अघि बढ्ने अवधारणासहित ठमेल रेमिट, ‘जुनो’ नियो बैंक सञ्चालनमा ल्याए। यसमा उनले ‘क्रस बोर्डर पेमेन्ट’ (अन्तरदेशीय भुक्तानी)लाई लक्षित गरे।
विश्वव्यापी मनी ट्रान्सफर व्यापारको इतिहास १ सय ७२ वर्ष पुरानो हो। यसमा वैदेशिक रोजगारीमा जानेहरुले आफन्त र साथीभाइलाई पैसा पठाउन मात्रै प्रयोग गरेका थिए। यसलाई नेपालमा वेस्टर्न युनियन मनी ट्रान्सफर अर्थात् क्रस बोर्डर पेमेन्टका रुपमा विकास गरेको हो। नेपालीहरु ब्रिटिस लाहुरेमा जान थालेपछि नेपालमा पैसा पठाउने व्यापार सुरु भएको मानिन्छ। यसलाई औपचारिक माध्यममार्फत भित्र्याउ आइएमई मनी ट्रान्सफरको योगदान छ।
कोभिड अघिसम्म क्रस बोर्डर रेमिट्यान्स मात्रै कारोबार भइरहेको थियो। त्यसयता नेपालमा क्रस बोर्डर रेमिट्यान्सको मात्रै नभएर क्रस बोर्डर पेमेन्टको आवश्यकता हुन थाल्यो। कोभिडपछि विदेश गएकाले यहाँ पैसा पठाउने मात्रै नभई नेपालमै बसेर विभिन्न देशका कम्पनीका लागि काम गर्ने र विदेशी कम्पनीले उतैबाट नेपालमा लगानी गर्ने मानिसको समूह बढ्यो।
क्रस बोर्डर पेमेन्ट चार प्रकारका हुन्छन्। यसमा पहिलो, व्यक्तिले व्यक्तिलाई पठाउने। दोस्रो, व्यक्तिले बिजनेसलाई अर्थात् विदेशबाटै आफन्तको स्कुल फी, अस्पतालको बिल भुक्तानी, सरकारी भुक्तानी, युटिलिटी पेललगायतका व्यक्तिले मर्चेन्टलाई गर्ने क्रस बोर्डर पेमेन्ट। तेस्रो, विदेशमा बिजनेस गर्ने व्यक्तिले यहाँको व्यक्तिलाई पठाउने। अर्थात्, नेपालमै बसेर बाहिरका कम्पनीमा काम गर्ने व्यक्तिलाई पारिश्रमिक भुक्तानी क्रस बोर्डर पेमेन्ट हो। चौथो, विदेशी कम्पनीले यहाँको कम्पनीलाई गर्ने भुक्तानी क्रस बोर्डर पेमेन्ट हुन्छ। ‘कोभिडपछि यस्ता क्रस बोर्डर पेमेन्टको आवश्यकता बढेको महसुस गरेरै हामीले त्यसमा काम सुरु गरेका हौं,’ जोशीले भने, ‘आम्दानी बाहिर तर प्रापक नेपालमा भएको अवस्थामा क्रस बोर्डर रेमिट्यान्समा भन्दा क्रस बोर्डर पेमेन्टमार्फत गर्ने गरी काम सुरु गरेका छौं।’
अहिले मानिसले विदेशबाट पैसा मात्रै पठाउन खोज्दैनन्। तिनले नेपालमा लगानी गर्न खोज्छन्। यहाँको व्यापारलाई विदेशी ग्राहक चाहिएको हुन्छ। ‘तिनैलाई बैंकिङ प्रणलीमार्फत जोड्ने गरी काम गरिरहेका छौं। हामीले क्रस बोर्डर पेमेन्टमा अमेरिकाबाट नेपालमा सुरु गरिसकेको छौं। यसको पूर्ण चरण यो वर्षको अन्तिम त्रैमासमा ल्याउँछौं’, उनले भने। यसपछि अमेरिकाबाट सबैभन्दा सस्तोमा कानुनी रुपमै पैसा पठाउन सकिने उनको दाबी छ। ‘हामीले अमेरिकाबाट नेपालमा रेमिट्यान्स सहज तबरले पठाउन क्रस बोर्डर पेमेन्टमा काम गरिरहेका छौं।
क्रस बोर्डर पेमेन्टका लागि राष्ट्र बैंकले पनि काम गरिरहेको छ’, जोशीले भने, ‘हामीले ‘रिक्वेस्ट टू पे’मार्फत अमेरिकाबाट सहजै नेपालमा रेमिट्यान्स मात्रै नभएर विदेशी कम्पनीले नेपालमा लगानीदेखि यहाँ काम गर्ने कर्मचारीको भुक्तानीमा समेत क्रस बोर्डर पेमेन्ट गर्न खोजेको हौं। अहिले अमेरिकाबाट नेपालमा सुरु गरिसकेका छौं।’
छिट्टै अस्ट्रेलिया र बेलायतबाट यो वर्षको अन्त्यसम्म क्रस बोर्डर भुक्तानीका काम सुरु गर्ने योजना रहेको जोशी बताउँछन्। यस्तै, बंगलादेश, श्रीलंकामा पनि अमेरिका, बेलायत र अस्ट्रेलियाबाट क्रस बोर्डर पेमेन्ट अनुमति लिइसकेको र भारतमा स्वीकृति लिने अन्तिम प्रक्रियामा रहेको उनको भनाइ छ।
‘हामीले रिक्वेस्ट टू पेमार्फत ग्राहकले आफू अनुकूल अन्तरदेशीय भुक्तानी लिन सक्ने व्यवस्था गरेका छौं,’ उनले भने, ‘रिक्वेस्ट टू पे म्यासेन्जिङ प्रोटोकल हो। यहाँबाट अर्कोलाई पैसा यो दिन, यो दरमा पठाऊ मात्रै भन्ने हो।’
आवश्यक लागे विदेशबाट नेपालमा पैसा रिक्वेस्ट टू पेको प्रोटोकलमार्फत जति पनि वालेट वा बैंकबाट क्रस बोर्डर बैंकिङ सर्भिस दिन सक्छन्। अहिले १ हजार डलर नेपाल पठाउँदा त्यसको १ देखि ५ प्रतिशतसम्म मनी ट्रान्सफर कम्पनीले लग्छन्।
रिक्वेस्ट टू पेमा दुईटा प्रोग्राम हुन्छन्। एउटामा पैसा पठाउँदा सबैभन्दा धेरै सटही दरमा पठाउन पाइन्छ भने अर्कोमा विदेशबाट पैसा पठाउने। यहाँ प्राप्त गर्ने ग्राहक सोझै सम्पर्कमा रहने हुँदा अहिले उसले मनी ट्रान्सफरलाई दिने पैसा बच्छ। रिक्वेस्ट टू पेमा म्यासेजमा बैंकिङ डिटेल्स राखेपछि त्यो खातामा सोझै विदेशबाट पैसा पठाउन सकिने मात्रै हो। ‘अहिले हामीले अमेरिका, बेलायत र अस्ट्रेलियालाई ‘फोकस’ गरेर काम गरिरहेका छौं’, उनले भने, ‘त्यसपछि दक्षिण एसियाली मुलुकमा पनि सुरु गर्छाैं। पैसा पठाउने र पाउनेका बीचमा भएका धेरै एजेन्सीलाई घटाएर सीधै दुवै देशको बैंकलाई लिंक गराएर खातामा रेमिट्यान्स पठाउन मिल्ने बाटो बनाएका हौं।’
आफूसँगै नेपाली युवालाई यहीँ बसेरै डलर कमाउने बाटो बनाउने उनले उद्देश्य बोकेका छन्। विश्वव्यापी क्रस बोर्डर पेमेन्ट व्यापार १५० ट्रिलियन डलरको छ। यो प्रत्येक वर्ष साढे ७ प्रतिशतको दरले सन् २०३० सम्म २९० प्रतिशतले बढेर २३० ट्रिलियन हुने अनुमान छ।
‘हिजोका दिनमा बाहिर काम गर्नेहरुले नेपालमा पैसा पठाउँदा त्यहाँको भेन्डर (व्यापारी) मार्फत यहाँका भेन्डरलाई पठाइथ्यो। अब संसार नै ‘बोर्डरलेस पेमेन्ट’ मा अघि बढिरहेको छ। त्यसले गर्दा पनि क्रस बोर्डर पेमेन्टको कारोबार बढेको हो,’ जोशीले भने ‘क्रस बोर्डर पेमेन्ट रेमिट्यान्सबाट सुरु भएर टे«ड पेमेन्ट हुँदै अहिले बिजनेस र व्यक्तिगत पेमेन्टका लागि पनि भइरहेको छ।’
क्रस बोर्डर पेमेन्टमा रेमिट्यान्सलाई मात्रै नभएर बिजनेस र व्यक्तिका लागि पनि सहज र सहुलियत हुने गरी काम गर्नु आवश्यक रहेको जोशी बताउँछन्। त्यसका लागि नेपालमा बैंकिङ रेल छैन। ‘जबसम्म नेपालको बैंकिङ रेलमा स्थानीय वालेट बैंकहरुलाई (क्रस बोर्डर) बोर्डरलेस कस्टमर अनबोर्ड गर्ने टुल्स बन्दैन, तबसम्म काम गर्न सहज हुँदैन,’ जोशीले भने, ‘यसमा सरकारले बोर्डरलेस इकोनोमीलाई ग्रोथ हुन नदिने नीतिलाई परिवर्तन गर्नुपर्छ भने बैंकहरुले आफ्नो प्रणाली सोहीअनुसार विकास गर्नतिर लाग्नुपर्छ।’
क्रस बोर्डर पेमेन्टमा ब्याकअप बस्ने कम्पनी आवश्यक हुन्छ। आजका दिनसम्म क्रस बोर्डर पेमेन्टमा विदेशी मुद्रा सटही दर बाहिरकै कम्पनीको नियन्त्रणमा हुन्छ भने ट्रान्सफर शुल्क पनि बाहिरकै कम्पनीले निर्धारण गर्छन्। क्रस बोर्डर पेमेन्ट भुक्तानी समय पनि बाहिरकै कम्पनीले निर्धारण गरिरहेका छन्।
‘जुनो नियो बैंक’ ले रिक्वेस्ट टू पे’मार्फत विदेशी मुद्रा सटहीको दर चयन गर्ने अधिकार यहाँकै ग्राहकलाई दिएका छौं’, उनले भने, ‘ग्राहकले आज तुरुन्तै पैसा चाहेको हो वा २/४ दिनपछि। त्यसका आधारमा ग्राहकले विदेशी मुद्रा सटही दर चयन गर्न पाउँछन्। यहाँका प्रापकले विदेशबाट पैसा पठाउनेलाई कहिले, कुन बैंक खातामा पठाउने हो, त्यो पनि आजकै दिनमा तय गरेर रिक्वेस्ट पठाउन पाउँछन्।’
हालसम्म पैसा पठाउने देशका वित्तीय संस्थाले आफ्नो सहुलियतमा काम गरिरहेका छन्। यसले गर्दा यहाँका रेमिट कम्पनीले कमिसन थोरै पाउँछन्। ग्राहकलाई थप सुविधा दिन नसक्ने र आफ्नो कारोबारमा कुनै पनि हस्तक्षेप गर्न नसक्ने भइरहेको छ। यस्ता समस्या जुनोले समाधान गर्दै जाने गरी काम थालिसकेको जोशीको भनाइ छ।