काठमाडौं । मुलुकको शोधानन्तर बचत ५ खर्ब २ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले आइतबार गत आर्थिक वर्षको देशको वर्तमान स्थिति सार्वजनिक गर्दै शोधानन्तर बचत ३ अर्ब ७७ करोड अमेरिकी डलर पुगेको जनाएको हो। अघिल्लो वर्ष शोधानन्तर बचत २ खर्ब ८५ अर्ब ८२ करोड रुपैयाँ थियो।
शोधानन्तर स्थितिमा सकारात्मक प्रभाव परेपछि चालू खाता घाटा पनि २ खर्ब २१ अर्ब ३४ करोड रुपैयाँ बचतमा गएको छ। यस्तो बचत अघिल्लो वर्ष १ अर्ब ६६ करोड रुपैयाँ मात्र थियो।
रेमिट्यान्स वृद्धि, आयातमा भएको कटौटी, पुँजीगत ट्रान्सफरमा आएको कमी र प्रत्यक्ष वैदेसिक लगानीमा भएको वृद्धिको असर शोधानन्तर बचत/चालू खाता घाटामा देखिएको हो।
२०७८/७९ को तुलनामा २०७९/८० मा निर्यात २१.४ प्रतिशतले घट्दा आयात १६.१ प्रतिशतले घटेको थियो। २०७९/८० को तुलनामा ०८०/८१ मा कुल वस्तु व्यापार घाटा १ प्रतिशतले घटी १४ खर्ब ४० अर्ब ६० करोड रुपैयाँ भएको छ।
गत वर्ष कुल वस्तु निर्यात अघिल्लो वर्षको तुलनामा ३ प्रतिशतले घटेर १ खर्ब ५२ अर्ब ३८ करोडमा सिमित हुँदा आयात भने १.२ प्रतिशतले घटेर १५ खर्ब ९२ अर्ब ९९ करोड रुपैयाँमा सिमित भएको छ।
२०७८/७९ को तुलनामा २०७९/८० मा निर्यात २१.४ प्रतिशतले घट्दा आयात १६.१ प्रतिशतले घटेको थियो। २०७९/८० को तुलनामा ०८०/८१ मा कुल वस्तु व्यापार घाटा १ प्रतिशतले घटी १४ खर्ब ४० अर्ब ६० करोड रुपैयाँ भएको छ।
गत वर्ष पुँजीगत ट्रान्सफर २२.९ प्रतिशतले घटेर ५ अर्ब ८१ करोड रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष यस्तो ट्रान्सफर ७ अर्ब ५४ करोड रुपैयाँ थियो। त्यस्तै प्रत्यक्ष वैदेशिक लगानी ०७९/८० मा ६ अर्ब १७ करोड रुपैयाँ भएकोमा ८०/८१ मा ८ अर्ब ४० करोड रुपैयाँ भित्रिएको छ। त्यस्तै रेमिट्यान्स पनि अघिल्लो वर्षको तुलनामा गत वर्ष १६.५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।
गत वर्षसम्म विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ अर्थात् १५ अर्ब २७ करोड डलर पुगेको छ। विदेशी मुद्रा सञ्चिति अमेरिकी डलर ८० असारको तुलनामा ३०.४ प्रतिशतले बढेको हो भने नेपाली रुपैयाँमा ३२.६ प्रतिशतले बढेको हो।
विदेशी मुद्रा सञ्चितिमा देखिएको उच्च वृद्धिले गत वर्षको आयातलाई आधार मान्दा आगामी १५.६ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।