काठमाडौं। नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई टेस्ट ड्राइभ एन्ड विन’ अफर सञ्चालनमा ल्याएको छ। अफरअन्तर्गत ग्राहकले हुन्डाईका नेपालभरि रहेका कुनै पनि सोरुममा गएर हुन्डाई गाडीको लाइनअप माध्यमबाट हालै लन्च गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गर्न सक्नेछन्।
कम्पनीले प्रत्येक टेस्ट ड्राइभमा सहभागीलाई खाली हात नहुने गरी आकर्षक उपहार राखेको छ। दुई साता चल्ने क्याम्पेनमा साप्ताहिक विजेताले माइक्रोवेभ ओभन र बम्पर विजेताले रेफ्रिजेरेटर प्राप्त गर्ने कम्पनीले जनाएको छ।
कम्पनीले नयाँ हुन्डाई क्रेटा अगस्त ६ मा सार्वजनिक गरेको हो। लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमा हुन्डाई क्रेटा २०१५ देखि बिक्री गर्न सुरु गरेको थियो। यसको आकर्षक डिजाइन, उत्कृष्ट प्रदर्शन, सबै खाले भूभागमा सहज चल्न सक्ने क्षमताले हुन्डाई क्रेटा धेरैको रोजाइमा पर्न सफल भएको छ।
कम्पनीले यसको प्रारम्भिक मूल्य ५५ लाख ९६ हजार रुपैयाँ तोकेको भने यसमा ६ वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी दिइएको छ।
लक्ष्मी इन्टरकन्टिनेन्टलको भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेशन मार्फत नेपालमै एसेम्बल गरेको मेड इन नेपाल भेन्युको पहिलो रोलआउट मे १०, २०२४ मा सार्वजनिक गरेको थियो।
मेड इन भेन्युको गुणस्तर, पर्फमेन्सलगायत गुणले हुन्डाई मोटर कम्पनी, कोरिया वा भारतमा बन्ने सोही मोडलका गाडिहरु सरह कै हुने कम्पनीले दाबी गरेको छ।
मेड इन नेपाल हुन्डाई भेन्युको वान १.२ एसको मूल्य ४४ लाख ९६ हजार र भेन्यु १.२ एसएक्सको मूल्य ५३ लाख ५६ हजार पर्छ। मेड इन नेपाल हुन्डाई भेन्यु मा १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी छ।
साउन २८ देखि सुरु क्याम्पेन विजेताको घोषणा साप्ताहिक रुपमा लक्की ड्रमार्फत छनोट गरी कम्पनीको फेसबुक पेजमार्फत जानकारी गराइनेछ।